४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लोकतन्त्रको विकल्प राजतन्त्र होइन, हुन सक्दैन : कमल थापा

२७ फाल्गुन २०८१, मंगलवार १२:०९

काठमाडौँ | राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले जनताले लोकतन्त्रको सट्टा निरंकुशता नखोजेको बताएका छन् ।

‘लोकतन्त्रको विकल्प राजतन्त्र होइन, हुन सक्दैन । त्यो सबैले बुझेका छन् । जनताले लोकतन्त्रको सट्टा निरंकुशता खोजेको होइन । जनताले लोकतन्त्रको विकल्प खोजेको पनि होइन’ अध्यक्ष थापाले सामाजिक सञ्जालमा लेखेका छन् ।

गत आइतबार पोखराबाट प्लेनमा काठमाडौं आएका पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा त्रिभुवन विमानस्थल आसपासमा र्‍याली निकालिएको थियो । पूर्वनिर्धारित आमसभा स्थगित गरेर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पूर्वराजा ज्ञानेन्द्रको स्वागतलाई महत्व दिएको थियो ।

आइतबारको र्‍यालीको उपस्थितिलाई लिएर कतिपय राजतन्त्र पक्षधरहरू उत्साही भएका छन् ।

त्यसअघि पूर्वराजा ज्ञानेन्द्रको अभिव्यक्तिले समेत उनीहरूमा उत्साह भरेको थियो । हरेक वर्ष प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा पूर्वराजा ज्ञानेन्द्रले शुभकामना दिँदै आएका छन् । शुभकमना दिने क्रममा यसवर्ष ६ फागुनमा ज्ञानेन्द्रले शासन सत्ता छोड्नुलाई त्यागको रूपमा व्याख्या गरेका थिए । राजगद्दी त्याग्नुलाई कमजोरी नठान्न राजनीतिक दलहरुलाई चेतावनी समेत दिएका थिए ।

यो पृष्ठभूमिमा गत आइतबार राजतन्त्र पक्षधरहरूको राजधानीमा भएको शक्ति प्रदर्शनपछि निरंकुश राजतन्त्रको वकालत भएको भनेर कतिपयले आलोचना गर्दै आएका छन् । नेकपा माओवादी केन्द्रले प्रतिवादमा काठमाडौंमै प्रदर्शनको तयारीसमेत गरेको छ । यसबारे समाजवादी मोर्चामा समेत छलफल भएको छ ।

यहीबेला राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफू निरंकुश राजतन्त्रको विपक्षमा रहेको बताएका हुन् । आफू राजासहितको लोकतन्त्रको पक्षमा रहेको उनको प्रष्टीकरण छ ।

उनी लेख्छन्, ‘राजासहितको लोकतन्त्र खोजेको हो ।’ राजासहितको प्रजातन्त्र विश्वमा सर्वाधिक सफल प्रजातन्त्र मानिएको उनको दलिल छ । बेलायत, जापान, नर्वेको उदाहरण दिँदै उनी लेख्छन्, ‘सच्चा लोकतन्त्रवादीले राजा आउँदा आत्तिनु पर्दैन ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ