2026-07-01 12:40 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन: उद्घाटन भृकुटीमण्डप, बन्दसत्र कीर्तिपुरमा

2017-08-04

साउन २०, काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट रहेको अनेरास्ववियु (क्रान्तिकारी) २१ औँ राष्ट्रिय सम्मेलनको तयारीमा जुटेको छ । 

आउँदो भदौ ७ देखि ११ गतेसम्म नयाँ नेतृत्वका लागि सम्मेलन गर्न थालिएको क्रान्तिकारीका अध्यक्ष नरेन्द्र न्यौपानेले जानकारी दिनुभयो । उद्घाटन भृकुटीमण्डप र बन्दसत्र त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरमा हुनेछ । 

क्रान्तिकारीका अध्यक्ष न्यौपानेले यसपटकको सम्मेलनमा शैक्षिक मुद्दाका साथै यस राष्ट्रिय मुद्दालाई प्रमुखताका साथ उठाउने बताउनुभयो । उहाँले समाजवाद शिक्षा प्रणालीका बारेमा प्रमुख मुद्दा हुने बताउनुभयो । 

“संविधानले नै मुलुक अब समाजवादतर्फ उन्मुख हुने कुरा गरेको छ”– उहाँले भन्नुभयो, “त्यहीअनुसार अब हामी सम्मेलनबाट समाजवादी शिक्षा प्रणालीका बारेमा कुरा उठाउछौँ ।” सम्मेलनले २५ पदाधिकारीसहित १९९ जना केन्द्रीय कमिटी चयन गर्नेछ । 

एक अध्यक्ष, सात उपाध्यक्ष (तीन खुला र महिला, जनजाति, मधेशी तथा मनोनित गरी एक/एक जना) एक महासचिव, तीन उपमहासचिव (दुई खुला र एक महिला) १३ सचिव (सात प्रदेशका दुईजना महिला र एक/एक जना दलित, जनजाति, मधेशी र विश्वविद्यालयका) र एक कोषाध्यक्ष हुनेछन् । निर्वाचनका माध्यमबाट नेतृत्व चयन गरिने क्रान्तिकारीका प्रवक्ता सुरेन्द्र बस्नेतले बताउनुभयो । 

उहाँले सहमतिको प्रयास गरिने र सम्भव नभए निर्वाचनका माध्यमबाट नेतृत्व चयन गरिने बताउनुभयो । उहाँका अनुसार पदाधिकारी हलबाट र केन्द्रीय सदस्य प्रदेशअनुसार निर्वाचित हुनेछन् । खुला केन्द्रीय सदस्यको प्रावधान राखिएको छैन । 

सम्मेलनमा दुई हजार ७६ प्रतिनिधिको सहभागिता रहनेछ । विभिन्न विद्यार्थी संगठनसँगको एकतापछि अहिले क्रान्तिकारीको ९९९ सदस्यीय अति ठूलो सम्मेलन आयोजक कमिटी रहेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा साउदी अरबमा सजाय भोगिरहेका ३३ नेपालीले पाए आममाफी विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण मुद्दामा थप कागजात मगाउन आदेश सरकारी सेवा घरदैलोमै पुर्‍याउने अभियान प्रभावकारी बन्दैछ: सञ्चारमन्त्री तिमिल्सिना हामी समूहगत र संस्थागत एकता गर्दैनौँ: केपी शर्मा ओली प्रहरी हौं भनेर लुटपाट गरेको आरोपमा चार जना पक्राउ पहिरोले कान्ति लोकपथ अवरुद्ध विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ काराेबार ? विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ