६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

…अनि संसदमा ज्ञानेन्द्र शाहीले प्रतिप्रश्न गरे- मदन भण्डारीको हत्याको याद आएन ?

३ चैत्र २०८१, आईतवार १३:२३

काठमाडौँ |  राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले मदन भण्डारीको हत्यारा पत्ता लगाउन कसले रोकेको भन्दै प्रश्न गरेका छन् । आइतबार प्रतिनिधिसभाको विशेष समयमा उनले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको पनि वकालत गरे ।

त्यसअघि संदमा बोलेका एमाले सांसद रघुजी पन्तले राजतन्त्रमा त्रैलोक्यविक्रम शाहको युवराज हुदाँ हत्या भएको बताएका थिए । सो प्रसंगको जवाफमा शाहीले मदन भण्डारीको हत्याको विषय उठाए ।

‘मदन भण्डारीको हत्या कसले गर्‍यो त्यो हत्यारा पत्ता लगाउँछु भन्ने मान्छे अहिले यो देशको प्रधानमन्त्री हुनुहुन्छ । मदन भण्डारीको हत्यारा पत्ता लगाउन कसले रोक्यो । त्यसको जवाफ संसदलाई चाहिन्छ । राष्ट्रपति तपाईंकै थिए । सदनमा दुई तिहाइ तपाईंहरूको थियो अनि मदन भण्डारीको हत्याको याद आएन ?,’ शाहीले भने ।

अहिलेको व्यवस्थमा चुनाव हारेका ‘हरूवा चरुवाहरू’ मन्त्री बन्दै प्रधानमन्त्री बन्ने चुनावै नजितेर पनि सांसद बन्न पाउने उनले बताए । पछिल्लो १६ वर्षमा १४ पटक सरकार परिवर्तन भएको, झन्डै एक हजार मन्त्रीहरू भएको, ३१ वटा मुख्य मन्त्री भएको ३० वटा प्रदेश प्रमुख भए तीन जना राष्ट्रपति ३ जना उपराष्ट्रपति भएको उनले बताए । झन्डै तीन हजार सांसद भएको पनि उनले बताए । ‘सबै मिलेर खान पाएपछि यो व्यवस्था उत्तम भयो भन्नु स्वभाविक हो,’ उनले भने ।

संसदमा भाषण गर्ने नेतादेखि उच्च पदस्थ कर्मचारीका छोराछोरी युरोप असमेरिका पढ्ने गरिबका छोराछोरी खाडीमा गएर बेल्चा हान्नुपर्ने बाध्यता रहेको उनले बताए ।

‘काण्ड सम्झाइदिउँ निर्मला पन्तको बलत्कारपछि हत्या भयो तपाईंहरूको गृहमन्त्री फेरि कति प्रधानमन्त्री फेरिए कति पटक ओल्लो पक्ष पल्लो पक्ष सरकारमा गयौ अहिलेसम्म निर्मला पन्तको हत्यारा पत्ता लगाउन सकेका छौ ?’ सांसद शाहीले भने, ‘बाँदरमुडे घटना याद छ निहत्था नागरिकलाई बम हानेका हो कि होइन ? लमजुङको शिक्षक मुक्ति अधिकारीको हत्या गर्ने हत्याराहरू यही संदमा सांसद भएर हिँडेका छन् । यो हो व्यवस्था ? खुला मञ्चमा बसेर ५ हजार मान्छे मारेको जिम्मा लिन्छु भन्ने व्यक्ति प्रधानमन्त्री बन्ने देश हो ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान