२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

जिसस डोटीमा एमाले निर्विरोध निर्वाचित

२६ श्रावण २०७४, बिहीबार ०२:१६

साउन २५, डोटी । जिल्ला समन्वय समिति डोटीमा नेकपा (एमाले)को समूह निर्विरोध निर्वाचित भएको छ । 

बुधबार सम्पन्न मनोनयन दर्ता कार्यक्रमअन्तर्गत एमाले समूहबाट मात्रै उम्मेदवारी परेपछि सबै पद निर्विरोध भएको हो । 

निर्वाचन कार्यालयका अनुसार अध्यक्षमा रामबहादुर ऐर, उपाध्यक्षमा शशी सोव तथा खुल्ला सदस्यमा डम्बर ओली, घनश्याम जोशी र गोविन्दबहादुर खड्का निर्वाचित हुनुभएको छ । 

महिला सदस्यमा लक्ष्मी मल्ल, मीना बोहरा र तुल्सा बुढा निर्विरोध निर्वाचित हुनुभएको छ । अल्पसंख्यकमा संग्राम नेपाली निर्वाचित हुनुभएको छ । निर्विरोध निर्वाचित भएपनि आधिकारिकरुपमा घोषणा भने २९ गते नै हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

नौवटा स्थानीय तह रहेको डोटीमा एमालेले चारवटा गाउँपालिकामा अध्यक्ष÷उपाध्यक्ष, एक नगरपालिकामा प्रमुख÷उपप्रमुख र एउटा गाउँपालिकामा उपाध्यक्ष जितेको थियो । फलस्वरुप जिल्ला समन्वय समितिमा १८ मतमध्ये ११ मत एमालेको पक्षमा रह्यो । 

नेपाली काँग्रेसको पक्षमा छ वटा र नेकपा माओवादी केन्द्रसँग एक गाउँपालिकाको अध्यक्षको मत थियो । एमालेको स्पष्ट जित देखिएका कारण काँग्रेस र माओवादी केन्द्रले मनोनयन नै दर्ता नै गरेनन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा