२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

जिसस डडेल्धुरा गठनको लागि निर्वाचन कार्यतालिका सार्वजनिक

२०७४, १६ श्रावण सोमबार १६:३६

साउन १६, डडेल्धुरा । डडेल्धुरा जिल्लाको जिल्ला समन्वय समिति गठन गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।

 राजनीतिक दलहरुसँग समन्वय गरी मुख्य निर्वाचन अधिकृतको कार्यालयले सोमबार निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो ।

 पहिलो जिल्ला सभामा भएको सहमति अनुसार प्रमुख÷उप्रमुख एक–एक जना, महिला सदस्य ३ जना, दलित वा अल्पसंख्यक सदस्य १ जना, खुला सदस्य ३ जना रहने गरी ९ सदस्यीय समिति गठन गर्न कार्यतालिका सार्वजनिक गरिएको मुख्य निर्वाचन अधिकृत देवकुमार गिरीले जानकारी दिएका छन् ।

 जसअनुसार साउन १७ गते मतदाता नामावलीमा प्रकाशन गर्ने, १८ गते मतदाता नामावली सच्याउन वा छुट नाम समावेश गर्न दरखास्त दिने, १९ गते दिन संसोधित मतदाता नामावली प्रकाशन गर्ने, २० गते मतदाताको विरोधमा उजुरी दिने, २१ गते अन्तिम मतदाता नामावली प्रकाशन गर्ने, २२ गते उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने र सोही दिन मनोनयन पत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्ने, २३ गते उम्मेदवारको विरोधमा उजुरी दिने, मनोनयन पत्रको जाँच र उजुरी उपर निर्णय गर्ने, उम्मेदवारको नामावली प्रकाशन गर्ने, २४ गते उम्मेदवारले आफ्नो नाम फिर्ता लिने, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र उम्मेदवारलाई चिन्ह प्रदान गरिने छ भने २६ गते मतदान हुने मुख्य निर्वाचन अधिकृतको कार्यालय डडेल्धुराले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ