२०८२, २८ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्री हिन्दु गणतन्त्रको पक्षमा हुनुहुन्छ: सांसद किराँती 

२०८१, १४ चैत्र बिहीबार १६:०२

काठमाडौँ | नेकपा (माओवादी केन्द्र) का सांसद सुदन किराँतीले प्रधानमन्त्री केपी शर्मा ओली हिन्दु गणतन्त्रको पक्षमा रहेको आरोप लगाएका छन्।

संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। उनले प्रधानमन्त्री ओलीले विगतमा पनि गणतन्त्रको आन्दोलन चलिराख्दा गणतन्त्र नेपालमा सम्भव छैन भनेको र संघीय लोकतान्त्रिक गणतन्त्रलाई संविधानमा लिपिवद्ध गर्दा पनि हावाहुरीको कारणले हो, सम्भव छैन भनेको उल्लेख गर्दै विगतको पृष्ठभूमि र अहिलेको गतिविधि जोड्दा त्यही कुरा प्रमाणित हुने दाबी गरे।

उनले राजतन्त्रवादीहरु नविन सम्झौता गरौँ भनिरहेको, नेपाली कांग्रेस संविधान संशोधनमा हिन्दु गणतन्त्र भनेर लेख्नुपर्ने कुरा अगाडि बढाइरहेको भन्दै यसले अराजकता निम्त्याइरहेको बताए।

उनले भने, ‘प्रधानमन्त्री हिन्दु गणतन्त्रको पक्षमा जानको निम्ति बल गरिरहनुभएको छ । हिजो पनि उहाँले गणतन्त्रको आन्दोलन चलिराख्दा गणतन्त्र नेपालमा सम्भव छैन भन्नुभएको हो । पछि संघीय लोकतान्त्रिक गणतन्त्रलाई संविधानमा लिपिवद्ध गर्दा पनि हावाहुरीको कारणले हो, यो सम्भव थिएन भन्नुभएको थियो । हिजोको पृष्ठभूमि र आजको गतिविधि जोड्दा त्यही कुरा प्रमाणित हुन्छ । राजतन्त्रवादीहरु नविन सम्झौता गरौँ भनिरहेको छ, नेपाली काँग्रेस संविधान संशोधनको नाममा गरिएको नौटंकी अर्थात प्रतिवेदनमा हिन्दु गणतन्त्र भनेर लेखिएको छ । प्रधानमन्त्रीको यस्तो निम्छरो अभिव्यक्तिले यही अराजकतालाई मलबीउ लगाइरहेको छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सोविता गौतमको चुनाव खर्च विवरण सार्वजनिक काठमाडौँमा खाना पकाउने ग्यास अभाव निर्वाचनमा हारपछि परिणाम स्वीकार्दै जनताको सेवामा निरन्तर रहने ओलीको प्रतिबद्धता सुन चाँदीको मूल्य घट्यो यूएईमा इरानको आक्रमणमा परेर हालसम्म १५ नेपाली घाइते वैदेशिक रोजगारीका लागि ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सुर्खेतमा १६ वर्षीया बालिकाको मृत्यु प्रकरण : छानबिनको माग गर्दै पीडित परिवार आन्दोलित घाइते भएको हल्लाबीच इरानका सर्वोच्च नेता खामेनी सुरक्षित रहेको दाबी समानुपातिकतर्फको मतगणना सम्पन्न वायु प्रदूषणबाट सावधानी अपनाउन नेपाल प्रहरीको आग्रह रवि लामिछानेविरुद्धका मुद्दा फिर्ता विवादलाई पूर्ण इजलासमा पठाउन आदेश समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा, रास्वपाको ५१ लाख ३९ हजार २३५ मत प्राप्त सुनको मूल्य बढ्यो, चाँदीको मूल्य स्थिर अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ