ललित बोहरा/साउन २५, डडेल्धुरा । डडेल्धुरामा रहेका ७ वटै स्थानीय तहमा नवनिर्वाचि जनप्रतिनिधिहरुले ग्रामीण क्षेत्रका सडकहरुको स्तारउन्नती गर्ने प्रतिबद्धता जन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

ललित बोहरा/साउन २५, डडेल्धुरा । डडेल्धुरामा रहेका ७ वटै स्थानीय तहमा नवनिर्वाचि जनप्रतिनिधिहरुले ग्रामीण क्षेत्रका सडकहरुको स्तारउन्नती गर्ने प्रतिबद्धता जन"/>

२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

उग्रतारा सार्वजनिक यातायात व्यवसायीद्वारा जनप्रतिनिधिलाई सम्मान

२५ श्रावण २०७४, बुधबार १६:१८


ललित बोहरा/साउन २५, डडेल्धुरा । डडेल्धुरामा रहेका ७ वटै स्थानीय तहमा नवनिर्वाचि जनप्रतिनिधिहरुले ग्रामीण क्षेत्रका सडकहरुको स्तारउन्नती गर्ने प्रतिबद्धता जनाएका छन् ।

बुधबार जिल्ला समरमुकाममा उग्रतारा सार्वजनिक यातायात व्यवासायी समिति डडेल्धुराले आयोजना गरेका बधाई तथा स्वागत कार्यक्रममा जनप्रतिनिधिहरुले उक्त प्रतिबद्धता व्यक्त गरेका हुन् ।

बधाई तथा स्वागत कार्यक्रममा बोल्दै अमरगढी नगरपालिकाका प्रमुख विशेश्वर प्रसाद ओझा (विपिन)ले सडकहरुको स्तारउन्नती गर्नको लागि आफूले सडकको गुरु योजना बनाएर अगाडि बढ्ने बताएका छन् । 

उनले नरपालिकाका भित्ररहेका ग्रामीण सडकको स्थर सुधार धारण व्यक्त गरेका छन् । साथै उनले आगामी दुइ वर्ष बगबजार क्षेत्रको सडकलाई बिस्तार गर्ने समेत बताएका छन् ।

यस्तै सोही कार्यक्रममा बोल्दै गन्यपधुरा गाउँपालिकाका अध्यक्ष नवल मल्लले ग्रामीण सडकको अवस्था दयनीय भएको बताउँदै सडक सुधारमा हामी नवनिर्वाचित जनप्रतिनिधिहरुले ध्यान दिनु पर्ने बताएका छन् ।

सुरुमा सडक खन्न हतार हुने र पछि गाडि चलाउन पनि हतार हुने हुँदा ग्रामीण क्षेत्रका सडकहरु दर्घकाल सम्म टिक्न नसकेको अध्यक्ष मल्लको भनाइ थियो । 


उनले सडक निर्माण हुँदा दक्ष ईन्जिनियर नहुँदा पनि ग्रामीण क्षेत्रका सडकहरु वर्षै पिच्छे वर्षातको समयमा झत्किने धारण राखेका थिए । साथै उनले सम्बन्धित निकायले सडकको अनुगमन नगर्ने गरेको आरोप समेत लगाएका छन् ।

यस्तै कार्यक्रममा आफ्नो धारण राख्दै अजयमेरु गाउँपालिकाका अध्यक्ष उमेश प्रसाद भट्टले गाउँपालिकामा सडकको समस्या भएको भन्दै गाउँपालिकालाई सडक सञ्जाल बिस्तार गर्ने बताएका छन् ।

सडक सञ्जाल बिस्तारभए गाउँपालिकामा मिनी बस संचालनमा ल्याउने आफ्नो योजना रहेको अध्यक्ष भट्टले बताएका छन् । सडकहरु वातावरणमैत्री नभएको भन्दै सडकलाई वातावरण मैत्री बनाउनु पर्ने उनको धारण थियो । नवनिर्वाचित जनप्रतिनिधिहरु र यातायता व्यवसायीहरुले सहकार्य गरेर अगाडि बढ्नु पर्ने उनको भनाई थियो ।

 बधाई तथा स्वागत कार्यक्रममा बोल्दै उग्रतारा सार्वजनिक यातायात व्यवासायी समिति डडेल्धुराका अध्यक्ष सन्तोष खड्काले पहिलेको भन्दा अहिले ग्रामीण भेगका सडकहरु सुधार भएको बताएका छन् । ‘केही वर्ष अगाडि वर्षातमा ग्रामीण सडकमा गाडीहरु संचालन गर्न धेरै चुनैती थिए’ अध्यक्ष खड्काले भने अहिले केही सुधार भएको धारण व्यक्त गरे । साथै उनले जनप्रतिधिनिहरु साघुरा सडकहरुलाई चौडा बनाउन पनि अग्रह गरेका छन् ।

 उग्रतारा सार्वजनिक यातायात व्यवासायी समितिले दुई नपरपालिका र पाँच गाउँपालिकाका प्रमुख/उपप्रमुख र अध्यक्ष/उपाध्यक्ष लाई दोसल्ला ओडाई सम्मनका साथै मायाको चिनो समेत प्रदान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो