१० बैशाख २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्ववियुमा प्रमुख तीन दलका विद्यार्थी संगठन हावी, कसले कति सिट जिते ?

७ चैत्र २०८१, बिहीबार ११:५५

काठमाडौँ | त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतका क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावमा प्रमुख दलनिकट विद्यार्थी संगठन नै हावी भएका छन् । केही क्याम्पसमा भने स्वतन्त्र पनि निर्वाचित भएका छन् ।

पछिल्लो नतिजाअनुसार संसदको ठूलो दल कांग्रेस निकट नेविसंघ ठूलो विद्यार्थी संगठन देखिएको छ । चुनाव भएका देशभरका क्याम्पसमध्ये १०९ वटा क्याम्पसको स्ववियु नेतृत्व हात परेको छ । काठमाडौंका केही महत्त्वपूर्ण क्याम्पसमा पनि उसले जित निकालेको छ ।

महाराजगञ्ज नर्सिङ क्याम्पसमा १ मतले जित निकालेको छ । विगतमा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले जितेको उक्त कलेज मात्र होइन, महाराजगञ्ज मेडिकल कलेजमा पनि नेविसंघले जित निकालेको छ । त्यसैगरी, उसले थापाथली इन्जिनियरिङ क्याम्पस, आयुर्वेद क्याम्पसमा पनि जित हासिल गरेको छ ।

एमालेनिकट अनेरास्ववियुले भने ९१ वटा क्याम्पसमा जित निकालेको छ । उक्त जितसँगै अहिलेसम्मको नतिजामा अनेरास्ववियु दोस्रो ठूलो संगठन भएको छ । उसले ११ वटा आंगिक क्याम्पससहित ९१ क्याम्पस जितेको हो । काठमाडौंका प्रमुख तीनवटा आंगिक क्याम्पस महेन्द्र रत्न ताहाचल, नेपाल कमर्श क्याम्पस मीनभवन र ललित कला क्याम्पसमा जित निकालेको छ । यी आंगिक क्याम्पसबाहेक अन्य सामुदायिक क्याम्पस पनि अनेरास्ववियुले जित निकालेको छ ।

काठमाडौंबाहिरका ठूला क्याम्पसहरू महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्ज, धनकुटा बहुमुखी क्याम्पस, वन विज्ञान अध्ययन संस्थान पोखरा, धौलागिरी बहुमुखी क्याम्पस बागलुङ, पोखरा नर्सिङ क्याम्पस र नेपालगन्ज नर्सिङ क्याम्पसमा पनि अनेरास्ववियुले जित निकालेको छ ।

त्यसैगरी संसदको तेस्रो ठूलो दल माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी स्ववियुमा पनि तेस्रो नै भएको छ । पछिल्लो मत परिणामअनुसार अखिल क्रान्तिकारीले ८३ वटा क्याम्पसमा जित निकालेकोक छ । क्रान्तिकारीले विराटनगरमा भने सबैभन्दा राम्रो नतिजा ल्याएको छ । उसले विराटनगरका प्रमुख तीनवटा क्याम्पसमै जित निकाले  छ ।

क्रान्तिकारीले काठमाडौंका दुईसहित ७ वटा आंगिक क्याम्पसमा क्रान्तिकारीले जित हात पारेको छ। काठमाडौंका आंगिक क्याम्पस जनप्रशासन क्याम्पस र सानोठिमी बहुमुखी क्याम्पसमा जितेको हो । त्यसबाहेक डिग्री क्याम्पस विराटनगर, विराटनगर नर्सिङ क्याम्पस, महेन्द्र मोरङ क्याम्पस, भोजपुर बहुमुखी क्याम्पस, विराटनगर डिग्री कलेज, त्रिभुवन बहुमुखी क्याम्पस पाल्पा, चितवन इन्जिनियरिङ क्याम्पसमा पनि अखिल क्रान्तिकारीको नेतृत्व आएको छ। पुल्चोक इन्जिनिरिङ क्याम्पसमा भने स्वतन्त्र उमेदवार स्वयम श्रेष्ठ र इन्जिनियरिङ अध्ययन संस्थान (पश्चिमाञ्चल क्याम्पस) मा पनि स्तन्त्र उम्मेदवार प्रकाश धामीले जित निकालेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रीलङ्कामा गरिबी खतरनाक रूपमा उच्च: विश्व बैंक एक्स्काभेटर पुरिँदा बेपत्ता चालक मृत फेला पार्टीका प्रत्येक कमिटीमा ३३ प्रतिशत युवा सहभागिता गराइने आगामी बजेट : ‘जनताको अपेक्षाअनुसार विकास गर्न सकेनौँ, सांसद विकास कोष चाहिन्छ’ मोटरसाईकल दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते ब्राजिलका फुटबलर कार्लोस जेभिर्यस कलेजमा उपप्रधानमन्त्री सिंहसँग भारतका विद्युत्मन्त्रीको भेट बसको ठक्करबाट एक वृद्धाको मृत्यु रास्वपाले संसदीय दलको बैठक बोलायो नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक अनिश्चित प्रधानमन्त्रीसँग युएईका उपप्रधानमन्त्रीको शिष्टाचार भेटवार्ता पाथीभरा क्षेत्र विकास समिति सम्मानित नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट शिक्षा विधेयक यथाशीघ्र पारित गर्न माओवादीको माग देशका प्रबुद्ध वर्ग नै देश ठप्प पर्ने गरी बन्द गर्दै हिँडेपछि… ‘जनजाति समुदायलाई संविधानले पर्याप्त अधिकार दिएको छ’ सरकार सञ्चालनमा समस्या छैन : गृहमन्त्री लेखक निजामती विधेयकको नाम र प्रस्तावना मात्र अनुमोदन प्रधानमन्त्रसँग भारतीय विद्युत्मन्त्रीको भेट तीनकुनेमा भएको राजावादी प्रदर्शनमा पक्राउ थप १३ जनालाई हाजिरी जमानीमा रिहा गरियो