प्रज्वल पाैडेल/साउन १७,काठमाण्डौ । सुचना तथा संचारमन्त्री माेहन बहादुर बस्नेतले पत्रकारलाई पुरस्कार र प्रशिक्षण दिनका लागि सरकारले तयारी गरेकाे बताउनुभयो ।

"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

प्रज्वल पाैडेल/साउन १७,काठमाण्डौ । सुचना तथा संचारमन्त्री माेहन बहादुर बस्नेतले पत्रकारलाई पुरस्कार र प्रशिक्षण दिनका लागि सरकारले तयारी गरेकाे बताउनुभयो ।

"/>
८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लाेकतन्त्र संस्थागत गर्न पत्रकारकाे भुमिका महत्त्वपूर्ण: संचारमन्त्री

१७ श्रावण २०७४, मंगलवार ०८:०८


प्रज्वल पाैडेल/साउन १७,काठमाण्डौ ।

सुचना तथा संचारमन्त्री माेहन बहादुर बस्नेतले पत्रकारलाई पुरस्कार र प्रशिक्षण दिनका लागि सरकारले तयारी गरेकाे बताउनुभयो ।

नेपाल पत्रकार महासंघले मंगलबार संचारग्राममा अायाेजना गरेकाे बधाई तथा शुभकामना कार्यक्रमलाई सम्बाेधन गर्दै बस्नेतले पत्रकार महासंघ र संचारमन्त्रालय समन्वय गरेर अगाडि बढ्न अाफु तयार रहेकाे बताउनुभयाे । उहाँले भन्नुभयाे – "संचार क्षेत्रका समस्या समाधान गर्न यस सँग सम्बन्धित निकायसँग छलफल गरि अगाडि बढ्छु ।"


मुलुकलाई समृद्धिमा लैजाने अबस्थामा पत्रकार अाफै पारिश्रमिक नपाउने, पेशागत सुरक्षा अभाव जस्ता समस्या हुनु दुखद भएकाे बताउदै मन्त्री बस्नेतले यस्ता घटनाले झनै समस्या सिर्जना गर्ने धारणा राख्नुभयाे । देशमा भएको २०४६ र ०६२/६३ सालकाे अान्दाेलनमा, लाेकतन्त्रलाई संस्थागत गर्न पत्रकारले ठुलाे याेगदान पुर्याएकाे बस्नेतले स्मरण गर्नुभयाे ।

१० बर्ष अगाडि र पछाडिको संचारमा फरक रहेकाे छ, उहाँले भन्नुभयाे-' पहिलाे एसएलसि पास नगरेकाे व्यक्ति पनि पत्रकार भएकाे तर अहिले पत्रकारिता अध्ययन गरेर नै पेशा अगाल्न थालेका छन् । यद्यपि अझै सरकार, पत्रकार महासंघ , मिडिया सम्बद्घ संस्थाले पत्रकारलाई प्रशिक्षण दिनु अावश्यकता रहेकाे छ।'

उहाँले श्रमजीवी पत्रकारलाई संचारकर्मी शब्दले सम्बाेधन गर्नु उपयुक्त हुने तर्क गर्नुभयाे ।

नेपाल पत्रकार महासंघका अध्यक्ष महेन्द्र विष्टले विदेशी टेलिभिजन च्यानल नेपालमा प्रशारण गर्दा क्लिन फिडमा अाउनुपर्ने बताउनुभयाे । प्रेस स्वतन्त्रताकाे विषयमा कानुनमा स्वतन्त्र भएपनि व्यवहारमा हुन नसकेकाे बताउनुभयो ।

उहाँले पेशागत र भाैतिक रूपमा पत्रकार अझै सुरक्षित हुन नसकेको धारणा राख्नुभयाे । विज्ञापनमा एकाधिकार हुन नहुने तर्क गर्दै विष्टले लाेककल्याणकारी/सार्वजनिक विज्ञापन समानुपातिक वितरणमा जानुपर्ने बताउनुभयाे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए