साउन १४, काठमाडौं । सिँचाईमन्त्री सञ्जय गौतमले प्रदेश र प्रतिनिधि सभाको निर्वाचन एकै चरणमा गराउन सरकारले तयारी सुरु गरिसकेको स्पष्ट पारेका छन् ।

श"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन १४, काठमाडौं । सिँचाईमन्त्री सञ्जय गौतमले प्रदेश र प्रतिनिधि सभाको निर्वाचन एकै चरणमा गराउन सरकारले तयारी सुरु गरिसकेको स्पष्ट पारेका छन् ।

श"/>

९ कार्तिक २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रदेश र प्रतिनिधि सभाको निर्वाचन एकै चरणमा: सिँचाईमन्त्री

१४ श्रावण २०७४, शनिबार ११:०६


साउन १४, काठमाडौं । सिँचाईमन्त्री सञ्जय गौतमले प्रदेश र प्रतिनिधि सभाको निर्वाचन एकै चरणमा गराउन सरकारले तयारी सुरु गरिसकेको स्पष्ट पारेका छन् ।

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री गौतमले सरकारले एकै चरणमा प्रदेश र प्रतिनिधि सभाको निर्वाचन गर्ने तयारी गरेको बताएका हुन् ।

उनले भने,‘एकै चरणमा निर्वाचन गर्नेबारे प्रधानमन्त्री शेरबहादुर देउवाजीलेपनि निर्वाचन आयोगका पदाधिकारीहरुसँग छलफल गरिसक्नुभएको छ, सरकार एकै चरणमा निर्वाचन गराउन सक्षम छ, हामी पूर्ण तयारी अवस्थामा छौं।’ उनले माघ ७ गतेभित्रै सबै निर्वाचन गर्नुपर्ने भएकोले सरकार यसबारेमा गम्भिर भएर लागिपरिरहेको बताए ।

साक्षात्कारमा बोल्दै उनले एकै चरणमा निर्वाचन गराउँदा राम्रो हुने समेत बताए । उनले थपे,‘एकै चरणमा निर्वाचन गराउँदा कम खर्च हुन्छ, त्यसैले प्रधानमन्त्रीजीले निर्वाचन आयोगसँग छलफल गरिसक्नुभएको हो, यसबारेमा आयोगपनि सकारात्मक छ, अन्य पार्टीहरुसँगपनि सरसल्लाह गरेर एकै चरणमा निर्वाचन गराउनेगरि छिट्टै मिति घोषणा हुन्छ, सोही अनुसार सरकार तयारी अवस्थामा छ, सरकारले चाह्यो भने किन नहुनु ? निर्वाचन एकै चरणमा गर्न संभव छ।’

त्यस्तै उनले राजपालाई पनि निर्वाचनमा सहभागी गराउनको लागि सरकारले ईमानदार प्रयास गरिरहेको जनाए । उनले भने,‘राजपालाई पनि निर्वाचनमा सहभागी गराउन सरकारले पहल गरिरहेको छ, असोज २ गते हुने प्रदेश नम्बर २ को स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा उहाँहरुलाई सहभागी गराउन हामी ईमानदार भएर लागिपरेका छौं।’ राजपाकै माँग बमोजिम सरकारले नीतिगत रुपमा संशोधन प्रस्ताव सदनमा पेश गरेको स्पष्ट पारे ।

मन्त्री गौतमले भने,‘हामीसँग संशोधन प्रस्ताव पारित गराउन दुई तिहाई मत छैन, त्यसैले प्रस्ताव भोटिङमा गए यसको रिजल्टलाई सबैले स्विकार गर्नुपर्छ।’

त्यस्तै उनले नेपाल कृषि प्रधान देश भएकोले सिँचाई व्यवस्थालाई सुदृढ गर्न आफू गम्भिर भएर लागिपर्ने समेत विश्वास दिलाए । उनले सिँचाईसम्बन्धी योजना धेरै वर्ष पूरानो भएकोले आफ्नो प्रथम योजना नै सिँचाईसम्बन्धी नयाँ मास्टर प्लान ल्याउने विश्वास दिलाए ।

मन्त्री गौतमले भने,‘राष्ट्रिय गौरवको आयोजनाहरु कार्यान्वयन गर्नु मेरो पहिलो प्राथमिकता हो।’ उनका अनुसार बबही, भेरी, सिक्टा र रानी जमारा सिँचाई आयोजनाहरुलाई समयमै कार्यान्वयन गर्नको लागि आफू गम्भिर रहेको जनाए । ‘म त बर्दियाको मान्छे, भावानात्मक रुपमा पनि म यस्ता सिँचाई आयोजनाहरुसँग जोडिएको छु, अब साना तथा मझौला आयोजनाहरुलाई समेत अघि बढाउनेछु, उनले थपे,‘अब कृषि उत्पादनलाई समेत अघि बढाउने मेरो प्राथमिकता छ।’

कृषिलाई उद्योगको रुपमा विकास गर्ने आफ्नो योजना रहेको उनले सुनाए । उनले थपे,‘अन्तर मन्त्रालय समन्वय गरेर खासगरि कृषि, स्थानीय तथा वातावरण मन्त्रालयवीच एकीकृत रुपमा यसबारेमा छलफल गरेर अघि बढ्नुपर्छ।’

त्यस्तै नदी नियन्त्रण, बाढिपहिरो लगायतका प्राकृतिक विपद्को व्यवस्थापन गर्ने र जनतालाई राहत दिनेगरि आफू अघि बढ्ने समेत जनाए । त्यस्तै उनले कृषियोग्य जमिनमा सिँचाई पुर्याउने आफ्नो लक्ष्य रहेको समेत योजना सुनाए । गौतमले उर्जा क्षेत्रमा नयाँ काम भए अनुसार सिँचाई क्षेत्रमा पनि राम्रो काम हुने विश्वास दिलाए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राजेन्द्र महतोले दिए दल दर्ताको निवेदन, चुनाव चिह्न माछा यी हुन मन्त्रिपरिषद् बैठकका १२ निर्णय (सुचिसहित) बालेन लक्षित शंकर पोखरेलको टिप्पणी- र्‍याप गाउँदागाउँदै मेयर भएका व्यक्तिले राजनीति सुधार्न सक्दैनन् पाकिस्तानी राष्ट्रिय टीमका ओपनर अयुब र सफिकसहित ४२ खेलाडीहरूको एनपीएलमा चासो (नामावली) इजरायल र संयुक्त राष्ट्रसंघबीचको विवाद चरम बिन्दुमा एनपीएलको सबैभन्दा महँगो टिम पोखरासँग जोडिए दक्षिण अफ्रिकाका जोन्टि रोड्स सभापति पक्राउ विरोधमा माइतीघरमा रास्वपाको प्रदर्शन भारतको ओडिशा राज्यको तटीय क्षेत्रमा आइपुग्यो ‘दाना’ चक्रवात, नेपालमा असर कति ? गृहमन्त्रीलाई तोसिमाको प्रश्न- कारागारमा लामखुट्टे भगाउने धूप खै ? कञ्चनपुरमा श्रीमान्‌-श्रीमतीको हत्या: नास्ता पसल चलाउँथे, बिहीबार बैंकबाट निकालेका थिए पैसा सरकारको १०० दिन मैले त राम्रो मानेको छु : कांग्रेस सभापति देउवा रविमाथि दुर्व्यवहार गरेको भन्दै आयोगमा उजुरी गर्ने रास्वपाको तयारी आज कति छ सुनको मूल्य ? रूससँगको युद्धको सम्झनामा रहेको जर्जिया, युरोपतर्फको बाटो खोज्दै रास्वपाले आजदेखि काठमाडौं केन्द्रीत प्रदर्शन गर्ने सत्तारुढ दलको बैठक आज बस्दै विद्युत् प्राधिकरणले फेरि काट्यो उद्योगहरूको लाइन युरोपा लिगमा रिगास एफएसविरुद्ध इन्टरिज फ्राङ्कफटको जीत लामखुट्टेको प्रजनन स्थल नष्ट गर्ने अभियान सञ्चालन गर्न प्रधानमन्त्रीको निर्देशन यस्तो रहनेछ आजको मौसम ? हल्का वर्षाको सम्भावना