Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, १९ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कुलमानमाथि लक्षित गर्दै ओलीको प्रश्न: नियुक्तिको भोलिपल्ट चिम बोकेर आउनुभयो ?

२०८१, १२ चैत्र मंगलवार १६:५९

काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकका अन्धकार कुनै एक व्यक्तिका कारणमात्रै नहटेको टिप्पणी गरेका छन् ।

विभिन्न सरकारहरुले गरेका कामका कारण लोडसेडिङ हटेको ओलीको भनाइ थियो । एक व्यक्तिका कारण मात्र लोडसेडिङ हटेको हो भन्ने भ्रममा नपर्न उनले आग्रह गरे ।

मंगलबार बालुटारमा आयोजित कार्यक्रममा ओलीले कुलमानको नाम नलिइ नियुक्तिको भोलिपल्ट के उनी चिम बोकेर आएका थिए भन्दै प्रश्न गरे ।

‘नियुक्तिको भोलिपल्ट चिम बोकेर आउनुभयो कि ट्रान्समिसन लाइन बोकेर आउनुभयो ?’ प्रधानमन्त्रीले प्रश्न गरे ।

प्राधिकरणमा रिटार्डलाई ल्याएर पूर्ववर्ती सरकारले राखेको उनको भनाइ थियो । ‘हिजो त्यहीँ काम गरेको अर्को एक जनालाई निकालेर काम नभएको पद, ठाउँमा सरुवा गरिदिनुभयो । अनि रिटायर्डलाई ल्याएर राखिदिनुभयो’ उनले भने ।

ओलीले महाकवि लक्ष्मीप्रसाद देवकोटाको महाकाव्य ‘प्रमिथस’ को प्रसंग निकाल्दै प्रचण्ड प्रमिथस बन्न खोजेको आरोप लगाए ।

‘उबेला पृथ्वीमा अन्धकार थियो, स्वर्ग उज्यालो थियो । पृथ्वीका मान्छेहरुलाई पनि उज्यालो चाहिन्छ भनेर देवताका भाइहरुमध्ये सबैभन्दा कान्छा प्रमिथसले आगो चोरेर पृथ्वीमा ल्याए । त्यसवापत उनलाई हजार वर्ष ढुंगाको चेपमा कैद गरेर राखिएको थियो । ती मित्रले त्यस्तै गरेर ब्याख्या गर्नुभएछ । उहाँले प्रमिथसले जस्तै उज्यालो ल्याउनुभो । अघिल्लो चार वर्षको कार्यकाल पुरै उहाँले त्यहीँ काम गरेर पूरा गर्नुभएको थियो, त्यसबेला ल्याउनुभएको थियो कि, उहाँले नियुक्ती गर्नेवित्तिकै आगो बोकेर, बिजुली बोकेर, चिम बोकेर, के बाकेर आउनुभयो ? बर्षौं लगाएर जे काम गरिएको हुन्छ, त्यसलाई चमत्कारको रुपमा, जादुको रुपमा व्याख्या गर्न खोजियो । कोही पनि साथीहरुलाई यस्ता कुराको भ्रममा नपर्न आग्रह गर्छु ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै