२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

युवासंघका झापा जिल्ला इन्चार्जसहित तीन जनामाथि खुकुरी प्रहार, आइसीयुमा उपचार हुँदै

२०८१, २७ फाल्गुन मंगलवार १३:५९

झापा | राष्ट्रिय युवा संघ नेपाल झापाका ईन्चार्ज खगेन्द्रराज आङ्देम्बे (राज) सहित ३ जना युवामाथि गएराति सांघातिक आक्रमण भएको छ । आक्रमणमा तीनैजना गम्भीर घाइते भएका छन् ।

आक्रमणमा घाइते हुनेहरूमा आङ्देम्बेसहित विश्वदीप राजवंशी र अजय खवास छन् ।  तीनैजना घाइतेहरूको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ ।

इन्चार्ज आङ्देम्बेको आईसीयु र अरू दुईजनाको अर्थोवार्डमा उपचार भइरहेको छ । आङ्देम्बेलाई खुकुरी प्रहार गरिँदा उनको अनुहारमा गम्भीर चोट लागेको छ। अन्यको हात र शरीरका विभिन्न भागमा चोट लागेको छ ।

उनीहरूमध्ये आङ्देम्बेलाई बिर्तामोड–४ का खगेन्द्र खालिङले राति करिब १ बजे घरमा बोलाएका खुलेको छ। घरभित्र पस्न चेनगेटमा पुग्नेबित्तिकै खुकुरी प्रहार भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

घाइते खवासले पत्रकारहरूलाई बताएअनुसार आङ्देम्बेको हत्या गर्ने उद्धेश्यले खुकुरी प्रहार भएको हो । ‘आङ्देम्बेलाई खुकुरी प्रहार गर्दा मैले रोक्ने प्रयास गरेँ’, खवासले भने ‘मेरा हातका ४ वटा औँला काटिए । आक्रमण योजनावद्ध गरिएको छ ।’

यस्तै अर्का घाइते राजवंशीलाई पनि भद्रपुर रोडमा रहेको दरबार रेष्टुरेण्टबाट ओर्लिएपछि मोटरसाईकलमा आएका सोहि समुहका ४ जनाले आक्रमण गरेको थियो । घटनाको विषयमा जानकारी भएपश्चात संलग्नहरुको खोजी कार्य भईरहेको ईलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने