2026-07-01 06:03 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकार र कांग्रेसका कारण डा.केसी एक मिनेट पनि अनशन बस्न पर्दैनः प्रधानमन्त्री

साउन २८, काठमाडौं | प्रधानमन्त्री शेरबहादुर देउवाले अनसनरत डा. गोविन्द केसीको माग पूरा गर्न सरकार र नेपाली कांग्रेस पूर्ण रुपले तयार रहेको बताउनुभएको छ ।

शनिबार साँझ डा. केसीको माग लिएर बालुवाटार आउनुभएका उहाँका प्रतिनिधि र मानवअधिकारवादीहरु समक्ष प्रधानमन्त्री देउवाले यस्तो प्रतिवद्धता व्यक्त गर्नुभएको हो ।  

शुक्रबार दुई पक्षबीच तीन बुँदे सहमति भए पनि प्रतिपक्ष दल सम्वद्ध केही सांसद्को विमतिका कारण त्यसअनुरुप चिकित्सा शिक्षा विधेयकको पुनर्लेखन हुनसकेको थिएन । यसकारण, डा. केसीले २० दिनदेखि जारी अनशन तोड्न अस्वीकार गर्नुभएको थियो ।

शनिबार डा. केसीका प्रतिनिधिहरूले चिकित्सा शिक्षा ऐनको प्रस्तावनामा “चिकित्सा शिक्षासम्बन्धि राष्ट्रिय नीति तर्जुमा उच्चस्तरीय कार्यदलको प्रतिवेदन २०७२ को मर्म र भावनासमेतलाई दृष्टिगरी गरी” भन्ने वाक्यांश थप्न र दफा ६ मा “यस ऐन बमोजिम चिकित्सा शिक्षा कार्यदल २०७२को प्रतिवेदनसमेतले आवश्यक पर्ने पूर्वाधार तथा मापदण्ड” भन्ने उल्लेख गर्न माग गर्नुभएको थियो । यी दुई माग सम्बोधन भए डा. केसीले तत्काल अनशन अन्त्य गर्ने जानकारी उहाँहरूले दिनुभएको थियो ।

प्रत्युत्तरमा प्रधानमन्त्री देउवाले भन्नुभयो, “यी दुबै माग पूरा गर्न म तयार छु । सरकार र नेपाली कांग्रेसका कारण डा. केसीले एक मिनेट पनि अनशन बस्नुपर्दैन ।” प्रधानमन्त्रीले ऐन पारित गर्ने संसदको अधिकार क्षेत्र भएकाले पनि प्रतिपक्षी दल र माओवादी केन्द्रलाई पनि सहमत गराउन उनीहरुलाई आग्रह गर्नुभयो । 

प्रधानमन्त्री  देउवाले यही माग लिएर प्रतिपक्षी दलका नेता केपी ओलीसमक्ष जान पनि डा. केसीका प्रतिनिधि र मानवअधिकारवादीहरूसमक्ष आग्रह गर्नुभयो । डा. केसीका प्रतिनिधिहरूसँगै मानव अधिकारवादीहरू कनकमणि दीक्षित, निलाम्बर आचार्य, चरण प्रसाई, केदारभक्त माथेमा र सुबोध प्याकुरेल प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार आउनुभएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा साउदी अरबमा सजाय भोगिरहेका ३३ नेपालीले पाए आममाफी विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण मुद्दामा थप कागजात मगाउन आदेश सरकारी सेवा घरदैलोमै पुर्‍याउने अभियान प्रभावकारी बन्दैछ: सञ्चारमन्त्री तिमिल्सिना हामी समूहगत र संस्थागत एकता गर्दैनौँ: केपी शर्मा ओली प्रहरी हौं भनेर लुटपाट गरेको आरोपमा चार जना पक्राउ पहिरोले कान्ति लोकपथ अवरुद्ध विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ काराेबार ? विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ