८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीको सुस्ता गाउँपालिकाका जनप्रतिनिधिको यस्तो खेल किन ?

१३ श्रावण २०७४, शुक्रबार ०९:११


साउन १३, नवलपरासी । सुस्ता गाउँपालिकालाई प्रदेश नं ४ मा लैजान गाउँपालिकाका अध्यक्ष राम प्रसाद पाण्डेय यतिबेला बहुमतका लागि दौडधुपमा लागेका छन् । 

अध्यक्ष पाण्डेले स्थानिय जनताको भावना विपरित निर्वाचित एमालेको जनप्रतिनिधिको बहुमतको आधारमा सुस्ता गाउँपालिकालाई प्रदेश नं ४ मा लैजान निर्णय समेत गराई भारी बहुमतका लागि अरु प्रतिनिधिहरुलाई फकाउन दौडधुपमा छन् ।

नेकपा एमालेको तर्फबाट गाउँपालिका अध्यक्ष पदमा निर्वाचित अध्यक्ष पाण्डे एमालेको बहुमतको आधारमा आफनो पार्टीगत र व्यक्तिगत स्वार्थमा गाउँपालिकालाई प्रदेश नं. ४मा लैजाने खेल गरेको कांग्रेस र राजपाका कार्यकर्ताहरुले आरोप लगाए । जिल्लाको निर्वाचन क्षेत्र नं. ६ मा पर्ने सुस्ता गाउँपालिका, नेपाली कांग्रेस र राजपाको गढ भन्ने चिनिन्छ । सुस्ता गाउँपालिका कांग्रेसका सांसद देवकरण कलवार र राजपाका बरिष्ठ नेता ह्देश त्रिपाठीको निर्वाचन क्षेत्र हो ।

गाउँपालिका अध्यक्ष पाण्डे पार्टीको निर्देशनमा सुस्तालाई प्रदेश नं. ४ मा लैजान असन्तुष्ट वडा अध्यक्ष एवं सदस्यहरुलाई फकाउदै हिंडेका छन् । केहि दिन अगाडी गाउँपालिकाको बैठकमा सुस्ता गाउँपालिकालाई प्रदेश नंं ४ मा लैजाने एजेण्डा प्रति एमालेकै उपाध्यक्ष ईन्द्र कुमारी थरुनी, र एमालेकै वडा नं. २ का अध्यक्ष कृष्ण मुखिया, एमालकै वडा नंं ४ का अध्यक्ष अशोक गुरुङ्गले समर्थ जनाएका थिए भने कांग्रेसको वडा नंं १ अध्यक्ष अशोक चौधरी, राप्रपाको वडा नंं ३ का अध्यक्ष राजकुमार चौधरी र कांग्रेसकै वडा नं. ५ का अध्यक्ष प्रभुनाथ यादवले यस एजेण्डा प्रति आक्रोस पोख्दै असहमति जनाएको वडा नंं ५ का अध्यक्ष प्रभुनाथ यादवले बताए । 

अध्यक्ष पाण्डेको यस निर्णय प्रति सांसद कलावार र नेता त्रिपाठी समेत असहमति जनाएको बताइएको छ । पाण्डेले यस गाउँपालिकालाई निर्वाचन क्षेत्र नंं ६ बाट फुटाई एमालेको गढ बनाउने खेलामा रहेको कांग्रेसी कार्यकर्ताहरुले आरोप लगाए ।

गाउँपालिकमा कुल २९ जना जनप्रतिनिधि छन् जसमध्ये १७ जना मात्र एमाले पार्टीका प्रतिनिधि छन् । अरु कांग्रेस, राप्रपा र फोरम नेपाल, लोकतान्त्रिकका प्रतिनिधहरु छन् । 

गाँपालिका अध्यक्ष पाण्डे एमालेको १७ जना प्रतिनिधिको धाक देखाउदै हाम्रो बहुमत रहेको दावी गरि सुस्ता गाउँपालिकालाई प्रदेश नंं ४ मा लैजाने निर्णय गराए ।  पाण्डे अझैपनि भारी बहुमत पुराउन असन्तुष्ट प्रतिनिधिहरुलाई फकाउनमा लागेका छन् । पाण्डेका अनुसार निर्णय भईसकेको छ अब केहिदिनमै यस निर्णयलाई संघिय मामिला तथा स्थानयि विकास मन्त्रालयमा पठाउने छांै ।  

आयोगले जिल्लाको स्थानिय तह पुर्न संरचना गर्दा त्रिवेणी सुस्ता गाउँपालिकालाई प्रदेश नंं ४ मा राखेको थियो जसलाई लिएर यहाँका स्थानिय जनताहरु आक्रोसित भई विभिन्न चरणबद्ध आन्दोलन समेत गरेका थिए । आन्दोलन चर्किदै गएपछि त्यतिबेला सो क्षेत्रमा सांसद देवकरण कलवारले उक्त गाउँपाकिलालाई प्रदेश नं. ५ मै कायम गर्न पर्ने माग राखेका थिए । सरकारले प्रदेश नं. ४ लाई नाकाको रुपमा लिदै साविक त्रिवेणी गाविस बाहेकका क्षेत्रलाई प्रदेश नंं ५ मा कायम गरि स्थानिय तहको निर्वाचन समेत गरायो ।

तर अहिले शान्तीपुर्ण ईच्छा अनुसार प्रदेश नंं ५ मा बसोबास गरिरहेका सथनयि जनतालाई फेरि पनि आन्दोलन गर्न बाध्य बनाउदै छ एमाले ।  एमालेको यस खेलप्रति कांग्रेस, राजपा, माओबादी केन्द्र, राप्रपा, फोरम नेपाल, फोरम लोकतान्त्रिक, नयँशक्ति लगायतका पार्टीको असहमत छन् त्यति मात्र होईन त्यहाँका ७० % भन्दा बढि जनताहरु पनि असन्तुष्टि र दुख व्यक्त गरेका छन् । 

अहिले राजपाले यस निर्णय प्रति खेद प्रकट गर्दै सर्वपक्षिय अभियान पनि चलाउने तयारीमा लागी परेको राजपका कार्यकर्ता लख्खु यादवले बताए जसलाई एमाले बाहेक सबै पार्टीले समर्थन गर्ने पनि बताए । 

सुस्ता गाउँपालिकामा पर्ने साविक गाविस कुडिया, नर्सही, पक्लीहवाँ, रुपौलिया र सुस्ता भुमीहरु पर्दछन् । उक्त क्षेत्रका ७०% भन्दा बढि बसोबास मधेशी जनताहरुको छ जुन प्रदेश नं. ५ मै बस्न खोजेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए