६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

लुट्ने इतिहास बोकेकाहरूको हातमा देश पुगे बर्बाद हुन्छ : माधवकुमार नेपाल

२ चैत्र २०८१, शनिबार १७:४२

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले लुट्ने इतिहास बोकेकाहरूको हातमा देश पुगे बर्बाद हुने बताएका छन् ।

समाजवादी मोर्चाले शनिबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले लुट्ने इतिहास बोकेकाहरूको हातमा देश जान नहुने बताए ।

पूर्वराजा ज्ञानेन्द्र शाहलाई लक्षित गर्दै नेपालले वंशको आधारमा देश चलाउँछु भन्नेहरूले देशलाई लुट्न मात्रै जानेको बताए ।

नेपालले भने ‘अब यो वंशको शासनको कुरा छाडिदिनुस् । तिनीहरूले न त्याग, तपस्या र बलिदान गरेका छन् । देशलाई लुट्न मात्रै जानेका छन् । लुट्ने इतिहास बोकेकाहरूको हातमा देशलाई लगेर बर्बाद पार्ने होइन,’।

जनतामा असन्तुष्टि बढेको र पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं फर्कने क्रममा त्यो सकडमा प्रकट भएको भन्ने प्रश्नको जवाफमा उनले व्यवस्था बदलिनु पर्ने तर पुरानोतिर फर्कने नभई अग्रगमनतिर जानु पर्ने बताए ।

‘देशको स्वाभिमानलाई माथि उठाउनु हुन्छ भने, नेपालको इज्जत, प्रतिष्ठालाई माथि उठाउनु छ भने अब नयाँ व्यवस्था, त्यो हो समाजवादी व्यवस्था, समाजवादी गणतन्त्रमा जानुपर्छ,’ अध्यक्ष नेपालले भने, ‘त्यसको निम्ति हामी समाजवादी मोर्चाको तर्फबाट महत्वपूर्ण भूमिका खेल्न तयार छौँ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या