६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उद्धार गरिदिन आफन्तलाई फोन गर्दागर्दै अस्ताए भिरबाट खसेका भण्डारी

२६ फाल्गुन २०८१, सोमबार १२:२०

कैलाली । स्वामिकार्तिक खापर गाउँपालिका- २ फयाल गाउँका ३८ वर्षीय पुसे भण्डारीको समयमा उद्धार नहुँदा मृत्यु भएको छ ।

आइतबार माछा मार्न गएका उनी भीरबाट लडेर घाइते भएका थिए । घाइते अवस्थामा नै उनले आफूलाई उद्धार गर्न आग्रह गर्दै आफन्तहरूलाई फोन गरेका थिए।

प्रहरीसम्मलाई पनि पुसे भीरबाट खसेर घाइते भएको र तत्काल उद्धार गर्न आवश्यक रहेको खबर पुग्यो । साझ ७ः२० बजे प्रहरीलाई खबर पुगेको थियो । प्रहरी घटनास्थलमा पुग्दा १०ः३० बजिसकेको थियो ।

प्रहरीलाई सम्पर्क गरेको तीन घण्टापछि प्रहरी घटनास्थलमा त पुग्यो तर, पुसेको उद्धार भने हुन सकेन । त्यो बेलासम्म उनको मृत्यु भइसको थियो । बिकट क्षेत्र भएको हुँदा घटनास्थल मै पुग्न प्रहरीलाई समय लाग्यो ।

पुसेले सम्पर्क गरेका व्यक्तिहरू पनि घटनास्थल तर्फ गइरहेका थिए । तर, कर्णालीको भेलले गर्दा उनीहरु त्यहाँ पुग्न सकेनन् । । घटनास्थलमा समयमा कोही नपुग्दा र समयमा उद्धार नहुँदा उनको मृत्यु भएको हो ।

अहिले शव निकाल्ने प्रयास भइरहेको छ । जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक देवबहादुर चौधरीले बोट आइसकेको भन्दै अब शव निकाल्ने तयारी भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प