साउन ३२, काठमाडौँ | युवासंघ नेपालको नवौँ महाधिवेशन आगामी असोज २२ देखि २४ गतेसम्म काठमाडौँमा हुने भएको छ । 

‘सुखी नेपाली र समृद्ध नेपाल निर्माणका लागि अबको यु"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ३२, काठमाडौँ | युवासंघ नेपालको नवौँ महाधिवेशन आगामी असोज २२ देखि २४ गतेसम्म काठमाडौँमा हुने भएको छ । 

‘सुखी नेपाली र समृद्ध नेपाल निर्माणका लागि अबको यु"/>

2026-07-01 06:05 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युवासंघको नवौँ महाधिवेशन काठमाडौँमा हुने

साउन ३२, काठमाडौँ | युवासंघ नेपालको नवौँ महाधिवेशन आगामी असोज २२ देखि २४ गतेसम्म काठमाडौँमा हुने भएको छ । 

‘सुखी नेपाली र समृद्ध नेपाल निर्माणका लागि अबको युवा अभियान’ भन्ने मूल नाराका साथ हुने उक्त महाधिवेशनले आगामी तीन वर्षका लागि नयाँ नेतृत्व छनोट गर्नेछ । 

यहाँ आज आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष राजीव पहारीले मुलुकको प्रादेशिक संरचनाअनुसार संगठनलाई सुदृढ गरिने बताउँदै त्यसका लागि विधान संशोधन गरी परिमार्जनसहित अनुमोदन महाधिवेशनमा गरिने जानकारी दिनुभयो । 

राष्ट्रिय स्वाभिमान र संविधान पूर्ण कार्यान्वयन नै संगठनको मूल कार्यदिशा हुने जानकारी दिँदै उहाँले विभिन्न २५ मुलुकबाट अतिथि आमन्त्रण गरिने बताउनुभयो । महाधिवेशनमा अध्यक्षले राजनीतिक, महासचिवले साङ्गठनिक तथा कोषाध्यक्षले आर्थिक प्रतिवेदन प्रस्तुत गर्ने जनाइएको छ । 

संगठनले आगामी भदौ २ गतेदेखि ९ गतेसम्म प्राकृतिक प्रकोप तथा बाढीपहिरो प्रभावित जिल्लामा स्थानीय प्रशासनसँग आवश्यक समन्वय र सहकार्य गरी पीडितलाई सहयोग तथा राहत वितरण गर्ने जानकारी गराइएको छ । 

विगत केही दिनयता आएको वर्षाका कारण बाढीपहिरो र डुबान भई देशभर हालसम्म १२२ नागरिकको मृत्यु भएको जनाइएको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा साउदी अरबमा सजाय भोगिरहेका ३३ नेपालीले पाए आममाफी विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण मुद्दामा थप कागजात मगाउन आदेश सरकारी सेवा घरदैलोमै पुर्‍याउने अभियान प्रभावकारी बन्दैछ: सञ्चारमन्त्री तिमिल्सिना हामी समूहगत र संस्थागत एकता गर्दैनौँ: केपी शर्मा ओली प्रहरी हौं भनेर लुटपाट गरेको आरोपमा चार जना पक्राउ पहिरोले कान्ति लोकपथ अवरुद्ध विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ काराेबार ? विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ