१२ बैशाख २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कुलमान र हितेन्द्रले एक अर्काविरुद्ध हालेको मुद्दाको पेसी एउटै इजलासमा

१५ चैत्र २०८१, शुक्रबार ११:४७

काठमाडौँ | नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशकबाट कुलमान घिसिङलाई हटाएर हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको तथा ४ वर्ष अगाडि हितेन्द्रलाई हटाएर कुलनमानलाई नियुक्ति विरुद्धको पेसी एउटै इजलालमा परेको छ ।

सर्वोच्च अदालतका न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासमा मुद्दाको पेसी परेको छ । मुसलमानको इजलासको दुई नम्बरमा कुलमानको र ५ नम्बरमा हितेन्द्रदेवले मुद्दा टुंगाइदिने माग गरेर दायर गरेको रिटको पेशी आजलाई परेको छ ।

सरकारले गत सोमबार कुलमानलाई बर्खास्त गरेर हितेन्द्रदेवलाई नियुक्त गरेको थियो । मंगलबार हितेन्द्रले पदवहाली गरेका र कुलमानले बर्खास्तीको पत्र पाएपछि बुधबार कुलमान सर्वोच्च अदालत गएका थिए ।

सरकारले ४ वर्ष अगाडिको कुलमानलाई नियुक्त गरेर आफूलाई हटाएको मुद्दा टुंगो नलाग्दै सरकारले आफूलाई पुनः विद्युत प्राधिकरणको प्रवन्ध निर्देशकको जिम्मेवारी दिएकोले शाक्यले पुरानो मुद्दा टुंगाइदिन भन्दै विहीबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

कुलमान भर्सेस हितेन्द्रको मुद्दा एउटै न्यायाधीशको इजलासमा परेकोले लगाउनको मुद्दा लागेर कुलमानको मुद्दा लम्बिनसक्ने पनि हुनसक्छ । कुलमानले सरकारले आफूलाई हटाउने गरी गरेको निर्णय कार्यान्वयन नगर्न र पुनबहाली पाउँ भन्दै अन्तरिम आदेश माग गरेका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केन्यामा महिलामाथि बढ्दो हिंसा : न्याय प्रणालीमाथि प्रश्न उठ्दै काश्मीर आक्रमणपछि भारत र पाकिस्तानलाई ‘अधिकतम संयम’ अपनाउन आग्रह प्रतिनिधिसभा बैठक सुरुः वैकल्पिक विकास वित्त परिचालन विधेयक पेस हुँदै भुजी र दरमखोला पुल निर्माणमा लापरबाही ‘दर्शकको गोपनीयताप्रति सजग हुनुपर्छ’ लुम्बिनीमा एक महिनामा ४०२ दुर्घटना, ३६ जनाको मृत्यु धनगढी–खुटिया सडकखण्डमा दुई वटा पक्की पुल निर्माण गरिँदै सिकलसेल एनिमिया र थालसेमियामा प्रयोग हुने खोप हस्तान्तरण लोकतन्त्रको ऐना हो संसद् सिन्धुपाल्चोकको फुल्पिङ्कोट केन्द्रबिन्दु भएर भूकम्प सगरमाथा संवादमा सहभागी विश्वव्यापी नेतृत्वलाई आग्रह नेपाल लोकतान्त्रिक यातायात व्यवसायी सङ्घको अध्यक्षमा कर्माचार्य प्रधानमन्त्रीसँग एनआरएनए अष्ट्रेलियाका अध्यक्ष पोख्रेलको भेटघाट मुस्ताङ भ्रमण गर्ने विदेशी पर्यटक ५० प्रतिशतले बढे बारपाकीले बिर्सन नसकेका भूकम्प पूर्वप्रमुख सूचना आयुक्त गुरुङको संयोजकत्वमा सूचना आयुक्त समाज गठन प्रकृतिलाई बिगारेर आफैँ जोखिम ननिम्त्याऔँ : गृहमन्त्री लेखक मोटरसाइकलको ठक्करबाट एकको मृत्यु चालु आवमा सप्तरीमा १३ वटा पुल निर्माण सुनको मूल्य घट्यो