साउन २६, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) का आदर्श र उद्देश्यप्रति"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन २६, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) का आदर्श र उद्देश्यप्रति"/>

2026-07-01 06:04 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बिमस्टेकका आदर्श र उद्देश्यप्रति नेपाल पूर्ण प्रतिबद्ध छ: प्रम

2017-08-10


साउन २६, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) का आदर्श र उद्देश्यप्रति नेपाल पूर्ण प्रतिबद्ध रहेको बताउनुभएको छ । 

समानता र सहकार्यको मर्मलाई आत्मसात् गर्दै सदस्य मुलुकको आर्थिक वृद्धि र सामाजिक समृद्धि संयुक्त रुपमा हासिल गर्ने उद्देश्यले स्थापित दक्षिण तथा दक्षिण पूर्वी एसियाली मुलुकको उपक्षेत्रीय संगठन बिमस्टेकको १५औँ मन्त्रिस्तरीय बैठकको आज यहाँ आयोजित विशेष समारोहको उद्घाटन गर्दै उहाँले यसमार्फत सहयोगका क्षेत्रलाई सदस्य राष्ट्रबीच अझ घनीभूत तुल्याउनुपर्नेमा जोड दिनुभयो । 

उहाँले भन्नुभयो, “बिमस्टेक मुलुकका जनतासँग हामी वाचा गरौँ कि क्षेत्रीय सहयोगको ढाँचा र यसका प्रमुख विषयमा समझदारी कायम गर्दै व्यापार, लगानी, सम्पर्क विस्तार जस्ता सबै क्षेत्रमा निर्णयमा पुगौँ र ऊर्जा, प्रविधि स्रोत र जलवायु परिवर्तनसम्बन्धी बाँकी रहेका कार्यलाई पूर्ण रुपमा कार्यान्वयनमा लैजाऔँ ।” 

उहाँले आगामी वर्षदेखि बिमस्टेक सदस्य मुलुकका जनतासमक्ष हामीले गरेका निर्णयको प्रतिफल प्राप्तिको प्रारम्भ गर्ने प्रतिबद्धता व्यक्त गरौँ भन्दै यस क्षेत्रलाई समृद्धि र प्रगतिको नयाँ उचाइमा पु¥याउन सहकार्यको अपरिहार्यता औँल्याउनुभयो । 

विश्वको भविष्यमा एशियाको महत्वपूर्ण स्थान रहेको र बिमस्टेक क्षेत्र एशियाली समुदायको झन् महत्वपूर्ण क्षेत्र भएको बताउँदै उहाँले यस क्षेत्रबीचको भौतिक एवं मानसिक सम्पर्क विस्तारका साथै अनुसन्धाता र दूरदृष्टि भएका विचारकबीचको सम्पर्कलाई सुदृढ बनाउन जरुरी छ भन्नुभयो । उहाँले भन्नुभयो, “विकासका निम्ति दूरदृष्टियुक्त कार्ययोजना चाहिन्छ । हामी अवसर र चुनौती, जटिलता र विरोधाभाषको युगमा छौँ, हाम्रा साझा उद्देश्य र लक्ष्य प्राप्तिका निम्ति सहयोग, साझेदारी र सहकार्यको मार्गमा गम्भीर रुपमा लाग्नुपर्छ ।” 

बुद्धका उपदेशबाट प्राप्त शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तले राष्ट्र–राष्ट्रबीचको मैत्रिपूर्ण सम्बन्ध व्यवस्थापनमा चिरस्थायी संरचना प्रदान गरेको बताउँदै प्रधानमन्त्रीले पञ्चशीलका सिद्धान्तबाट शान्ति, स्थायित्व, सुरक्षा र विकास प्रवद्र्धनमा अर्थपूर्ण योगदान पुग्ने बताउनुभयो । 

बीस वर्षअघि बिमस्टेक स्थापना हुनुलाई महत्वपूर्ण उपलब्धिका रुपमा चित्रित गर्दै उहाँले १३ वर्षअघि बैंककमा भएको बिमस्टेकको पहिलो शिखर सम्मेलनमा आफूले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरेको स्मरण गर्नुभयो । उहाँले बिमस्टेक प्रक्रियालाई गतिशील बनाउन संलग्न सबैको प्रशंसा गर्नुभयो । 

गतिशीलता र प्रचुर संभावनायुक्त एसियाका दुई उपक्षेत्रलाई जोड्ने सेतु बिमस्टेक क्षेत्रको अपार युवा जनसंख्या तथा असीमित प्राकृतिक सम्पदाको उपयुक्त एवं कुशल ढंगले उपयोग गर्न सकेमा समृद्धि प्राप्त हुने विचार उहाँले व्यक्त गर्नुभयो । 

उहाँले भन्नुभयो,“बौद्धमार्गले सबै मानवलाई समान ठान्ने हाम्रो साझा सम्बन्ध र विश्वास हो, विविध एवं समृद्ध सांस्कृतिक सम्पदाले हाम्रो क्षेत्रलाई सानो तस्बिरका रुपमा चित्रित गरेको छ । विशाल विविधतायुक्त यो क्षेत्रको एकता र सामञ्जस्यतालाई यसले सहयोगका लागि उत्प्रेरक बन्न आधारशिला खडा गरेको छ । अब हामीले सहयोग, प्रतिबद्धता र सहकार्यलाई बढाउनुपर्छ ।” 

अन्य क्षेत्रजस्तै बिमस्टेक पनि अन्तरदेशीय अपराधको जोखिमको मारमा रहेको तथा आतंकवाद र विध्वंसको खतरा, चरमपन्थी अतिवाद, हातहतियार र लागुऔषध ओसारपसारले यस क्षेत्रको शान्ति र मैत्रीमा खलल पुगेको बताउँदै प्रधानमन्त्रीले भन्नुभयो, “शान्ति, प्रजातन्त्र, विकास र असल छिमेकीपनमा आतंकवाद सबैभन्दा ठूलो चुनौती बनेको छ, आतंकवादका सबै रुपका प्रकटीकरणलाई नेपाल स्पष्ट रुपमा निन्दा गर्दछ । कुनै पनि बहानामा आतंकवाद मान्य हुँदैन ।” 

आर्थिक वृद्धि र समृद्धिको मार्गमा गरिबी भीषण चुनौतीका रुपमा रहेको बताउँदै उहाँले बिमस्टेक क्षेत्रका जनताको सम्मानपूर्वक बाँच्न पाउने अधिकारका लागि सबैले सामूहिक एवं निर्णायक रुपमा काम गर्नुपर्ने औँल्याउनुभयो । 

जलवायु परिवर्तन र प्राकृतिक विपत्तिले हाम्रो अस्तित्वमा गम्भीर खतरा सिर्जना गरेको बताउँदै प्रधानमन्त्री देउवाले दैवी विपत्तिको जोखिममा नेपाल रहेको पुष्टि सन् २०१५ को भूकम्पले गरेको र जलवायु परिवर्तनका कठोर परिणामले पनि यसलाई गाँजेको बताउनुभयो । यी सबै किसिमका चुनौतीको सामना गर्न सुदृढ एवं सबल सहकार्य सदस्य मुलुकबीच अपरिहार्य भएको उहाँले बताउनुभयो । प्रधानमन्त्रीले भूकम्पपछि नेपाललाई बिमस्टेकका सदस्य राष्ट्रबाट प्राप्त साथ, सहयोग र समर्थनप्रति आभार व्यक्त गर्नुभयो । 

नेपालको वर्तमान राजनीतिक विकासक्रमबारे जानकारी दिँदै प्रधानमन्त्री देउवाले भन्नुभयो, “सन्२०१५(विसं २०७२) मा संविधानसभामार्फत घोषणा भएको संविधानलाई कार्यान्वयनमा ल्याउनु हाम्रो मुख्य प्राथमिकता हो । यो संविधानले संघीय संरचना, समावेशी शासन पद्धति र लोकतान्त्रिक छलफललाई आत्मसात् गरेको छ । 

यिनै संवैधानिक प्रावधानअनुरुप हामीले स्थानीय तहको निर्वाचन गरेका छौँ र स्थानीय तहको बाँकी निर्वाचन, प्रादेशिक र संसदीय निर्वाचन गर्न दृढ छौँ । हामी सबै राजनीतिक दल यो प्रक्रियामा सहभागी बन्ने अनुकूल वातावरण बनाउन प्रयत्नरत छौँ । 

प्रधानमन्त्रीले देउवाले नेपालको ऐतिहासिक लोकतान्त्रिक संक्रमणकालमा बिमस्टेक सदस्य राष्ट्रबाट प्राप्त निरन्तर सहयोग र ऐक्यबद्धताको सराहना पनि गर्नुभयो । 

राजनीतिक संक्रमण टुंगिएलगत्तै गतिशील आर्थिक प्राप्तिसहितको सामाजिक न्याय र पर्यावरणीय दिगोपना नेपालको राष्ट्रिय विकासको प्रमुख कार्यसूची रहिरहने विश्वास व्यक्त गर्दै उहाँले भन्नुभयो, “लोकतान्त्रिक पद्धति बहालीका लागि धेरै वर्ष व्यतीत गरेका नेपाली जनता सुखमय जीवन जिउनयोग्य छन् । म गुमेका ती विकासका दशकहरु ब्युँताउनका लागि गम्भीर प्रयास गर्न कटिबद्ध छु । क्षेत्रीय सहयोग र एकीकरण, तीव्र आर्थिक वृद्धि र सामाजिक उन्नयन हासिल गर्ने महत्वपूर्ण पक्ष हुन् भन्ने हाम्रो विश्वास छ ।” 

उहाँले भन्नुभयो, “क्षेत्रीय सहयोग रहर छैन बाध्यता हो भन्ने हाम्रो विश्वास हो । भूमण्डलीकरण र आर्थिक अन्तरनिर्भरताको यो युगमा क्षेत्रीय शक्ति सँगसँगै फैलिने आशा नेपालीले राख्नु स्वाभाविक हो । हामी जीवन्त र गतिशील आर्थिक क्षेत्रका रुपमा यो संगठनलार्ई योगदान पु¥याउन चाहन्छौँ जुन शान्ति र सद्भावयुक्त पनि होस् ।” 

यस क्षेत्रीय समूहको सफलता समतामूलक क्षेत्रबाट सबै सदस्य राष्ट्रले विकासको प्रतिफल हासिल गर्न गरिने एकीकृत प्रयासमा निर्भर रहन्छ भन्दै प्रधानमन्त्री देउवाले जुनकुनै साझा प्रयासमा विकासोन्मुख मुलुक र अल्प विकसित मुलुकले सामना गर्दै आएका चुनौतीलाई पर्याप्त ध्यान दिइनुपर्नेमा जोड दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा साउदी अरबमा सजाय भोगिरहेका ३३ नेपालीले पाए आममाफी विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण मुद्दामा थप कागजात मगाउन आदेश सरकारी सेवा घरदैलोमै पुर्‍याउने अभियान प्रभावकारी बन्दैछ: सञ्चारमन्त्री तिमिल्सिना हामी समूहगत र संस्थागत एकता गर्दैनौँ: केपी शर्मा ओली प्रहरी हौं भनेर लुटपाट गरेको आरोपमा चार जना पक्राउ पहिरोले कान्ति लोकपथ अवरुद्ध विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ काराेबार ? विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ