८ बैशाख २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

आजदेखि रास्वपाको जनयात्रा सुरु

२३ चैत्र २०८१, शनिबार २३:३३

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि दुईमहिने ‘जनयात्रा’ कार्यक्रम सुरु गरेको छ । आज चितवनमा आयोजित कार्यक्रममा रास्वपा उपसभापति स्वर्णीम वाग्लेले जनयात्रा शुभारम्भ गर्नुभएको हो ।

उपसभापति वाग्लेले जनभावना बुझ्नका लागि सुरु गएिको कार्यक्रममा देशका ७७ जिल्लामा सञ्चालन हुने बताउनुभयो । यस अभियानबाट आफूहरूले जनताले व्यवस्था परिवर्तन चाहेका हुन वा अवस्था भने बुझ्ने बताउनुभयो । जनताले व्यवस्था नभई अवस्था परिवर्तन चाहेको आफूहरूको बुझाइ रहेको भन्दै उपसभापति वाग्लले पुराना दलहरूले अहिलेको व्यवस्थामा पनि जनताको अवस्था परिवर्तन गर्न नसकेको आरोप लगाउनुभयो ।

पार्टीका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले जनताको अवस्था र चाहना बुझ्न तय गरिएको कार्यक्रम सभापति रवि लामिछाने पक्राउ पर्दा नरोकिने बताउनुभयो । चितवन क्षेत्र नं १ का सांसद हरि ढकाल, केन्द्रीय सदस्यहरू राजन गौतम, ध्रुव गिरी, सविना विकलगायतले सम्बोधन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चीनको स्मार्ट ब्याट्री विकासः अब विद्युतीय गाडी बढी दिगो र भरपर्दो हुने पहिलो १०० दिनमा ट्रम्प : युक्रेनलाई एक्ल्याउने र रुसलाई प्रोत्साहित गर्ने पत्रकारिता ऐनाजस्तै सत्यतथ्य देखाउने माध्यम हो: पूर्वराष्ट्रपति डा यादव शिक्षकहरूले आन्दोलन चर्काउँदै लगेपछि शिक्षामन्त्री भट्टराईले राजीनामा दिइन् सप्तकोसी नदीमा नुहाउने क्रममा डुबेर दुईजना बेपत्ता नेवाः राष्ट्रिय मुक्ति मोर्चाको अध्यक्षमा स्थापित कालीकोटमा ट्र्याक्टर दुर्घटना : चालकसहित चार जनाको मृत्यु उद्योगमा कोभिडको असर कायमै मादी नदी लिफ्ट खानेपानी योजना अधुरै गण्डकी प्रदेश : दुई विधेयक प्रमाणीकरण भालुको आक्रमणबाट महिला घाइते मुख्यमन्त्री कँडेलद्वारा निर्माण व्यवसायीसँग छलफल अविलम्ब वार्तामा बसेर विद्यालयमा फर्कन शिक्षकहरूलाई प्रधानमन्त्रीको आग्रह शिक्षकले उठाएका माग समाधानमा सरकार गम्भीर छ : ऊर्जामन्त्री खड्का रूपन्देहीको दानव नदीमा डुबेर तीन बालक बेपत्ता यथाशीघ्र सङ्घीय निजामती ऐन ल्याउन माग नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट दुर्गा प्रसाईंको खातामा शंकास्पद कारोबार, सीआईबीले थाल्यो अनुसन्धान प्रधानमन्त्रीले शिक्षकलाई वार्तामार्फत सहमति गरेर आन्दोलन समाप्त गर्न अनुरोध गरे रूपन्देहीको दानव नदीमा तीन बालक बेपत्ता