४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारत र पाकिस्तानको लडाइँमा नेपाली गोर्खा सैनिकलाई प्रयोग नगर्न भारतसँग पहल गर्नुपर्ने: सांसाद तामाङ

२५ बैशाख २०८२, बिहीबार १२:१९

काठमाडौँ ।  नेपाल र भारतबीच तनाव बढ्दै गइरहेकाले दुई देशबीच हुने लडाइँमा नेपाली गोर्खा सैनिकलाई पहिलो प्रयोग नगर्न सांसाद मिना तामाङले माग गरेकी छिन्।

बिहीबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले त्यसबारे भारत सरकारसँग पहल गर्नका लागि नेपाल सरकारको ध्यानाकर्षण समेत गराइन्। तामाङले भनिन्, ‘दुई देशबीचको लडाइँमा पहिलो प्रयोगमा नेपाली गोर्खाली सेना प्रयोग नगर्न भारत सरकारबारे गम्भीर निकास र छलफलबारे पहल गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गर्न चाहान्छु।’

दुई देशबीचको तनावका कारण भारतमा काम गर्न गएका नेपालीको संरक्षण र उद्धारबारे समेत ख्याल गर्न उनले आग्रह गरिन्। ‘पाकिस्तान र भारतको सीमा कश्मीरमा भएको सांघातिक हमलाले मानवीय क्षति र आतंक फैलिएको छ,’ सांसद तामाङको भनाइ छ, ‘जसकारणले पाकिस्तानले लक्षित गरेको भारतीय सहरमा काम गर्न गएका नेपाली उक्त घटनामा पर्ने भएकाले उनीहरुको संरक्षण एवं उद्धारबारे छलफल होस्।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ रास्वपाबाट समानुपातिक तर्फ ३५३ जनाले दिए उम्मेदवारी, १२ र १३ गते प्रारम्भिक निर्वाचन एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन