2026-07-04 10:54 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भ्रष्टाचार गरेको भन्दै पूर्वराष्ट्रपति यादव र भण्डारीविरुद्ध अख्तियारमा उजुरी

काठमाडौँ | पूर्वराष्ट्रपति द्वय: रामवरण यादव र विद्यादेवी भण्डारीले भ्रष्टाचार गरेको भन्दै अख्तियार दूरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ।

काठमाडौँमा घर भएपनि घरभाडाबापत उनीहरूले मासिक लाख बढी रकम बुझेको भन्दै आयोगमा उजुरी परेको हो। काठमाडौँमा घर भएर पनि राज्यकोषबाट घरभाडाबापतको रकम बुझेको र यस कार्य भ्रष्टाचार ठहर हुने भन्दै सिन्धुलीका युवराज सफलले बिहीबार उजुरी दर्ता गराएका छन्।

उजुरीमा पूर्वराष्ट्रपति यादव र भण्डारीलाई भ्रष्टाचार कसुरमा पक्राउ गरी छानबिन गर्न उजुरीमा माग गरिएको छ। अन्यथा मुद्दा लिएर अदालतसम्म जाने उजुरीमा भनिएको छ।

प्राप्त विवरणअनुसार गत आर्थिक वर्षमा पूर्वराष्ट्रपति यादवको भरणपोषणका लागि राज्यकोषबाट ४६ लाख २५ हजार ६१५ रुपैयाँ खर्च भएको छ।

त्यस्तै, अर्की पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीका लागि राज्यकोषबाट गत आर्थिक वर्षमा ३५ लाख १८ हजार ५५५ रुपैयाँ खर्च गरेको गृहमन्त्रालय स्रोतको दाबी छ। उक्त रकम तलब, घरभाडा, सचिवालयका सदस्यको तलब, बिजुली, पानीसहितको खर्च हो।

पूर्वराष्ट्रपतिलाई सरकारले एक जना उपसचिव, हलुका सवारी चालक र एक जना कार्यालय सहयोगी दिएको छ। पूर्वराष्ट्रपति यादवको बागडोल र भण्डारीको चपली हाइटमा घर भए पनि दुवै जनाका लागि सरकारले मासिक रुपमा भाडा भुक्तानी गर्दै आएको छ।

गृहबाट प्राप्त गरेको सुविधा विवरणअनुसार यादवलाई सरकाले घर भाडा बापत मासिक एक लाख ९२ हजार २५५ रुपैयाँमा दिँदै आएको छ। त्यस्तै, भण्डारीका लागि पनि मासिक एक लाखका दरले घर भाडा भुक्तानी भइरहेको छ।

यादव आफ्नो घर छाडेर भाडाको घरमा बस्दै आएका छन् भने भण्डारी चपली हाइटको आफ्नै घरमा बसे पनि राज्यकोषबाट मासिक भाडा बुझ्छिन्। यादव र भण्डारीका लागि प्रतिव्यक्ति हरेक महिना २०० लिटरका दरले इन्धनका लागि चार लाख चार हजार ८८२ दरले भुक्तानी भएको स्रोतले बतायो।

यादवका लागि सुविधा दिन २०७३ माघ २० गते र २०७४ मंसिर २५ गते निर्णय भएको छ। भण्डारीलाई २०८० भदौ २९ गतेको मन्त्रिपरिषद्को निर्णयका आधारमा सुविधा दिइएको हो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै पेट्रोलपम्प बन्द गर्नेविरुद्ध सरकारको कडा कदम, १० लाख जरिवाना, १५ दिन बिक्री-वितरण रोक्का शुक्रबार सुनचाँदीको मूल्य बढ्यो नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो