पर्वत, १८ साउन । Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत, १८ साउन ।
८ माघ २०८२, बुधबार
पर्बत - PBT

डेढ वर्षपछि काँग्रेस पर्वतले ग¥यो जिल्ला कार्यसमिति विस्तार

१८ श्रावण २०७४, बुधबार १०:५३

पर्वत, १८ साउन । १३ औ महाधिवेशन भएको डेढ वर्षपछि नेपाली काँग्रेस जिल्ला कार्यसमिति पर्वतका सभापति खिमप्रसाद भुसालले पार्टीको विधान तथा नियमावलीको अधिनमा रही बुधवार जिल्ला कार्यसमिति विस्तार गर्नुभएको छ ।
सभापति भुसालले मनोनित गरेका कार्यसमिति सदस्यहरुमा क्रमशः खगेन्द्रप्रसाद तिवारी, कुलप्रसाद उपाध्याय, डा. चूडामणि शर्मा र मानबहादुर भुषाल हुनुहुन्छ । तीमध्य खगेन्द्रप्रसाद तिवारी १३ औं जिल्ला अधिबेशनमा सभापति भुसालसँगै चुनाव लडेका व्यक्ति हुनुहुन्छभने कुलप्रसाद उपाध्याय पार्टीका पूर्व सचिव तथा नेपाल शिक्षक संघ पर्वतका पूर्व अध्यक्ष हुनुहुन्छ । त्यसरीनै डा. चूडामणि शर्मा पनि नेपाल शिक्षक संघ पर्वतका पूर्व अध्यक्ष र मानबहादुर भुसाल पार्टीका पूर्व जिल्ला सदस्य हुनुहुन्छ ।
सभापति भुसालले पर्वत क्षेत्र नं १ बाट ६ जना र पर्वत क्षेत्र नं २ बाट ७ जना व्यक्तिहरुलाई आमन्त्रित सदस्यमा मनोनित गर्नुभएको छ । जसमा क्षेत्र नं १ बाट रामचन्द्र जोशी, विद्वान गुरुङ, युवराज जोशी, सोम पुन, हेमराज सापकोटा र कमला शर्मा हुनुहुन्छ भने क्षेत्र नं २ बाट डम्बरकुमार प्रधान, एकनारायाण न्यौपाने, डिल्लीराम उपाध्याय, जीतबहादुर नेपाली, देवीप्रसाद विलासी, हरि न्यौपाने र मिना बस्याल हुनुहुन्छ ।
त्यसैगरि सभापति भुसालले बुधवारनै १८ सदस्यीय सल्लाहकार समिति समेत चयन गर्नुभएको छ । जसमा लालकाजी गुरुङ, नबराज गुरुङ, ऋषिकेश तिवारी, लोकनाथ आचार्य, रामशर्मा पौडेल, बसन्तबहादुर सिके, डा. कुशुमाकर न्यौपाने, गिरीराज गौतम, कृष्ण गौंडेल, ललितकला गुरुङ, बलभद्र शर्मा, गंगाराज शर्मा, काशीकुमार जोशी, तिलकबहादुर कुँवर, सोमलाल आचार्य, धनबहादुर राना, ताराप्रसाद भट्टराई र भगवती शर्मा हुनुहुन्छ ।
पर्वतका दुईवटा निर्वाचन क्षेत्रबाट अझै चारजना सदस्यहरु जिल्ला कार्यसमितिमा मनोनित गर्न बाँकी रहेको जिल्ला सचिव युक्तप्रसाद श्रेष्ठले जानाकारी दिनुभयो । बाँकी रहेका जिल्ला सदस्यहरु समेत निकट भविस्यमै मनोनित गरिने र आवश्यकता अनुसार विभिन्न विभागहरु पनि गठन गरिने पार्टी सचिव श्रेष्ठले वताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए