२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मन्त्री पाण्डेलाई कारबाही माग गर्दै सांसद बजगाईंद्वारा कांग्रेस केन्द्रीय अनुशासन समितिमा उजुरी

२०८१, १ चैत्र शुक्रबार १६:५३

काठमाडौँ | कांग्रेसका सहमहामन्त्रीसमेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले आफूविरुद्ध अभियान चलाएको भन्दै कांग्रेसका सांसद राजेन्द्र बजगाईंले केन्द्रीय अनुशासन समितिमा उजुरी दिएका छन् ।

मन्त्री पाण्डेले पदको दुरुपयोग गर्दै योजनाबद्ध रूपमा आफ्नाविरुद्ध सामाजिक संजालमार्फत अभियान सञ्चालन गरेको बजगाईंको आरोप छ । मन्त्री पाण्डेले नेपालको राष्ट्रिय हितलाई प्रत्यक्ष रूपमा कमजोर पार्ने निर्णय लिँदै आएको पनि बजगाईंको आरोप छ ।


‘म नेपाली कांग्रेसको निष्ठावान सदस्यको नाताले आफ्नो पार्टीभित्र वैधानिक प्रश्न उठाउने अधिकार राख्दछु। पार्टीको नीति, सिद्धान्त, संविधान र नेपाली लोकतान्त्रिक मूल्यहरू विपरीत हुने अभिव्यक्तिप्रति ध्यानाकर्षण गराउँदै नेपाली कांग्रेसका पदाधिकारी नेता एवम् संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेद्वारा हालसालै सार्वजनिक रुपले व्यक्त गरिएका विचारप्रति गम्भीर आपत्ति जनाउँदै अनुशासनको कारबाहीको माग गर्दछु’ बजगाईंले पार्टीलाई पठाएको पत्रमा उल्लेख छ।

सांसद बजगाईंले एक दलीय चिनियाँ शासन प्रणालीका राष्ट्रपति सी चिनफिङको नैतिकतालाई नेपालको बहुदलीय लोकतान्त्रिक प्रणालीका नेताहरू र जनतासमक्ष लैजानुपर्ने धारणा व्यक्त गरेको भन्दै कारबाहीको माग गरेका छन्।

उनले भनेका छन्, ‘नेपाली कांग्रेस जसले प्रजातन्त्र, लोकतन्त्र र बहुदलीय गणतन्त्रको रक्षा गर्दै आएको छ। त्यसका एक जिम्मेवार मन्त्रीबाट यस्तो अभिव्यक्ति आउनु पार्टी सिद्धान्त विपरीत मात्र नभई नेपालको सविधान र राष्ट्रिय हितविपरीतसमेत रहेको देखिन्छ।’

बजगाईंले पाण्डेको यस्ता अभिव्यक्ति पार्टी विधान विपरीत भएको पनि बताएका छन्।

‘…विषयलाई ध्यानमा राख्दै नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिलाई सहमहामन्त्री, मन्त्री बद्री पाण्डेविरुद्ध अनुशासनात्मक छानबिन गरी यथाशीघ्र कारबाही गर्न अनुरोध गर्दछु,’ उनले भनेका छन्,’साथै यसबारे विस्तृत छलफल गर्न आवश्यक ठहरिएमा विधानअनुसार निर्णय गरियोस्।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने