साउन २६, काठमाडौँ  । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) सदस्य मुलुकका बाह्य मामिला/विदेश/परराष्ट्र मन्त्रालयका"/>
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २६, काठमाडौँ  । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) सदस्य मुलुकका बाह्य मामिला/विदेश/परराष्ट्र मन्त्रालयका"/>
२०८३, १९ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बिम्स्टेक एसओएम बैठक शुरु

२०७४, २६ श्रावण बिहीबार ०६:२२

साउन २६, काठमाडौँ  । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) सदस्य मुलुकका बाह्य मामिला/विदेश/परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरु (एसओएम)को १८औँ बैठक आज यहाँ शुरु भयो । 

नेपालसहित भारत, भुटान, बंगलादेश, थाइल्याण्ड, म्यान्मा र श्रीलंका सदस्य रहेको उक्त उपक्षेत्रीय संगठनको आज र भोलि यहाँ हुने बैठकले सदस्य देशका बाह्य मामिला/विदेश/परराष्ट्रमन्त्रीको १५औँ मन्त्रिस्तरीय बैठकको कार्यसूची निर्धारण गर्नेछ । 

बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र सचिव शंकरदास बैरागीले गर्नुभएको छ भने भारतको बाह्य मामिला मन्त्रालयका सचिव प्रीति शरण, भुटानको विदेश मन्त्रालयका सचिव सोनाम छोङ, बंगलादेशका विदेश सचिव मोहम्मद शहिदुल हकले आ–आफ्ना राष्ट्रको प्रतिनिधित्व गरेका हुन् ।

त्यसैगरी म्यान्माको परराष्ट्र मन्त्रालयको अन्तर्राष्ट्रिय संगठन तथा आर्थिक विभागका महानिर्देशक क्वा मो तुन, श्रीलंकाको विदेश मन्त्रालयका अतिरिक्त सचिव ग्रेस आशिर्वाथन र थाइल्याण्डको विदेश मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक मामिला विभागका नायब महानिर्देशक इकसिरी पिन्टारुचीले बैठकमा आ–आफ्नो मुलुकको प्रतिनिधित्व गरेका छन् । 

बैठकमा बिम्स्टेकले पहिचान गरेका व्यापार, लगानी, यातायात तथा सञ्चार, ऊर्जा, पर्यटन, कृषि, प्रतिआतंकवाद, गरिबी निवारण, जनस्वास्थ्य, वातावरण तथा प्राकृतिक विपत्ति र जलवायु परिवर्तनजस्ता १४ क्षेत्रमा विचारविमर्श हुनेछ । 

प्रधानमन्त्री शेरबहादुर देउवाले आज साँझ मन्त्रिस्तरीय बैठकको उद्घाटन एवं त्यसलाई सम्बोधन गर्ने कार्यक्रम छ भने आजै साँझ सदस्य मुलुकका बाह्य मामिला/विदेश/परराष्ट्रमन्त्रीसँग सामूहिक शिष्टाचार भेट गर्ने कार्यक्रम छ । 

स्थापनाको २०औँ वर्षमा रहेको बिम्स्टेक मन्त्रिस्तरीय बैठकमा उपप्रधानमन्त्री एवं परराष्ट्र मन्त्री कृष्णबहादुर महराले नेतृत्व गर्नेछन् । साथै, उनले प्रतिनिधिमण्डलको सम्मानमा बिहीबार नै रात्रिभोजको आयोजना गर्नेछन् । 

दक्षिण र दक्षिणपूर्वी एसियाका सात मुलुकको उपक्षेत्रीय संगठन बिम्स्टेकको अध्यक्षता सन् २०१४ मा नेपालले ग्रहण गरेको हो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै