साउन १४, काठमाडौँ । धावन क्षेत्रमार्फत भोजपुरलाई विश्वमा चिनाउने ‘अल्ट्रा’ धाबिका सुश्री मीरा राईलाई आज यहाँ सम्मान गरियो । 

उनी धावन क्षेत्रमा ‘"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन १४, काठमाडौँ । धावन क्षेत्रमार्फत भोजपुरलाई विश्वमा चिनाउने ‘अल्ट्रा’ धाबिका सुश्री मीरा राईलाई आज यहाँ सम्मान गरियो । 

उनी धावन क्षेत्रमा ‘"/>

2026-07-01 02:39 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘अब मुलुकमा आर्थिक क्रान्ति गर्नुपर्छ’: अर्थमन्त्री

2017-07-29


साउन १४, काठमाडौँ । धावन क्षेत्रमार्फत भोजपुरलाई विश्वमा चिनाउने ‘अल्ट्रा’ धाबिका सुश्री मीरा राईलाई आज यहाँ सम्मान गरियो । 

उनी धावन क्षेत्रमा ‘एड्भेञ्चर अफ दि इयर’ जित्न सफल भएकी थिइन् । भोजपुरे सेवा समाजले आयोजना गरेको कार्यक्रममा उहाँलाई अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सम्मान गर्नुभएको हो । 

कार्यक्रममा अर्थमन्त्री कार्की, पूर्वअर्थमन्त्री शङ्कर कोइराला र सोलुखुम्बुका समाजसेवी गोमा शेर्पालाई पनि सम्मान गरिएको थियो । 

सो अवसरमा अर्थमन्त्री कार्कीले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान निर्माणभएपछि २००७ सालदेखिको नेपाली जनताको सपना पूरा भएको उल्लेख गर्दै अब मुलुकमा राजनीतिक आन्दोलन समाप्त भई आर्थिक क्रान्ति गर्नुपर्ने बेला आएको छ भन्नुभयो । 

नेपाली काँग्रेस नेतृत्वको वर्तमान सरकारले देशमा राजनीतिक स्थायित्वको विकास गर्दै नेपाललाई समृद्ध राष्ट्र निर्माण गर्नका लागि मुलुकको अर्थतन्त्रलाई उकास्न आफू प्रतिबद्ध रहेको उहाँले बताउनुभयो । 

अर्थमन्त्री कार्कीले नेपालको निर्यात घटेको र आयात बढिरहेकोमा चिन्ता व्यक्त गर्दै देशमा आयात न्यूनीकरण गर्ने चुनौति रहेको धारणा व्यक्त गर्नुभयो । 

जलस्रोत, कृषि र पर्यटनको माध्यमबाट देशलाई सम्पन्न गर्ने बताउँदै उहाँले भोजपुरबाट तराई जोड्ने सडकको सुदृढिकरण र आवश्यक पुल निर्माण गर्नेतर्फ सरकारले ध्यान दिने छ भन्नुभयो । 

अर्थमन्त्री कार्कीले जापान सरकारले नेपाललाई विभिन्न क्षेत्रमा गर्दैआएको सहयोगको सरहाना पनि गर्नुभयो । 

पूर्वअर्थमन्त्री शङ्कर कोइरालाले मुलुकको दिगोे आर्थिक विकासका लागि सरकारले गम्भीर भएर कार्य गर्नुपर्ने आवश्यकता आंैल्याउनुभयो । नेपालका लागि जापानी राजदूत मासासी ओगावा, सांसद जयन्ती राई, तारादेवी राई तथा मोहनकुमार राईको पनि कार्यक्रममा सहभागिता थियो । 

कार्यक्रममा मन्त्री कार्कीले भोजपुर समाजको वेवसाइट www.bhojapur. com.org सेवाको पनि शुभारम्भ गर्नुभयो । समाजका अध्यक्ष पासाङग दोर्जे शेर्पाेको सभापतित्व कार्यक्रम सम्पन्न भयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा साउदी अरबमा सजाय भोगिरहेका ३३ नेपालीले पाए आममाफी विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण मुद्दामा थप कागजात मगाउन आदेश सरकारी सेवा घरदैलोमै पुर्‍याउने अभियान प्रभावकारी बन्दैछ: सञ्चारमन्त्री तिमिल्सिना हामी समूहगत र संस्थागत एकता गर्दैनौँ: केपी शर्मा ओली प्रहरी हौं भनेर लुटपाट गरेको आरोपमा चार जना पक्राउ पहिरोले कान्ति लोकपथ अवरुद्ध विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ काराेबार ? विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ