साउन १३, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान बमोजिम समय कम भएकाले प्रदेशसभाभन्दा पहिला प्रतिनिधिसभाको निर्वाचन गर्नुपर्ने बताउनुभएको छ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन १३, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान बमोजिम समय कम भएकाले प्रदेशसभाभन्दा पहिला प्रतिनिधिसभाको निर्वाचन गर्नुपर्ने बताउनुभएको छ"/>

८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काँग्रेस अहिले पनि दाउपेचको राजनीति गर्दैछ: ओली

१३ श्रावण २०७४, शुक्रबार १०:१६


साउन १३, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान बमोजिम समय कम भएकाले प्रदेशसभाभन्दा पहिला प्रतिनिधिसभाको निर्वाचन गर्नुपर्ने बताउनुभएको छ । 

छिमेकी चीनको तिब्बतमा एक साताको भ्रमणबाट आज स्वदेश फर्केपछि सञ्चारकर्मीसँग उहाँले दुवै तहको एकैपटक निर्वाचन गर्दा पनि आफ्नो पार्टीको आपत्ति नहुने तर प्रतिनिधिसभाको निर्वाचन समयमा हुन नसकेमा संविधान कार्यान्वयनमा जटिलता उत्पन्न हुने बताउनुभयो । 

संविधानमा आगामी माघ ७ गतेभित्र ती निर्वाचन सम्पन्न हुनुपर्ने व्यवस्था छ । 

अध्यक्ष ओलीले भन्नुभयो – “यो समय पर सर्नु हुँदैन, कम्तीमा संघीय संसद्को निर्वाचन हुनुपर्छ, दुवै निर्वाचन एकैपटक गर्दा मतपत्रको प्राविधिक समस्या पर्ने भए एउटै मतपत्र राखी प्रत्यक्ष प्रणालीमा प्राप्त मतलाई सम्बन्धित दलले समानुपातिक प्रणालीमा पनि उत्तिकै मत प्राप्त गरेको प्रावधानमा पनि जान सकिन्छ ।” 

अहिले मुलुक निर्वाचन केन्द्रित भएकाले संविधान संशोधनका लागि छलफल गर्ने समय नभएकाले निर्वाचनपछि त्यसबारे सोच्न सकिने उहाँले बताउनुभयो । 

संविधान संशोधन नभए निर्वाचनमा नजाने राष्ट्रिय जनता पार्टीको अडानबारे अध्यक्ष ओलीले भन्नुभयो – “राजपाले साना साना विषयमा निहुँ खोजेर लोकतान्त्रिक पद्धतिलाई अस्वीकार गर्नु हुँदैन ।” 

उहाँले राजपासँग सम्झौता गर्ने नेपाली काँग्रेसकै कारण सो दलले दोस्रो चरणको निर्वाचनमा भाग नलिएको आरोप लगाउँदै “काँग्रेस अहिले पनि दाउपेचको राजनीतिमा छ, ऊ राजपालाई निर्वाचनभन्दा बाहिर राख्न चाहन्छ तर राजपा एमालेका कारण माग पूरा भएन भनिरहेको छ,” भन्नुभयो । 

अध्यक्ष ओली ल्हासाबाट सिगात्से र कैलाश मानसरोबरको सांस्कृतिक तथा पर्यटकीय भ्रमणमा जानुभएको थियो । त्यहाँ रहँदा उहाँले तिब्बत स्वशासित क्षेत्रका पदाधिकारीसँग पनि भेटवार्ता गर्नुभएको थियो । 

आफ्नो सरकारका पालामा भएका पारवहनलगायतका सम्झौता पूरा गर्न चिनियाँ पक्ष तयार रहेको बताउँदैै अध्यक्ष ओलीले रसुवाको केरुङ् सीमासम्म चीनले रेल बाटो बनाइरहेको र नेपाल सरकारले आग्रह गरेमा सीमाबाट यता नेपालमा पनि सो बाटो विस्तारमा सघाउन चीन तयार रहेको धारणा व्यक्त गर्नुभयो । उहाँले यसबारे आफूले सरकारलाई अवगत गराउने पनि बताउनुभयो । 

अध्यक्ष ओलीलाई पार्टीका उपाध्यक्ष वामदेव गौतम, महासचिव ईश्वर पोखरेललगायतका नेताले स्वागत गर्नुभएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए