साउन १३, तेह्रथुम । तेह्रथुमको म्याङलुङ्गमा आज सूचनाको हक संरक्षण, संवद्र्धन र प्रचलन सम्बन्धी एकदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । उद्योग वाणिज्य संघको स"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन १३, तेह्रथुम । तेह्रथुमको म्याङलुङ्गमा आज सूचनाको हक संरक्षण, संवद्र्धन र प्रचलन सम्बन्धी एकदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । उद्योग वाणिज्य संघको स"/>

८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

सूचनाको हकको व्यवहारिक प्रयोग वृद्धि गर्नुपर्नेमा जोड

१३ श्रावण २०७४, शुक्रबार १२:५१


साउन १३, तेह्रथुम । तेह्रथुमको म्याङलुङ्गमा आज सूचनाको हक संरक्षण, संवद्र्धन र प्रचलन सम्बन्धी एकदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । उद्योग वाणिज्य संघको सभाहलमा भएको कार्यक्रममा सहभागीले सूचनाको हकको व्यवहारिक प्रयोगलाई वृद्धि गर्नुपर्नेमा जोड दिएका छन् । 

प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले सूचना शक्तिको श्रोत भएकाले सूचना सन्चय गरेर राख्ने अनि आफु शक्तिशाली बन्ने कारणले सूचनाको हकको कार्यान्वयन हुन नसकिरहेको धारणा राख्नुभयो । उहाँले दुर्गमका नागरिकले सूचनाको अधिकार बारे थाहा नै नपाएको बताउनुभयो । 

सूचनाको हकले सेवा प्रवाह गर्ने निकायलाई नागरिकप्रति जवाफदेही र उत्तरदायी बनाउने निष्कर्ष भन्दै प्रजिअ खनालले त्यसको व्यवहारिक प्रयोगमा सबै नागरिकको पहुँच पु¥याइनुपर्ने बताउनुभयो । नेपाल पत्रकार महासंघ तेह्रथुमका संस्थापक अध्यक्ष मेहन्द्रप्रसाद काफ्लेले जिल्लाका सरकारी कार्यालयमा सूचना अधिकारी छ भन्ने नै नागरिकलाई थाहा नहुने गरेको बताउनुभयो । 


उहाँले सूचना अधिकारीको तस्विरसहितको विवरण सार्वजनिक स्थलमा राख्नुपर्ने व्यवस्था भएपनि जिल्लामा त्यसको अभ्यास हुन नसकेको बताउनुभयो । कार्यक्रममा सहभागीले सूचनाको हकका सम्बन्धमा सूचनाको हकको कार्यान्वयनको अवस्था फितलो रहेको भन्दै सन्चार क्षेत्र र राज्यले यसको कार्यान्वयनमा महत्वपुर्ण भूमिका खेल्नुपर्ने धारणा राखेका पत्रकार महासंघका सचिव प्रकाश धौलाकोटीले जानकारी दिनुभयो । कार्यक्रम नेपाल पत्रकार महासंघ केन्द्रिय कार्यसमिति मार्फत राष्ट्रिय सूचना आयोगसँगको सहकार्यमा पत्रकार महासंघ तेह्रथुम शाखाले आयोजना गरेको हो । 

जिल्लास्थित सरकारी कार्यालयका सूचना अधिकारीहरु, सूचना अधिकारकर्मीहरु र सन्चारकर्मीहरु सहभागी कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी जयप्रकाश बस्नेतले सूचनाको हक संरक्षण, संवद्र्धन र प्रचलनका सम्बन्धमा सहजीकरण गर्नुभयो । कार्यक्रम प्रमुख जिल्ला अधिकारी खनालको प्रमुख आतिथ्यता तथा नेपाल पत्रकार महासंघ तेह्रथुमका अध्यक्ष नरेश ढुंगानाको अध्यक्षतामा सम्पन्न भएको थियो ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए