पर्वत । जिल्ला समम्वय समिति पर्वतको निर्वाचन आजलाई तोकिएको छ ।जिल्ला समन्वय समितिको संयोजकका लागि नेकपा एमाले र नेपाली काँग्रेस विच प्रतिश्पर्दा हुने भएको छ । नेपाली काँग्रेस तर्फ ६ र एमाले तर्फ ८ जना जनप्रतिनिधि छन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...  पर्वत । जिल्ला समम्वय समिति पर्वतको निर्वाचन आजलाई तोकिएको छ ।जिल्ला समन्वय समितिको संयोजकका लागि नेकपा एमाले र नेपाली काँग्रेस विच प्रतिश्पर्दा हुने भएको छ । नेपाली काँग्रेस तर्फ ६ र एमाले तर्फ ८ जना जनप्रतिनिधि छन"/>
८ माघ २०८२, बुधबार
पर्बत - PBT

जिसस पर्वतको चुनाव – कागको मुखको मासु खोस्ने दाउमा काँग्रेस

१६ श्रावण २०७४, सोमबार १३:००

 पर्वत । जिल्ला समम्वय समिति पर्वतको निर्वाचन आजलाई तोकिएको छ ।जिल्ला समन्वय समितिको संयोजकका लागि नेकपा एमाले र नेपाली काँग्रेस विच प्रतिश्पर्दा हुने भएको छ । नेपाली काँग्रेस तर्फ ६ र एमाले तर्फ ८ जना जनप्रतिनिधि छन् । नेपाली काँग्रेसबाट संयोजकमा कुनपा ७ का परशुराम पुरीले उम्मेदवारी दिएका छन् भने एमालेको तर्फदेखि दलित नेता मनोहर वि पौडेलले उम्मेदवारी दर्ता गराएका छन् ।

त्यस्तै काँग्रेसको तर्फदेखि सहसंयोजकमा लालकु्मारी सिकेको उम्मेदवारी परेको छ भने एमालेको तर्फदेखि  यामकुमारी रानाले उम्मेदवारी दिएकी छिन् । काँग्रेसको तर्फदेखि सदस्य पदमा कालीभक्त शर्मा (खुर्कोट), हरिबहादुर कार्की (माझफाँट) हरिमाया गुरुङ्ग (धाइरिङ्ग), लक्ष्मी आचार्य (बाच्छा), निर्मलाकुमारी शर्मा (शंकरपोखरी), मायाकुमारी शर्मा (धाइरिङ्ग) र खैसरा दर्जी (बर्राचौर) ले उमेदवारी दर्ता गरेका छन । त्यसैगरी एमालेको तर्फदेखि ज्ञानबहादुर भण्डारी, महाशिला गाउँपालिका १ का बिष्णुराम बिक, फलेवास नगरपालिका ठानामौलाकी कबिता बिक, मोदी गाउँपालिका ६ तिलाहारका नन्दलाल सुबेदी, जलजला गाउँपालिका लेखफाँटका ओमप्रसाद रेग्मी, विहादी गाउँपालिका रानीपानीकी बिष्णुमाया पौडेल र पैञ्यु गाउँपालिका हुवासकी शर्मिला नेपालीले उम्मेदवारी दिएका छन् ।

एमालेका जनप्रतिनिधिको संख्या दुइले बढि भएका कारण प्रत्यक्ष रुपमा एमालेले जित्ने पक्का छ । आन्तरिक रुपमा चलखेल नभए एमालेले बाजी मार्ने देखिन्छ तर काँग्रेस आफू अल्पमतमा परेता पनि जित्ने दाउमा छ । एमाले भित्रकै नेताहरुको  मतदानबाट आफूहरु विजयी हुने काँग्रेसले दाबी गर्दे आएको छ ।

जिल्ला समन्वय समितिको निर्वाचनमा स्थानिय तहका अध्यक्ष र उपाध्यक्षले मात्र मत हाल्न पाउने ब्यबस्था छ । पर्वतका २ नगरपालिका प्रमुख र उपप्रमुख तथा ५ गाउँपालिका अध्यक्ष र उपाध्यक्ष गरी १४ जनाले मतदान गर्नेछन् । जसमध्ये एमालेको पक्षमा आठ मत छन् भने नेपाली कांग्रेसका ६ मत छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए