साउन २२, काठमाण्डौ । रोयल ए–वान इन्भेष्टमेन्ट प्रालिद्धारा सञ्चालित रोयल ए–वान फास्टफुड ग्रुपको चाैथाे वार्षिक साधारण सभा तथा दोस्रो अधिबेशन सम्पन्न भएकाे छ । <"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन २२, काठमाण्डौ । रोयल ए–वान इन्भेष्टमेन्ट प्रालिद्धारा सञ्चालित रोयल ए–वान फास्टफुड ग्रुपको चाैथाे वार्षिक साधारण सभा तथा दोस्रो अधिबेशन सम्पन्न भएकाे छ । <"/>

2026-07-01 04:09 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रोयल एवान फास्ट फुड ग्रुपकाे दोश्रो अधिवेशनबाट नयाँ नेतृत्व चयन

2017-08-06



साउन २२, काठमाण्डौ ।
रोयल ए–वान इन्भेष्टमेन्ट प्रालिद्धारा सञ्चालित रोयल ए–वान फास्टफुड ग्रुपको चाैथाे वार्षिक साधारण सभा तथा दोस्रो अधिबेशन सम्पन्न भएकाे छ ।

शनिबार भौतिक पुर्वाधार तथा यातायात मन्त्री वीरबहादुर वलाएरकाे प्रमुख आतिथ्यतामा चावहिल स्थित ए वान क्याफे एन्ड पार्टीप्यालेसमा सम्पन्न भएकाे हाे ।
दोश्रो अधिबेशनले हरिबहादुर श्रेठ (नवीन)काे नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेकाे छ ।

नवगठित कार्यसमितिको उपाध्यक्ष रामकुमार श्रेष्ठ (दिनेश ), सचीव राकेश श्रेष्ठ, सहसचिव हिमाल श्रेष्ठ कोषाध्यक्ष भिम बहादुर श्रेष्ठ चयन हुनुभएकाे छ ।
त्यसैगरी सदस्यहरुमा राजकुमार श्रेष्ठ, पदम कुमार श्रेष्ठ, नारायण श्रेष्ठ, मिलन काजी राई, देबेन्द्र कुमार श्रेष्ठ ,शेर ब श्रेष्ठ, टीकाराम श्रेष्ठ, टाकादाश श्रेष्ठ, युबराज श्रेष्ठ,भक्त केसी रहेको सचिव राकेश श्रेष्ठले जानकारी दिनुभयाे ।


कार्यक्रममा कार्यक्रममा रोयल ए–वान फास्टफुड ग्रुपले मन्त्री बलाएरलाई सम्मान गर्नुका साथै सफल कार्यकालकाे शुभकामना दिएकाे छ । त्यसैगरी फास्टफुट ग्रुपमा अावद्ध विभिन्न व्यक्ति तथा संस्था र स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई सम्मान समेत गरेकाे छ ।

कार्यक्रममा खाडादेवी गाउँपालिकाकि उपाध्यक्ष मखमलि श्रेष्ठले महिलाहरू उद्यमशिलतामा लागेर अार्थिक रूपमा सक्षम बन्न सक्ने धारणा राख्नुभयाे ।


उहाँले फास्टफुड ग्रुपमा महिलाहरूकाे पनि महत्त्वपूर्ण याेगदान रहेकाे स्पष्ट पार्नुभयाे । श्रेष्ठले महिला समुहहरू स्थापना गरेर उनीहरूकाे सीप विकासमा अगाडि बढ्नुपर्ने अावश्यकता रहेकाे स्पष्ट पार्नुभयाे ।

कार्यक्रममा अन्य वक्ताहरूले दुर्गम जिल्ला रामेछापबाट काठमाण्डौं अाएर बसेका व्यक्तिहरूकाे लगानीबाट स्थापना भएकाे व्यवसायले राेजगारकाे अवसर सिर्जना हुनुकाे साथै मुलुककाे अार्थिक विकासमा टेवा पुग्न मद्दत पुगेको बताए ।

उनीहरूले अापसि मेलमिलापले मात्रै संस्थालाई अगाडि बढाउन सकिने बताएका छन् ।

हाल ग्रुपले राजधानीका विभिन्न क्षेत्रमा हाेटल व्यवसाय सञ्चालन गर्दै अाएकाले अब देशका अन्य भु भागमा समेत व्यवसायलाई विस्तार गर्ने याेजना रहेकाे सचीव श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा साउदी अरबमा सजाय भोगिरहेका ३३ नेपालीले पाए आममाफी विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण मुद्दामा थप कागजात मगाउन आदेश सरकारी सेवा घरदैलोमै पुर्‍याउने अभियान प्रभावकारी बन्दैछ: सञ्चारमन्त्री तिमिल्सिना हामी समूहगत र संस्थागत एकता गर्दैनौँ: केपी शर्मा ओली प्रहरी हौं भनेर लुटपाट गरेको आरोपमा चार जना पक्राउ पहिरोले कान्ति लोकपथ अवरुद्ध विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ काराेबार ? विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ