Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, १९ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकारको गतिमा सबैको चित्त बुझेको छैन, गियर बदल्नुपर्‍यो : सांसद खतिवडा

२०८१, १९ चैत्र मंगलवार १५:५२
काठमाडौँ | कांग्रेस सांसद रामहरि खतिवडाले सरकारले सबैको चित्त बुझाउन नसकेको भन्दै अब गियर बढाउनुपर्ने सुझाव दिएका छन् ।

मंगलबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद खतिवडाले सधैँ निराशा र कुण्ठित अभिव्यक्ति दिएर मात्र मुलुक नबन्ने र आशाका किरणहरू दिन आवश्यक रहेको बताए ।

उनले संसद्को हिउँदे अधिवेशन कानुन निर्माणका हिसाबले केही हदसम्म सफल रहेको बताए । साथै, संसद् अवरोध गरेर बन्धक बनाउने परिपाटी केही हदसम्म कम भएकोमा सकारात्मक प्रतिक्रिया दिए।

सांसद खतिवडाले भने, ‘सधैँ निराशा र कुण्ठित अभिव्यक्तिले मात्र मुलुक बन्दैन। सरकारले आशाका किरणहरू दिन सफल हुनुपर्छ। अहिले सरकार जुन गतिमा अघि बढिरहेको छ, त्यसले सबैको चित्त बुझेको छैन। अब गियर परिवर्तन गर्नुपर्छ। जुन गियरमा छ, त्योभन्दा माथि जानुपर्छ। म स्वयं हिन्दु धर्म मान्ने व्यक्ति हुँ, तर नेपाल सबैलाई अटाउने र समेट्ने राज्य हुनुपर्छ। म त्यसै पक्षमा छु।’

उनले हालै राजावादी समूहहरू सक्रिय भएको उल्लेख गर्दै कोही आवेगमा आएर अगाडि बढ्दैमा सबैले त्यसैअनुसार चल्न नहुने धारणा राखे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै