२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सामाजिक सञ्जाल प्रयोगमा नियमन आवश्यक

२२ बैशाख २०८२, सोमबार १५:०६

काठमाडौँ | राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । सांसद कृष्णबहादुर रोकायाले मध्यपहाडी लोकमार्ग राष्ट्रिय गौरवको आयोजना भए पनि गति लिन नसकेकाले यथासीघ्र सम्पन्न गर्नुपर्नेमा ध्यानाकर्षण गराउनुभयो ।

सांसद घनश्याम रिजालले दोलखाको लामाबगर फलाक नाकाले आयात र निर्यात तथा पर्यटनको माध्यमबाट लाभ लिन सक्ने उल्लेख गर्दै सञ्चालनमा ल्याउन माग गर्नुभयो । सांसद पूजा चौधरीले सुशान्त वली र प्रिसा साहको मृत्युप्रति समवेदना व्यक्त गर्दै दोषीलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने बताउनुभयो ।

सांसद रुकमणि कोइरालाले प्रविधिको विकाससँगै सामाजिक सञ्जालको दुरुपयोगका घटना बढेकाले नियमन हुन आवश्यक रहेको बताउनुभयो । सांसद रेणु चन्दले अछामको जयगढ बजार र साँफेबगरको हाटबजारमा भएको आगलागीले जनधनको क्षति पुगेकाले अस्थायी आवास र बजार पुनःस्थापन गर्न माग गर्नुभयो ।

सांसद विष्णुकुमारी सापकोटाले वर्खायाम सुरु हुन लाग्दा सडक निर्माण चाँडो हुनुपर्नेमा जोड दिनुभयो । सांसद विष्णुदेवी पुडासैनीले बालविवाहका घटना हुन नदिन काम गर्नुपर्छ भन्नुभयो । सांसद विष्णुबहादुर विश्वकर्माले काठमाडौँको तीनकुने घटनाको छानबिनको माग गर्नुभयो । सांसद श्रीकृष्णप्रसाद अधिकारीले लेखा समितिमा परेका उजुरी अलपत्रमा परेको उल्लेख गर्दै आर्थिक अनियमितता रोक्न सम्बोधन गर्नुपर्ने माग गर्नुभएको छ ।

सांसद सावित्री मल्लले दैलेखमा प्राकृतिक विपद्बाट क्षति पुगेको र विपद् न्यूनीकरणका लागि उपाय खोज्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…