२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकी भिसा नपाउने सूचीमा भुटान: नेपालको शरणार्थी काण्ड दोषी भएको भुटानी मिडियामा चर्चा

२०८१, ३ चैत्र आईतवार १६:४२

काठमाडौँ | अमेरिकामा भ्रमण गर्न नपाउने प्रस्ताव गरिएका ११ देशमा उत्तर कोरियासँगै दक्षिण एसियाली देश भुटान पनि अटेको छ ।

अमेरिकी अखबार न्यू योर्क टाइम्समा आएको समाचार अनुसार अमेरिका घुम्न जान नपाउने ११ देशको सूचीमा भुटान, उत्तर कोरियासहित अफगानिस्तान, क्युवा, भेनेजुएला, इरान, लिबिया, सिरिया, सोमालिया, सुडान र यमन छन् ।

यस्तै, भिजा प्रतिबन्द हुने देशहरुमा पाकिस्तान दक्षिण कोरियाबाट अटाएको छ । रातो सूचीमा परेको भुटान पाकिस्तानभन्दा समस्याग्रस्तको सूचीमा परेको छ । तर, नेपाल दुवै सूचीमा परेको छैन । तर, भुटानी मिडियाले भुटानी रातो सूचीको कारण नेपाल भएको तर्क गरेका छन् ।

भुटानी अखबार दि भुटनिजका अनुसार नेपालमा सन २०२३ मा नक्कली भुटानि शरणार्थीको रुपमा अमेरिका पठाउन खोजिएकोले त्यस्तो भएको हुनसक्ने उल्लेख गरिएको छ । उक्त प्रकरणमा धेरै नेपाली नागरिकहरूले आफूलाई ‘भुटानी शरणार्थी’ भनेर प्रस्तुत गर्दै अमेरिका छिरेका थिए। यस प्रकरणमा उच्च पदस्थ नेपाली नेताहरू, कर्मचारीहरू, र शरणार्थी शिविरका वरिष्ठ व्यक्तिहरू संलग्न रहेका थिए।

त्यसैगरी, भुटानलाई ड्राफ्ट ‘रेड लिस्ट’ मा राखिनुको पछाडि मुख्य कारणहरू भने आप्रवासन घोटाला, अवैध बसोबास, र विगतमा भएको भिसा दुरुपयोग जस्ता घटनाहरू हुन्।  गत वर्ष केही भुटानी नागरिकहरू क्यानडामा प्रवेश गरेको र पाँच जनालाई पक्राउ गरिएको खबर पनि बाहिर आएको थियो।

अमेरिकी गृह सुरक्षा विभागको तथ्यांक अनुसार २०१३ देखि २०२२ सम्म २०० जना भुटानी नागरिकहरूलाई अवैध बसोबासको आरोपमा पक्राउ गरिएको छ।

वर्ष अनुसारको विवरण:

२०१३: ७ जना
२०१४: १२ जना
२०१५ : २४ जना
२०१६ : २२ जना
२०१७ : ३० जना
२०१८ : २६ जना
२०१९ : ३३ जना
२०२० : १४ जना
२०२१ : १५ जना
२०२२ : १७ जना

त्यसै अवधिमा ६१ भुटानी नागरिकलाई ‘अस्वीकार्य गैर-नागरिक’ को श्रेणीमा राखेर अमेरिकामा प्रवेश अस्वीकृत गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने