८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

अन्तरघातीलाई कारबाही गर्ने ओखलढुंगा कांग्रेसको निर्णय

२२ श्रावण २०७४, आईतवार ०३:०७

साउन २२, ओखलढुंगा । नेपाली कांग्रेस ओखलढुंगाले सम्पन्न स्थानीय तहको निर्वाचनमा अन्तरघात गर्ने कार्यकर्तालाई कारबाही गर्ने निर्णय गरेको छ । निर्वाचनको समिक्षा गर्न र भावि योजना तय गर्न बसेको जिल्ला कार्यसमितिको बैठकले अन्तरघातीलाई कारबाही गर्ने निर्णय गरेको हो ।   

सम्पन्न स्थानीय तहको निर्वाचनमा पार्टीका आधिकारीक उमेद्वारका विरुद्ध बागी उमेद्वारी दिने र असहयोग गर्ने नेता,कार्यकर्ता पहिचान गरेर कारबाही गर्ने निर्णय भएको कांग्रेस जिल्ला सचिव रुद्रप्रसाद अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार कारबाहीका लागि सिफारीस गर्न उपसभापति तेजेन्द्र खनालको संयोजकत्वमा समिति समेत गठन गरिएको छ । उक्त समितिले अन्तरघाती पहिचान गरेर कारबाहीका लागि सिफारीस गर्ने जिम्मेवारी पाएको छ ।

सदरमुकाममा तीन दिन सम्म चलेको कांग्रेस जिल्ला कार्यसमितिको बैठकमा बोल्ने करिब ५० जना नेताले कतिपय स्थानमा पार्टी पराजित हुनुको पहिलो कारण अन्तरघात भएको धारणा राखेपछि त्यस्ता व्यक्ति पहिचान गरेर कारबाही गर्नुपर्ने आवाज उठेको थियो । कांग्रेसले जिल्लाका ८ मध्ये ४ स्थानीय तहमा प्रमुख उपप्रमुख सहित बहुमत ल्याएको छ भने एक तहमा उपप्रमुख सहित बहुमत सिट जितेको छ । बहुमत भएकाले जिल्ला समन्वय समिति समेत कांग्रेसको एकलौटी हुने निश्चित छ । 

प्रदेश नंबर १ को एक मात्रै कांग्रेसले बहुमत ल्याएको जिल्ला ओखलढुंगा हो । बहुमत प्राप्त गरेको अवस्थामा पनि कार्यकर्तालाई कारबाही गर्ने विषयलाई केही कांग्रेसकै नेताहरु असान्दर्भीक भनेका छन् । भने केही नेताहरुले अन्तरघात नभएको भए जिल्लाका सबै स्थानमा जित्ने निश्चित हुँदा हुँदै पनि पार्टीले चुनाव हारेकाले अन्तरघात समाप्त पार्न कारबाही गर्ने निर्णय गरिएको प्रतिक्रिया दिएका छन् । 

कांग्रेसले यस अघि अनुशासनको कारबाही गर्ने निर्णय कार्यान्वयन गर्न नसकेको अवस्थामा यो विषयमा पार्टीले कस्तो कदम चाल्छ भन्ने चासो समेत आम कार्यकर्तामा बढेको एक नेताले बताए ।

यसैविच कांग्रेस ओखलढुंगाले स्थानीय तहका प्रमुख उमेद्वारलाई आफ्नो क्षेत्र भित्र पार्टीको नेतृत्व गर्नेगरी निर्णय गरेको छ । यो निर्णय सँगै अर्को व्यवस्था नहुँदा सम्मका लागि स्थानीय तहको निर्वाचनका उमेद््वारहरुले नै आफ्नो क्षेत्रमा पार्टीको प्रतिनिधित्व गर्ने भएका छन् । 

 बैठकले जिल्ला समन्वय समितिकोउमेद्वार छनौटका लागि जिल्ला कार्यसमितिको संयन्त्रलाई जिम्मा दिने निर्णय समेत गरेको छ । कांग्रेस ओखलढुंगाले निर्वाचित पदाधिकारीलाई बधाई तथा शुभकामना दिँदै मतदाता र सहयोगिलाई धन्यवाद दिएको छ । 

भने दुई वटा शोक प्रस्ताव पारित गरेको छ । जिल्ला सचिव रुद्रप्रसाद अधिकारीका पिता पिताम्बर अधिकारीको निधन र निर्वाचनका समयमा ज्यान गुमाएका पार्टीका क्षेत्रिय सचिव कमल सुनुवारको निधन प्रति गहिरो दुख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरिएको नेपाली कांग्रेस ओखलढुंगाले जनाएको छ ।

यसअघि जिल्लामा नेपाल एमाले ओखलढुंगाले पनि निर्वाचनमा असहयोग गर्ने कार्यकर्तालाई कारबाही गर्ने निर्णय गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता