२०८२, २९ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्ववियुमा प्रमुख तीन दलका विद्यार्थी संगठन हावी, कसले कति सिट जिते ?

२०८१, ७ चैत्र बिहीबार ११:५५

काठमाडौँ | त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतका क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावमा प्रमुख दलनिकट विद्यार्थी संगठन नै हावी भएका छन् । केही क्याम्पसमा भने स्वतन्त्र पनि निर्वाचित भएका छन् ।

पछिल्लो नतिजाअनुसार संसदको ठूलो दल कांग्रेस निकट नेविसंघ ठूलो विद्यार्थी संगठन देखिएको छ । चुनाव भएका देशभरका क्याम्पसमध्ये १०९ वटा क्याम्पसको स्ववियु नेतृत्व हात परेको छ । काठमाडौंका केही महत्त्वपूर्ण क्याम्पसमा पनि उसले जित निकालेको छ ।

महाराजगञ्ज नर्सिङ क्याम्पसमा १ मतले जित निकालेको छ । विगतमा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले जितेको उक्त कलेज मात्र होइन, महाराजगञ्ज मेडिकल कलेजमा पनि नेविसंघले जित निकालेको छ । त्यसैगरी, उसले थापाथली इन्जिनियरिङ क्याम्पस, आयुर्वेद क्याम्पसमा पनि जित हासिल गरेको छ ।

एमालेनिकट अनेरास्ववियुले भने ९१ वटा क्याम्पसमा जित निकालेको छ । उक्त जितसँगै अहिलेसम्मको नतिजामा अनेरास्ववियु दोस्रो ठूलो संगठन भएको छ । उसले ११ वटा आंगिक क्याम्पससहित ९१ क्याम्पस जितेको हो । काठमाडौंका प्रमुख तीनवटा आंगिक क्याम्पस महेन्द्र रत्न ताहाचल, नेपाल कमर्श क्याम्पस मीनभवन र ललित कला क्याम्पसमा जित निकालेको छ । यी आंगिक क्याम्पसबाहेक अन्य सामुदायिक क्याम्पस पनि अनेरास्ववियुले जित निकालेको छ ।

काठमाडौंबाहिरका ठूला क्याम्पसहरू महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्ज, धनकुटा बहुमुखी क्याम्पस, वन विज्ञान अध्ययन संस्थान पोखरा, धौलागिरी बहुमुखी क्याम्पस बागलुङ, पोखरा नर्सिङ क्याम्पस र नेपालगन्ज नर्सिङ क्याम्पसमा पनि अनेरास्ववियुले जित निकालेको छ ।

त्यसैगरी संसदको तेस्रो ठूलो दल माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी स्ववियुमा पनि तेस्रो नै भएको छ । पछिल्लो मत परिणामअनुसार अखिल क्रान्तिकारीले ८३ वटा क्याम्पसमा जित निकालेकोक छ । क्रान्तिकारीले विराटनगरमा भने सबैभन्दा राम्रो नतिजा ल्याएको छ । उसले विराटनगरका प्रमुख तीनवटा क्याम्पसमै जित निकाले  छ ।

क्रान्तिकारीले काठमाडौंका दुईसहित ७ वटा आंगिक क्याम्पसमा क्रान्तिकारीले जित हात पारेको छ। काठमाडौंका आंगिक क्याम्पस जनप्रशासन क्याम्पस र सानोठिमी बहुमुखी क्याम्पसमा जितेको हो । त्यसबाहेक डिग्री क्याम्पस विराटनगर, विराटनगर नर्सिङ क्याम्पस, महेन्द्र मोरङ क्याम्पस, भोजपुर बहुमुखी क्याम्पस, विराटनगर डिग्री कलेज, त्रिभुवन बहुमुखी क्याम्पस पाल्पा, चितवन इन्जिनियरिङ क्याम्पसमा पनि अखिल क्रान्तिकारीको नेतृत्व आएको छ। पुल्चोक इन्जिनिरिङ क्याम्पसमा भने स्वतन्त्र उमेदवार स्वयम श्रेष्ठ र इन्जिनियरिङ अध्ययन संस्थान (पश्चिमाञ्चल क्याम्पस) मा पनि स्तन्त्र उम्मेदवार प्रकाश धामीले जित निकालेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्षहरू तयार हुन अझै २ महिना लाग्ने ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक सुनचाँदीको मूल्य घट्यो खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ नेकपा एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातका कारण निधन रातो मछिन्द्रनाथको रथको पाङ्ग्रा बनाउने काम अन्तिम चरणमा नेपाललाई हिन्दूराष्ट्र बनाउने हो भने रास्वपालाई दुईतिहाइ पुर्‍याउन सहयोग गर्छौं: कमल थापा इनिसा विकको न्याय माग गर्दै माइतीघरमा प्रदर्शन मध्यपूर्व तनावका बीच कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान अब सीआईबीले गर्ने