ललित बोहरा/साउन २५, डडेल्धुरा । डडेल्धुरामा रहेका ७ वटै स्थानीय तहमा नवनिर्वाचि जनप्रतिनिधिहरुले ग्रामीण क्षेत्रका सडकहरुको स्तारउन्नती गर्ने प्रतिबद्धता जन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

ललित बोहरा/साउन २५, डडेल्धुरा । डडेल्धुरामा रहेका ७ वटै स्थानीय तहमा नवनिर्वाचि जनप्रतिनिधिहरुले ग्रामीण क्षेत्रका सडकहरुको स्तारउन्नती गर्ने प्रतिबद्धता जन"/>

२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

उग्रतारा सार्वजनिक यातायात व्यवसायीद्वारा जनप्रतिनिधिलाई सम्मान

२०७४, २५ श्रावण बुधबार १६:१८


ललित बोहरा/साउन २५, डडेल्धुरा । डडेल्धुरामा रहेका ७ वटै स्थानीय तहमा नवनिर्वाचि जनप्रतिनिधिहरुले ग्रामीण क्षेत्रका सडकहरुको स्तारउन्नती गर्ने प्रतिबद्धता जनाएका छन् ।

बुधबार जिल्ला समरमुकाममा उग्रतारा सार्वजनिक यातायात व्यवासायी समिति डडेल्धुराले आयोजना गरेका बधाई तथा स्वागत कार्यक्रममा जनप्रतिनिधिहरुले उक्त प्रतिबद्धता व्यक्त गरेका हुन् ।

बधाई तथा स्वागत कार्यक्रममा बोल्दै अमरगढी नगरपालिकाका प्रमुख विशेश्वर प्रसाद ओझा (विपिन)ले सडकहरुको स्तारउन्नती गर्नको लागि आफूले सडकको गुरु योजना बनाएर अगाडि बढ्ने बताएका छन् । 

उनले नरपालिकाका भित्ररहेका ग्रामीण सडकको स्थर सुधार धारण व्यक्त गरेका छन् । साथै उनले आगामी दुइ वर्ष बगबजार क्षेत्रको सडकलाई बिस्तार गर्ने समेत बताएका छन् ।

यस्तै सोही कार्यक्रममा बोल्दै गन्यपधुरा गाउँपालिकाका अध्यक्ष नवल मल्लले ग्रामीण सडकको अवस्था दयनीय भएको बताउँदै सडक सुधारमा हामी नवनिर्वाचित जनप्रतिनिधिहरुले ध्यान दिनु पर्ने बताएका छन् ।

सुरुमा सडक खन्न हतार हुने र पछि गाडि चलाउन पनि हतार हुने हुँदा ग्रामीण क्षेत्रका सडकहरु दर्घकाल सम्म टिक्न नसकेको अध्यक्ष मल्लको भनाइ थियो । 


उनले सडक निर्माण हुँदा दक्ष ईन्जिनियर नहुँदा पनि ग्रामीण क्षेत्रका सडकहरु वर्षै पिच्छे वर्षातको समयमा झत्किने धारण राखेका थिए । साथै उनले सम्बन्धित निकायले सडकको अनुगमन नगर्ने गरेको आरोप समेत लगाएका छन् ।

यस्तै कार्यक्रममा आफ्नो धारण राख्दै अजयमेरु गाउँपालिकाका अध्यक्ष उमेश प्रसाद भट्टले गाउँपालिकामा सडकको समस्या भएको भन्दै गाउँपालिकालाई सडक सञ्जाल बिस्तार गर्ने बताएका छन् ।

सडक सञ्जाल बिस्तारभए गाउँपालिकामा मिनी बस संचालनमा ल्याउने आफ्नो योजना रहेको अध्यक्ष भट्टले बताएका छन् । सडकहरु वातावरणमैत्री नभएको भन्दै सडकलाई वातावरण मैत्री बनाउनु पर्ने उनको धारण थियो । नवनिर्वाचित जनप्रतिनिधिहरु र यातायता व्यवसायीहरुले सहकार्य गरेर अगाडि बढ्नु पर्ने उनको भनाई थियो ।

 बधाई तथा स्वागत कार्यक्रममा बोल्दै उग्रतारा सार्वजनिक यातायात व्यवासायी समिति डडेल्धुराका अध्यक्ष सन्तोष खड्काले पहिलेको भन्दा अहिले ग्रामीण भेगका सडकहरु सुधार भएको बताएका छन् । ‘केही वर्ष अगाडि वर्षातमा ग्रामीण सडकमा गाडीहरु संचालन गर्न धेरै चुनैती थिए’ अध्यक्ष खड्काले भने अहिले केही सुधार भएको धारण व्यक्त गरे । साथै उनले जनप्रतिधिनिहरु साघुरा सडकहरुलाई चौडा बनाउन पनि अग्रह गरेका छन् ।

 उग्रतारा सार्वजनिक यातायात व्यवासायी समितिले दुई नपरपालिका र पाँच गाउँपालिकाका प्रमुख/उपप्रमुख र अध्यक्ष/उपाध्यक्ष लाई दोसल्ला ओडाई सम्मनका साथै मायाको चिनो समेत प्रदान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ?