साउन १४, बागलुङ । कार्य व्यस्तताले उपस्थित हुन नसकेपछि गृहमन्त्री जनार्दन शर्माले यहाँको एक कार्यक्रमलाई मोबाइलबाटै सम्बोधन गरेका छन् ।  बागलुङमा भएको"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन १४, बागलुङ । कार्य व्यस्तताले उपस्थित हुन नसकेपछि गृहमन्त्री जनार्दन शर्माले यहाँको एक कार्यक्रमलाई मोबाइलबाटै सम्बोधन गरेका छन् ।  बागलुङमा भएको"/>

२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बाग्लुङको कार्यक्रममा गृहमन्त्री शर्माले मोबाइलबाटै सम्बोधन गरे

२०७४, १४ श्रावण शनिबार १३:५५


साउन १४, बागलुङ । कार्य व्यस्तताले उपस्थित हुन नसकेपछि गृहमन्त्री जनार्दन शर्माले यहाँको एक कार्यक्रमलाई मोबाइलबाटै सम्बोधन गरेका छन् ।  बागलुङमा भएको नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्गठन, बागलुङ शाखाको प्रथम जिल्ला अधिवेशनमा उनले मोबाइलबाट मन्तव्य राखेका हुन् । 

शनिबार दिउँसो करिब ५ मिनेट काठमाडौँबाटै अधिवेशनलाई सम्बोधन गरेका मन्त्री शर्माले स्वाधिन अर्थतन्त्रका लागि उद्योग, व्यापारको विकासमा जोड दिए । 

उनले मुलुकको आर्थिक समृद्धिका लागि जल, जमिन, जङ्गल र जनश्रमलाई अधिकतम उपयोग गर्नुपर्ने बताए । ‘अर्थतन्त्रलाई सुदृढ र स्वाधिन बनाउनसके मात्र मुलुक अघि बढ्छ’, गृहमन्त्री शर्माले भने। 

‘मुलुक राजनीतिक परिवर्तन हासिल गर्दै आर्थिक क्रान्तिको बाटोमा अघि बढेको छ’ मन्त्री शर्माले भने, ‘राष्ट्रिय पूँजी र स्वाधिन अर्थतन्त्र निर्माणका लागि सबै लाग्नुपर्ने बेला आएको छ ।’

उनले आउँदो १५ वर्षभित्र मुलुक आर्थिक विकासको नयाँ चरणमा पुग्ने समेत दाबी गरे ।  अधिवेशनले सङ्गठनको नयाँ नेतृत्व चयन गर्ने बागलुङ शाखाका संयोजक रतन मलेपतिले जानकारी दिए । अधिवेशनमा जिल्लाका १० वटै स्थानीय तहबाट दुई सयभन्दा बढी प्रतिनिधि सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा