६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चन्द्र भण्डारी भन्छन्: १० हजार मानिस सडकमा निस्किँदा तर्सिने स्थिति हामीले नै बनाएका हौँ

७ चैत्र २०८१, बिहीबार १६:३२

काठमाडौँ | नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले १०/१५ हजार मानिस सडकमा उत्रिँदा डराउनुपर्ने स्थिति नेताहरू आफैले सिर्जना गरेको टिप्पणी गरेका छन्। स्वर्गीय गिरिजाप्रसाद कोइरालाको १५ औँ स्मृति दिवसका अवसरमा बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै नेता भण्डारीले यस्तो टिप्पणी गरेका हुन्।

‘यत्रो प्रजातन्त्र ल्याएर हामीले शासन गर्‍यौँ त। मन्त्री भयौँ त, आफ्ना मन लागेकालाई मन्त्री बनाएका होइनौँ ? आफ्ना मन लागेकालाई टिकट दिएका होइनौँ? तिनले के परिवर्तन गरे ?,’ नेता भण्डारीले भने, ‘वरिपरि गरिब राखेर बिचमा ठुलो घर बनाउने भन्दा वरिपरि गरिबको ठुलो घर बनाएर आफ्नो घर बनाएको भए आज हामी कहाँ पुग्थ्यौँ ? यही हो कुरा ।’

त्यही भएकाले आज असन्तुष्टि चुलिएको उनले बताए । उनले भने, ‘आज सडकमा १०/१५ हजार मानिसको जुलुस निस्किदा हामी किन तर्सिरहेका छौँ भन्दा हामीसँग केही खोट छ, त्यहाँ केही कमजोरी छ। हामीले बदमासी गरेका छौँ, त्यसैले हामी डराइरहेका छौँ।’

आफू भने नडराएको भण्डारीले दाबी गरे । ‘हामी किन डराएका छैनौँ भन्दा हामीले जीवनमा कुनै खोट गरेका छैनौँ। हामी कांग्रेस बनाउन सक्छौँ, प्रजातन्त्रको रक्षा गर्न सक्छौँ,’ उनले भने।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता