६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कीर्तिपुर क्रिकेट मैदानमा प्यारापेट निर्माण र फ्लडलाइट जडानको काम वैशाखभित्र सकिने

५ चैत्र २०८१, मंगलवार १२:५१

काठमाडौँ | शहरी विकास मन्त्रालयले ०८२ वैशाख २४ गते भित्र कीर्तिपुर क्रिकेट मैदानमा प्यारापेट निर्माण र फ्लडलाईट जडान कार्य सम्पन्न गर्ने बताएको छ । मंगलबार शहरी विकास मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै वित्तिय प्रगति सार्वजनिक कार्यक्रममा यस्तो जानकारी गराइको हो ।

‘संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयबाट “कीर्तिपुर क्रिकेट मैदानमा अन्तराष्ट्रिय मापदण्ड अनुरूप प्यारापेट निर्माण कार्य र फ्लडलाईट जडान कार्यको २०८१ फागुनमा सम्झौता सम्पन्न भई २०८२ बैशाख २४ गतेभित्र कार्य सम्पन्न गर्ने गरी निर्माण कार्य अघि बढिरहेको छ,’ मन्त्रालयका प्रवक्ता सहसचिव नारायण मैनालीले बताए ।

त्यस्तै, मन्त्रालयले गत असोज ३ बाट धरहरा सञ्चालन भएपछि २ करोड ३७ लाख बढी राजस्व संकलन गरेको पनि जनाएको छ । यो अवधिमा हालसम्म १ लाख ३० हजार भन्दा बढीले धरहरा भ्रमण गरेका छन् ।

अन्य भौतिक प्रगतिहरूः 
-राष्ट्रिय शहरी नीति स्वीकृत भएको छ।

-स्थानीय पूर्वाधार विकास विभागबाट त्रिवेणी सुस्ता बहुत्तरी झोलुङ्गेपुल निर्माण कार्य सम्पन्न भई सञ्चालन

-झापास्थित दमक व्यापारिक कम्पलेक्सको निर्माण सम्पन्न

-काठमाडौँ उपत्यका विकास प्राधिकरणबाट सार्वजनिक जग्गा संरक्षण अन्तर्गत कीर्तिपुरमा चम्पादेवी पार्क र भैँसेपाटी प्लाजामा दुई वटा पार्क निर्माण सम्पन्न

-बागमती सुधार आयोजना अन्तर्गत यस आ.व.मा २०० मिटर नदी तटबन्ध, ३५० मिटर सडक कालोपत्रे र १५० मिटर मुख्य ढल निर्माण

-नगर विकास कोषबाट शहरी खानेपानी सरसफाइ आयोजना अन्तर्गत ११ वटा आयोजना निर्माण सम्पन्न भएको र १६ वटा आयोजना स्तरोन्नति

-शहरी उत्थान तथा जिविकोपार्जन सुधार आयोजना अन्तर्गत नगरपालिकाहरूको समावेशी आर्थिक वृद्धि र जीवनयापनमा सुधार ल्याउने गरी एसियाली विकास बैक सँग सम्झौता भई पोखरा, जनकपुर, देवदह, सेनामैना, लुम्बिनी सांस्कृतिक, सिद्धार्थनगर र तिलोत्तमा नगरपालिकामा कार्यक्रम अघि बढेको

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान