Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, १९ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

रास्वपाको चितवनमा हुने ‘जनयात्रा उद्घाटन’ नरोकिने, नेताहरु चितवन जाँदै

२०८१, २३ चैत्र शनिबार ००:५६

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज शनिबार चितवनमा हुने भनेको ‘जनयात्रा उद्घाटन’ कार्यक्रम यथावत हुने जानकारी दिएको छ । शुक्रबार बेलुका सभापति रवि लामिछाने पक्राउ परेपछि बसेको रास्वपा नेताहरुको आकस्मिक बैठकले जनयात्रा कार्यक्रम यथावत गर्ने तय गरेको हो ।

सभापति लामिछानेले पक्राउ पर्नु अघि ‘जनयात्रा उद्घाटन’ कार्यक्रममा आफूले धेरै कुरा भन्ने उद्घोष गरेका गरेका थिए । उनले सरकार ढल्नुको कारणबारे धेरै कुरा बोल्ने बताएका थिए । “चितवनले मेरो लागि धेरै सह्यो, अब म त्यहाँ गएर सत्य सुनाउनेछु। मैले हिरासतमा बिताएका ८४ दिनको अनुभव र सरकारको नियत पनि खुलस्त पार्नेछु।” उनले भनेका थिए।

उनको पक्राउपछि कार्यक्रमको नेतृत्व उपसभापति डोल प्रसाद अर्यालले गर्नेछन् । कार्यक्रममा उपसभापति अर्याल सहित केन्द्रिय सदस्य लगायतले सम्बोधन गर्ने तय भएको छ ।

यसै सम्बन्धमा जिल्ला पार्टी चितवनले समेत जनयात्रा कार्यक्रम यथावत् रहने भन्दै सबैको सक्रिय उपस्थितिको लागि आव्हान गरेको छ । भरतपुर– १० को गेष्ट हाउस चौरमा शनिबार दिउँसो २ बजे जनयात्रा उद्घाटनको कार्यक्रम हुने तय भएको सूचित गर्दै नेता तथा शुभचिन्तकसबैलाई सर्कुलेसननै जारी गरिएको छ ।

रास्वपाको जनयात्रा के हुन्छ भन्दै अन्यौलमा बसेकाहरुलाई नेताहरुले कार्यक्रम स्थगित नहुने सर्कुलेसन गरेपछि त्यसैको लागि भन्दै मध्यरातिनै धेरै नेताहरु चितवन जाँदै रहेको जानकारी प्राप्त भएको छ । शनिबारको कार्यक्रमको लागि सबै तयारी पुरा भईसकेको अवस्थामा सभापति पक्राउ परेपनि कार्यक्रम यथावत रहने बताइएको छ ।

यस अघि मोटरसाइकल र्यालीको समेत कार्यक्रम तय भएकोमा शनिबारको कार्यक्रममा मोटरसाइकल र्याली भने नहुने भएको छ । यस बाहेक अन्य कार्यक्रम यथावत रहने जानकारी गराइएको छ । शनिबारको कार्यक्रम भव्य बनाउन रास्वपाले यसअघिनै आव्हान गरिसकेको छ ।

रास्वपा नेता बिराज भक्त श्रेष्ठले सामाजिक सञ्जालमार्फत यो अभियान भ्रष्टाचार, कुशासन र अन्यायविरुद्ध गाउँ–गाउँ र बस्ती–बस्तीमा पुग्ने उद्देश्यले सुरु गर्न लागिएको बताएका छन्। रास्वपाको केन्द्रीय समितिले गत चैत १८ गते ‘जनयात्रा’ लाई अनुमोदन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै