2026-07-04 05:33 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ज्ञानेन्द्रविरुद्ध एमाले महासचिवको टिप्पणी: ‘अपुताली राजा’

काठमाडौँ |  सत्तारुढ नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्वराजा ज्ञानेन्द्र शाहलाई अपुतालीमा राजा भएको टिप्पणी गरेका छन्।

पूर्वराजाविरुद्ध आक्रामक रूपमा प्रस्तुत भइरहेका एमाले महासचिव पोखरेलले ज्ञानेन्द्रले अधिराजकुमार हुँदाका बेला पनि राष्ट्र र जनतालाई गम्भीर हानि पुग्ने आपराधिक काम गरेको आरोप पनि लगाएका छन्।

यो कुरा पूर्वपञ्चहरूले नै त्यसबेला सार्वजनिक गरेका तथ्यमा पढ्न पाइने दाबी उनले गरेका छन्।

‘पूर्वराजा ज्ञानेन्द्र अधिराजकुमार हुँदाका समयमा राष्ट्र र जनतालाई गम्भीर हानि पुग्ने आपराधिक काम गरेको विषयलाई पूर्वपञ्चहरूले नै सोही समयमा सार्वजनिक गरेका तथ्यहरू पढ्न पाइन्छ। अहिले आएर स्वार्थको रोटी सेक्नका लागि पूर्वपञ्चहरूले उनको गुनगान गाउनु बेग्लै कुरा हो’, महासचिव पोखरेलले बिहीबार सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘तर आम जनताले त उनी अपुतालीमा राजा हुँदासमेत असहज मानेकै हुन्।’

२०५८ जेठ १९ गते राति नारायणहिटी दरबारभित्रै राजा वीरेन्द्रको वंश नास गरिएपछि उनका भाइ ज्ञानेन्द्र दोस्रोपटक राजा बनेका थिए।

यसअघि पनि ज्ञानेन्द्र ४ वर्षकै उमेरमा २००७ सालमा तत्कालीन राजा त्रिभुवन राणा शासन अन्त्यका लागि भारत निर्वासन भएपछि माइला नातिका रूपमा राजा बनेका थिए। तर सात सालको क्रान्तिले राणा शासन अन्त्य भई हजुरबुवा त्रिभुवन स्वदेश फर्केपछि राजगद्दीबाट हट्नुपरेको थियो।

केही समययता फेरि पूर्वराजा ज्ञानेन्द्र फेरि राजा बन्न सक्रिय हुन थालेपछि गणतन्त्रवादी दल ता नेताहरूले उनीविरुद्ध आक्रोश पोखिरहेका छन्।

राप्रपालगायत राजावादी दल तथा समूहले राजसंस्था पुन:स्थापनाका लागि भनेर आन्दोलन नै घोषणा गरिसकेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै पेट्रोलपम्प बन्द गर्नेविरुद्ध सरकारको कडा कदम, १० लाख जरिवाना, १५ दिन बिक्री-वितरण रोक्का शुक्रबार सुनचाँदीको मूल्य बढ्यो नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो