७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

सुर्खेतमा गर्जिए लिङ्‍देन- अब नारायणहिटी खाली गर

२७ फाल्गुन २०८१, मंगलवार १७:०७

सुर्खेत | राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले केपी शर्मा ओली, शेरबहादुर देउवाहरूकै कारण देश बर्बाद बनेको बताएका छन्। उनीहरूकै कारण देश दुर्घटनामा जान थालेकाले बचाउनका लागि राजसंस्था अपरिहार्य रहेको उनले तर्क गरे।

मंगलबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित खबरदारी सभामा बोल्दै उनले भने, ‘अहिले जुन अवस्थाबाट हामी गुज्रेका छौँ, यसबाट देश बन्ने कुनै कल्पना गर्न सकिन्न । त्यसैले अब सोच्ने बेला आयो ‌।’

कर तिर्न पनि घूस खुवाउनुपर्ने अवस्था आएकाले यी दलहरूकै कारण संसारकै भ्रष्ट मुलुक बनेको आरोप उनले लगाए। ३५ वर्षसम्म नबनेको देश केपी, देउवालाई अब बाँचुन्जेल जिम्मा दिए पनि बन्न नसक्ने लिङ्देनले बताए। उनले भने, ‘यिनीहरूले देशमा गणतन्त्रको नाममा लुटतन्त्र मच्चाइरहेका छन्। अब अभिभावकका रूपमा राजसंस्था आवश्यक बन्यो ।’

राप्रपा नेतृ कुन्ती शाहीले दलहरूलाई नारायणहिटी खाली गर्न चेतावनी दिइन्। ‘गणतन्त्र, संघीयता र धर्मनिरपेक्षतावादीलाई भन्न चाहन्छु, तिम्रो यो तन्त्रमा जनता खुसी हुन सकेनन्, देश बन्न सकेन। जनताको मनोभावना अनुसार तपाईँहरू सच्चिनुस्, देश लुट्न जनताले छुट दिने हैन,’ उनले भनिन्।

राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले अहिलेको राष्ट्रपति कांग्रेसको मात्र भएकोले देशको अभिभावकका रूपमा राजा आवश्यक रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै