साउन २४, काठमाडौँ । आगामी असोज २ गते प्रदेश नं २ मा हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचनका लागि नेपाली काँग्रेसले तयारी तीव्र बनाएको छ । 

तेस्रो चर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २४, काठमाडौँ । आगामी असोज २ गते प्रदेश नं २ मा हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचनका लागि नेपाली काँग्रेसले तयारी तीव्र बनाएको छ । 

तेस्रो चर"/>

२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काँग्रेसद्वारा स्थानीय निर्वाचनको तीव्र तयारी

२०७४, २४ श्रावण मंगलवार ०८:१०

साउन २४, काठमाडौँ । आगामी असोज २ गते प्रदेश नं २ मा हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचनका लागि नेपाली काँग्रेसले तयारी तीव्र बनाएको छ । 

तेस्रो चरणको निर्वाचनमा पहिलो स्थानमा आउने रणनीतिका साथ काँग्रेसले विभिन्न तयारीस्वरुप आज सो विषयमा पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा छलफल गरेको छ । यसअघि दुई चरणमा सम्पन्न स्थानीय तहका निर्वाचनमा पार्टी दोस्रो स्थानमा झरेपछि काँग्रेसले त्यसको क्षतिपूर्ति प्रदेश नं २ बाट गर्ने योजना बनाएको पार्टी कार्यालयले जनाएको छ । 

आज बिहानदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा शुरु भएको कार्यसम्पादन बैठकको छलफल आगामी निर्वाचनमा पार्टीको पक्षमा परिणाम ल्याउन केन्द्रित रहेको नेता डा नारायण खड्काले जानकारी दिनुभयो । काँग्रेसले विगत निर्वाचनमा भएका कमजोरी सच्याएर समयमै पार्टीका आधिकारिक उम्मेदवार तय गर्ने, प्रभावकारी प्रचारप्रसार कार्यक्रम गर्ने, पार्टीभित्रका असन्तुष्टिलाई समयमै व्यवस्थापन गर्नेलगायत तयारी भइरहेको जनाएको छ । 

संविधान संशोधन प्रस्तावलाई अघि बढाउन पहल गर्ने, सम्बोधन भइसकेका मधेशका अन्य कतिपय मागका बारेमा जनतालाई जानकारी गराउने र निर्वाचनमा पार्टीका सबै संयन्त्र प्रभावकारी रुपमा परिचालन गर्ने बारेमा समेत बैठकमा छलफल भएको नेता डा खड्काले बताउनुभयो । 

काँग्रेसले यसअघि तेस्रो चरणको स्थानीय तहको निर्वाचनका सन्दर्भमा यही साउन ५ र ६ गते प्रदेश नं २ का काँग्रेसका केन्द्रीय सदस्य, जिल्ला सभापति, जिल्ला सभापतिका निकटतम प्रतिस्पर्धी, सांसद, पूर्वकेन्द्रीय सदस्य, पूर्वमन्त्री, पूर्व सांसद, क्षेत्रीय सभापतिलगायत नेताको काठमाडौँमा भेला गरेको थियो । 

भेलाले निकालेको निष्कर्षलाई साउन ९ गतेको पार्टीको केन्द्रीय समिति बैठकले सकारात्मक रुपमा ग्रहण गर्ने निर्णय गरेको थियो । पार्टीले निर्वाचनका तयारीका लागि हालै प्रदेश नं २ मा समेत बृहत् भेला गरिसकेको छ । 

काँग्रेसले सदैव समृद्ध मधेश र अधिकारसम्पन्न मधेशी जनताका पक्षमा रही काम गर्दै आएको र तराई–मधेशका सबै भावनासँग आत्मसात् गर्न दृढ संकल्प रहेको तथ्यलाई ध्यानमा राखी पार्टीका पक्षमा मतदान गर्न सबै मतदातामा आग्रहसमेत गरेको छ ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने