साउन २४, काठमाडौँ । आगामी असोज २ गते प्रदेश नं २ मा हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचनका लागि नेपाली काँग्रेसले तयारी तीव्र बनाएको छ । 

तेस्रो चर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २४, काठमाडौँ । आगामी असोज २ गते प्रदेश नं २ मा हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचनका लागि नेपाली काँग्रेसले तयारी तीव्र बनाएको छ । 

तेस्रो चर"/>

८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काँग्रेसद्वारा स्थानीय निर्वाचनको तीव्र तयारी

२४ श्रावण २०७४, मंगलवार ०८:१०

साउन २४, काठमाडौँ । आगामी असोज २ गते प्रदेश नं २ मा हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचनका लागि नेपाली काँग्रेसले तयारी तीव्र बनाएको छ । 

तेस्रो चरणको निर्वाचनमा पहिलो स्थानमा आउने रणनीतिका साथ काँग्रेसले विभिन्न तयारीस्वरुप आज सो विषयमा पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा छलफल गरेको छ । यसअघि दुई चरणमा सम्पन्न स्थानीय तहका निर्वाचनमा पार्टी दोस्रो स्थानमा झरेपछि काँग्रेसले त्यसको क्षतिपूर्ति प्रदेश नं २ बाट गर्ने योजना बनाएको पार्टी कार्यालयले जनाएको छ । 

आज बिहानदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा शुरु भएको कार्यसम्पादन बैठकको छलफल आगामी निर्वाचनमा पार्टीको पक्षमा परिणाम ल्याउन केन्द्रित रहेको नेता डा नारायण खड्काले जानकारी दिनुभयो । काँग्रेसले विगत निर्वाचनमा भएका कमजोरी सच्याएर समयमै पार्टीका आधिकारिक उम्मेदवार तय गर्ने, प्रभावकारी प्रचारप्रसार कार्यक्रम गर्ने, पार्टीभित्रका असन्तुष्टिलाई समयमै व्यवस्थापन गर्नेलगायत तयारी भइरहेको जनाएको छ । 

संविधान संशोधन प्रस्तावलाई अघि बढाउन पहल गर्ने, सम्बोधन भइसकेका मधेशका अन्य कतिपय मागका बारेमा जनतालाई जानकारी गराउने र निर्वाचनमा पार्टीका सबै संयन्त्र प्रभावकारी रुपमा परिचालन गर्ने बारेमा समेत बैठकमा छलफल भएको नेता डा खड्काले बताउनुभयो । 

काँग्रेसले यसअघि तेस्रो चरणको स्थानीय तहको निर्वाचनका सन्दर्भमा यही साउन ५ र ६ गते प्रदेश नं २ का काँग्रेसका केन्द्रीय सदस्य, जिल्ला सभापति, जिल्ला सभापतिका निकटतम प्रतिस्पर्धी, सांसद, पूर्वकेन्द्रीय सदस्य, पूर्वमन्त्री, पूर्व सांसद, क्षेत्रीय सभापतिलगायत नेताको काठमाडौँमा भेला गरेको थियो । 

भेलाले निकालेको निष्कर्षलाई साउन ९ गतेको पार्टीको केन्द्रीय समिति बैठकले सकारात्मक रुपमा ग्रहण गर्ने निर्णय गरेको थियो । पार्टीले निर्वाचनका तयारीका लागि हालै प्रदेश नं २ मा समेत बृहत् भेला गरिसकेको छ । 

काँग्रेसले सदैव समृद्ध मधेश र अधिकारसम्पन्न मधेशी जनताका पक्षमा रही काम गर्दै आएको र तराई–मधेशका सबै भावनासँग आत्मसात् गर्न दृढ संकल्प रहेको तथ्यलाई ध्यानमा राखी पार्टीका पक्षमा मतदान गर्न सबै मतदातामा आग्रहसमेत गरेको छ ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता