८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काँग्रेसका तीस जनाद्वारा संयुक्त राजीनामा

२६ श्रावण २०७४, बिहीबार ११:१०

साउन २६, बाजुरा । नेपाली काँग्रेस जिल्ला कार्यसमितिका संगठन विभाग प्रमुख तथा सदस्य र पूर्वसचिव धनराज पण्डितसहित ३० जनाले बिहीबार संयुक्तरुपमा राजीनामा दिएको पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएको छ । 

नेपाली काँग्रेसका नेतृत्व तहमा रहेका नेताहरुले मनोमानीरुपमा जिल्ला समन्वय समिति बाजुराको प्रमुख, उपप्रमुख र सदस्यहरु छनोटमा एकलौटी गरेकोप्रति असन्तुष्टि जनाउँदै संयुक्त राजीनामा दिएको धनराज पण्डितले पत्रकार सम्मेलनमार्फत जानकारी दिनुभयो । 

जिल्ला समन्वय समितिको संयोजक छनोटमा जिल्ला कार्यसमितिको बैठक नै नबसी छनोट गरेको भन्दै नेपाली काँग्रेसका भ्रातृ संघसंगठनका प्रमुखहरुले पनि राजीनामा दिएको तरुण दल जिल्ला सचिव हिरेन्द्र रोकायाले बताउनुभयो । 

नेपाली काँग्रेसका नेताहरुले नीतिलाई लत्याएर आफू मनोमानी गरेको भन्दै ३० जनाले संयुक्त राजीनामा दिएको रोकायाको भनाइ रहेको छ । नौवटै स्थानीय तहमा रहेका नेपाली काँग्रेसका भ्रातृ संघहरुले जिल्ला समन्वय समितिको सदस्यका लागि सिफारिस गरेका भन्दा बेग्लै जिससमा पार्टीले एकलौटी छनोट गरेपछि राजीनामा दिएको नेपाल महिला संघ जिल्ला अध्यक्ष अमृता सिंहले बताउनुभएको छ । 

नेपाली काँग्रेसको पार्टी सदस्य त्याग्नुका साथै पार्टीको जिम्मेवारीको भूमिकाबाहिर बस्ने गरी ३० जनाले संयुक्त राजीनामा दिएका हुन् । 

राजीनामा दिनेमा नेपाली काँग्रेसका छजना जिल्ला कार्यसमिति सदस्यमध्ये धनराज पण्डित, उमा रोकाया, गोविन्द सिंहलगायतले राजीनामा दिएका छन् । 

नेपाल महिला संघ जिल्ला अध्यक्ष अमृता सिंह, तरुण दल जिल्ला सचिव हिरेन्द्र रोकाया, कोषाध्यक्ष श्रीचन्द्र पाध्याय, नेपाल दलित संघ केन्द्रीय सदस्य वीरबहादुर विक, बडिमालिका नगरपालिका नगर कार्यबाहक सभापति धनलाल पाध्यायले र पूर्व जिल्ला कार्यसमिति सल्लाहकार संयोजक देवबहादुर रोकायाले पनि राजीनामा दिएको पत्रकार सम्मलेनमा जानकारी गराइएको हो । 

नेपाली काँग्रेस स्थानीय तहको निर्वाचनमा पहिलो पार्टी भएको छ । जिल्ला सञ्चालन गर्न नेपाली काँग्रेसको काँधमा आएको भए पनि केही नेता तथा कार्यकर्ताले असन्तुष्टि जनाउँदै आएका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता