२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उद्धार गरिदिन आफन्तलाई फोन गर्दागर्दै अस्ताए भिरबाट खसेका भण्डारी

२०८१, २६ फाल्गुन सोमबार १२:२०

कैलाली । स्वामिकार्तिक खापर गाउँपालिका- २ फयाल गाउँका ३८ वर्षीय पुसे भण्डारीको समयमा उद्धार नहुँदा मृत्यु भएको छ ।

आइतबार माछा मार्न गएका उनी भीरबाट लडेर घाइते भएका थिए । घाइते अवस्थामा नै उनले आफूलाई उद्धार गर्न आग्रह गर्दै आफन्तहरूलाई फोन गरेका थिए।

प्रहरीसम्मलाई पनि पुसे भीरबाट खसेर घाइते भएको र तत्काल उद्धार गर्न आवश्यक रहेको खबर पुग्यो । साझ ७ः२० बजे प्रहरीलाई खबर पुगेको थियो । प्रहरी घटनास्थलमा पुग्दा १०ः३० बजिसकेको थियो ।

प्रहरीलाई सम्पर्क गरेको तीन घण्टापछि प्रहरी घटनास्थलमा त पुग्यो तर, पुसेको उद्धार भने हुन सकेन । त्यो बेलासम्म उनको मृत्यु भइसको थियो । बिकट क्षेत्र भएको हुँदा घटनास्थल मै पुग्न प्रहरीलाई समय लाग्यो ।

पुसेले सम्पर्क गरेका व्यक्तिहरू पनि घटनास्थल तर्फ गइरहेका थिए । तर, कर्णालीको भेलले गर्दा उनीहरु त्यहाँ पुग्न सकेनन् । । घटनास्थलमा समयमा कोही नपुग्दा र समयमा उद्धार नहुँदा उनको मृत्यु भएको हो ।

अहिले शव निकाल्ने प्रयास भइरहेको छ । जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक देवबहादुर चौधरीले बोट आइसकेको भन्दै अब शव निकाल्ने तयारी भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने