७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

बागमती नदीमा बोरामा महिलाको शव: ४ दिनसम्म कोठामा राखे, बोरामा प्याक गरेर खोलामा फाले

२६ फाल्गुन २०८१, सोमबार १६:५४

काठमाडौँ | शनिबार मध्याह्न काठमाडौंको गोकर्णेश्वर नगरपालिका-७, नामी कलेज नजिकै बागमती नदीमा एक व्यक्तिले पूजा गर्ने क्रममा नदीको बीच भागमा ठूलो पोको देखे ।

पानीमा डुबेको अवस्थामा रहेको उक्त पोकोबाट मानव हात देखिएपछि प्रहरीलाई खबर गरियो । त्यसपछि प्रहरी टोली घटनास्थलमा पुग्यो ।

पोको खोलेर जाँच गर्दा एक महिलाको शव भेटियो । जसको उमेर करिब ३०-३५ वर्षको अनुमान गरिएको छ । शव बोरामा बेरेर तन्नाले बेरिएको अवस्थामा फेला परेको थियो । घटनालाई शंकास्पद मान्दै प्रहरीले अनुसन्धान अघि बढायो ।

अनुसन्धानका क्रममा प्रहरीले एक नाबालकसहित ६ जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेहरूमा सर्लाहीका कैलाश खड्का (२५ वर्ष), मकवानपुरका सुरेश तामाङ (२०), नुवाकोटका रोशन तामाङ (२४), सिन्धुपाल्चोककी पूजा परियार (२०), पेम्बा तामाङ र एक नाबालक रहेका छन् ।


हत्यामा संलग्न रहेको आरोपमा उनीहरुविरुद्ध अदालतबाट अनुसन्धानका लागि ६ दिनको म्याद लिइएको प्रहरीले जनाएको छ ।

मृतकको पहिचान अहिलेसम्म खुल्न नसकेको प्रहरीले जनाएको छ । पक्राउ परेका व्यक्तिहरू काठमाडौंका विभिन्न स्थानमा मजदुरी गर्ने समूहका हुन् । उनीहरू निश्चित काम र बसोबासबिना गोजीमा पैसा सकिएपछि मात्र श्रम गर्ने अनि केही रकम भएपछि काम छोड्ने प्रवृत्तिका रहेको अनुसन्धानले देखाएको प्रहरी स्रोतको भनाइ छ ।

घटनाको रात उनीहरूले मदिरा र गाँजा सेवन गरेको खुलेको प्रहरीको भनाइ छ । ‍राति उनीहरू एउटै कोठामा सुतेका थिए, तर बिहानसम्म कैलाश र सुरेश फरार भएका थिए । पूजाले प्रहरीलाई दिएको बयानअनुसार बिहान उठेर मृतकलाई उठाउन खोज्दा उनी अचेत अवस्थामा फेला परिन् ।

शवमा कुनै बाहिरी चोटपटक नदेखिएकाले मृत्युको कारण पुष्टि हुन बाँकी छ । पक्राउ परेकाहरूले फसिने डरले शव चार दिनसम्म कोठामै लुकाएको र पछि बोरामा प्याक गरी बागमतीमा फालिएको बयान दिएका छन् ।

सीसीटीभी फुटेजमा चार जनाले शव बोक्दै नदीतर्फ लगेको देखिएको छ । शव व्यवस्थापनपछि समूहका सदस्यहरू छुट्टाछुट्टै भागेका थिए । तर, प्रहरीको अनुसन्धानबाट उनीहरूलाई विभिन्न स्थानबाट पक्राउ गरिएको छ । घटनाबारे थप खुलासा पोस्टमार्टम रिपोर्टपछि मात्र हुने प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट