साउन १३, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले बर्तमान सरकारमा सहभागी नहुने घोषणा गरेको छ ।

आफ्नो सहभागिता विना मन्त्रिपरिषद् विस्तार गरेपछि रुष्ट बनेक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १३, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले बर्तमान सरकारमा सहभागी नहुने घोषणा गरेको छ ।

आफ्नो सहभागिता विना मन्त्रिपरिषद् विस्तार गरेपछि रुष्ट बनेक"/>

२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वर्तमान सरकारमा सहभागि नहुने राप्रपाको घोषणा

२०७४, १३ श्रावण शुक्रबार ०८:१९

साउन १३, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले बर्तमान सरकारमा सहभागी नहुने घोषणा गरेको छ ।

आफ्नो सहभागिता विना मन्त्रिपरिषद् विस्तार गरेपछि रुष्ट बनेको राप्रपाको पदाधिकारी बैठकले वर्तमान सरकारमा सहभागिताको अध्याय समाप्त भएको घोषणा गरेको हो ।

शुक्रबार बसेको सो पार्टीको पदाधिकारी बैठकले मधेस समस्या समाधान र संविधान कार्यान्वयनमा सरकार गम्भिर नभएकोमा चिन्ता ब्यक्त गर्दै  त्यसतर्फ सवैको ध्यानाकर्षण गराउने निर्णय पनि गरेको छ ।  

राप्रपाले सरकारमा जाने चाहना राख्दै आएको भएपनि बुधबारको मन्त्रिमण्डल विस्तारमा प्रम देउवाले सहभागि नगराएपछि आक्रोश व्यक्त गर्दै आएको छ ।  सोहि आक्रोशमा राप्रपाले सरकारमा जानका लागि वार्ता गर्न गठन गरेको समिति नै भंग गरेको घोषणा गरेको थियो ।  

सरकारमा नलिइएपछि बसेको पहिलो पदाधिकारी बैठकले केन्द्रीय कार्य समितिबाट पारित भएका विभिन्न कार्यक्रमहरु कार्यान्वयन गर्ने निर्णय पनि गरेको छ । 

त्यसअन्र्तगत राप्रपाले हरेक वडामा राप्रपा, हरेक क्षेत्रमा राप्रपा अभियान संचालन गर्ने भएको छ । प्रदेश स्तरीय परिषद (अधिबेशन) भाद्र महिनाभित्र आयोजना गर्दै १ नं. प्रदेशको झापा, ३ नं. प्रदेशको हेटौंडा, ४ नं. प्रदेशको पोखरा, ५ नं. प्रदेशको नेपालगंज, ६ नं. प्रदेशको सुर्खेत र ७ नं. प्रदेशको कंचनपुरमा गर्ने निर्णय गरेको छ । 

२ नं. प्रदेशको अबिधेशन २ नं. प्रदेशको स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि गर्ने राप्रपाले जनाएको छ । यस्तै उसले विभिन्न तहमा प्रशिक्षण, मंसीर महिनाभित्र भातृ संगठनहरुको अधिबेशन, गाउँ तथा नगरमा हिन्दुराष्ट्र पुर्नस्थापना जागरण सभा आयोजना गर्ने जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान