१५ बैशाख २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

कलंकीको बीच सडकमै कसले गर्‍यो गोलेको हत्या ?

१२ चैत्र २०८१, मंगलवार १७:११

काठमाडौँ | काठमाडौँको महानगरपालिका-१४ कलंकीको एलआरआई स्कुल नजिकै विवाद हुँदा एक युवकको हत्या भएको छ । हत्या हुनेमा ढुंगेअड्डा घर भएका अभय गोले हुन् । सोमबार राति ९ बजेतिर कलंकीको एलआरआई स्कुल नजिकको सडकमा दुई समूहबीच विवाद भएको थियो ।

विवादको क्रममा अनियन्त्रित भिडले अभयमाथि धारिलो हतियार प्रहार गरेका थिए । रड,खुकुरी र मुक्का प्रहार हुँदा मृतक गोले समूहका तीनजना घाइते भएका छन् । घाइते हुनेमा नागढुंगाका सन्दिप भुजेल, हेटौडाका पवन तामाङ, चन्द्रागिरीका पासाङ शेर्पा रहेका छन् । उनीहरूको सहिद मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिलराज बोहोराका अनुसार, २१ वर्षीय रोहित खड्का,विनय लामा र पर्वित श्रेष्ठको समूहले मृतक गोले समूहलाई खुकुरी र रड प्रहार गरेको थियो । घटना हुनासाथ प्रहरी पुग्दा गहिरो चोट लागेको अवस्थामा बीच सडकमा ढलेका थिए । उपचारका लागि उनलाई कलंकीको सहिद मेमोरियल अस्पताल पुर्‍याइएको थियो । केही समयपछि नै उनलाई मृत घोषणा गरिएको थियो ।

प्रहरीका अनुसार कुटपिट तथा हत्यामा संलग्न १७ जनालाई नियन्त्रणमा लिइएको छ । यो विवादको सुरू भने होली खेल्ने दिनबाट सुरू भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। अनुसन्धानमा संलग्न प्रहरी अधिकृतका अनुसार,होलीको अघिल्लो दिन अभय गोले र नैकाप घर भएका निश्चल मगरबीचमा विवाद भएको थियो । विवाद हुँदा अभयले निश्चललाई झापड हानेका थिए । सोही विषयमा दुई समूहबीच विवाद बढ्दै गएको थियो । निश्चलका साथी रोहित खड्काले अभयलाई भेटेर साथीभाइलाई किन कुटपिट गरेको भन्दै प्रश्न गरेका थिए । खड्कागाँउका स्थानीय रोहित साथीभाइमाझ ‘खरायो’ उपनामले समेत चिनिन्छन् । यसैक्रममा उनको मोबाइल हरायो ।

रोहितले अभयसँग भेटेर विवादको विषय सुल्झाउन खोजेका थिए । यसैक्रममा अभयले हिम्मत भए सोमबार राति एलआरआई तिर आउनु भने सूचना पठाएका थिए । सोमबार राति अभय ४ जना साथीहरूसँगै उक्त  स्थानमा पुगेका थिए । रोहित समूहका २० जना पनि त्यहाँ पुगेपछि विवादले चर्को रुप लियो। विवादका क्रममा रोहित र निश्चल समूहले रड र खुकुरी प्रहार गरेर अभयको ज्यान लिए। घटनामा संलग्न निश्चल,अभय तथा अन्य दुईजना फरार रहेका छन् ।

प्रहरीका अनुसार लागुऔषध सेवनकर्ता समेत रहेका उनीहरू झैंझगडा गर्ने र बरालिएर हिँड्ने गरेको खुलेको छ ।  आक्रमणमा संलग्न मुख्य आरोपित रोहितसहित १७ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिल बोहराले बताए ।

घटनाबारे उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसन्धान अधिकृतहरूले अनुसन्धान गरिरहेका छन् । अभय र रोहितको दुवै समूह कलंकी र नैकापमा सक्रिय छन् । उनीहरुले आफूहरूलाई ‘बाईकर्स’ समूहका नामले चिनाउने गर्छन्। अन्नपुर्णबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पूर्वप्रधानमन्त्री भट्टराई र भारतीय रक्षामन्त्री सिंहबीच भेटवार्ता ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत कानुन नहुँदा मनोरञ्जनात्मक क्षेत्रका महिला श्रमिकलाई समस्या उपराष्ट्रपति यादव र बेलायतका राजदूत फेनबीच शिष्टाचार भेटवार्ता तिलामा सञ्चालित स्वास्थ्य शिविरबाट सात सयभन्दा बढी लाभान्वित भारतमा सवारी दुर्घटना हुँदा १२ जनाको मृत्यु पोखरा अन्तरराष्ट्रिय विमानस्थलबारे उपसमितिले बुझायो प्रतिवेदन दुई विधेयक प्रमाणीकरण नागरिक उड्डयन क्षेत्रमा सुशासन ल्याउन विधेयक ल्याइएको हो : पर्यटनमन्त्री पाण्डे नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट इँटा भट्टा छेउको खाल्डोमा जमेको पानीमा डुबेर दुई बालिकाको मृत्यु सोक्लामा चट्टान आरोहण महोत्सव हुने भारतमा सवारी दुर्घटना हुँदा १२ जनाको मृत्यु चिकित्सा शिक्षा आयोगको बैठक : निजी मेडिकल कलेजले निर्वाह भत्ता दिने सुस्ता झोलुङ्गे पुल जोखिममा साहित्यकार राईको ‘जार’ कथामा आधारित चलचित्र सार्वजनिक हुँदै सहकारी संस्थाबाट पीडित व्यक्तिहरूले माइतीघर मण्डलामा अर्धनग्न प्रदर्शन गरे प्रमुख प्रतिपक्ष दलद्वारा जरुरी सार्वजनिक महत्वको प्रस्तावको सूचना शिक्षकका माग तत्काल सम्बोधन नगरे ठुलो जनआन्दोलन हुने झलनाथ खनालको चेतावनी भारतमा पाकिस्तानका १६ युट्युब च्यानल प्रतिबन्धित, बीबीसीलाई औपचारिक पत्र