साउन १३, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले बर्तमान सरकारमा सहभागी नहुने घोषणा गरेको छ ।

आफ्नो सहभागिता विना मन्त्रिपरिषद् विस्तार गरेपछि रुष्ट बनेक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १३, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले बर्तमान सरकारमा सहभागी नहुने घोषणा गरेको छ ।

आफ्नो सहभागिता विना मन्त्रिपरिषद् विस्तार गरेपछि रुष्ट बनेक"/>

८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वर्तमान सरकारमा सहभागि नहुने राप्रपाको घोषणा

१३ श्रावण २०७४, शुक्रबार ०८:१९

साउन १३, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले बर्तमान सरकारमा सहभागी नहुने घोषणा गरेको छ ।

आफ्नो सहभागिता विना मन्त्रिपरिषद् विस्तार गरेपछि रुष्ट बनेको राप्रपाको पदाधिकारी बैठकले वर्तमान सरकारमा सहभागिताको अध्याय समाप्त भएको घोषणा गरेको हो ।

शुक्रबार बसेको सो पार्टीको पदाधिकारी बैठकले मधेस समस्या समाधान र संविधान कार्यान्वयनमा सरकार गम्भिर नभएकोमा चिन्ता ब्यक्त गर्दै  त्यसतर्फ सवैको ध्यानाकर्षण गराउने निर्णय पनि गरेको छ ।  

राप्रपाले सरकारमा जाने चाहना राख्दै आएको भएपनि बुधबारको मन्त्रिमण्डल विस्तारमा प्रम देउवाले सहभागि नगराएपछि आक्रोश व्यक्त गर्दै आएको छ ।  सोहि आक्रोशमा राप्रपाले सरकारमा जानका लागि वार्ता गर्न गठन गरेको समिति नै भंग गरेको घोषणा गरेको थियो ।  

सरकारमा नलिइएपछि बसेको पहिलो पदाधिकारी बैठकले केन्द्रीय कार्य समितिबाट पारित भएका विभिन्न कार्यक्रमहरु कार्यान्वयन गर्ने निर्णय पनि गरेको छ । 

त्यसअन्र्तगत राप्रपाले हरेक वडामा राप्रपा, हरेक क्षेत्रमा राप्रपा अभियान संचालन गर्ने भएको छ । प्रदेश स्तरीय परिषद (अधिबेशन) भाद्र महिनाभित्र आयोजना गर्दै १ नं. प्रदेशको झापा, ३ नं. प्रदेशको हेटौंडा, ४ नं. प्रदेशको पोखरा, ५ नं. प्रदेशको नेपालगंज, ६ नं. प्रदेशको सुर्खेत र ७ नं. प्रदेशको कंचनपुरमा गर्ने निर्णय गरेको छ । 

२ नं. प्रदेशको अबिधेशन २ नं. प्रदेशको स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि गर्ने राप्रपाले जनाएको छ । यस्तै उसले विभिन्न तहमा प्रशिक्षण, मंसीर महिनाभित्र भातृ संगठनहरुको अधिबेशन, गाउँ तथा नगरमा हिन्दुराष्ट्र पुर्नस्थापना जागरण सभा आयोजना गर्ने जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए