३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संविधान संशोधन प्रस्ताव संसदबाट अस्वीकृत

५ भाद्र २०७४, सोमबार १५:०३

भदौ ५, काठमाडौँ । व्यवस्थापिका–संसद्बाट नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७३ पारित हुन सकेन । 

संसद्को आजको बैठकमा संविधान संशोधन प्रस्तावमाथि मत विभाजन गरिँदा संशोधनको पक्षमा आवश्यक दुई तिहाइ मत पुग्न नसकेपछि विधेयक अस्वीकृत भएको हो । 

संशोधन विधेयक पारित हुन संसद्मा तत्काल कायम सदस्य सङ्ख्या ५९२ को दुई तिहाइ ३९५ मत हुनुपर्नेमा पक्षमा ३४७ र विपक्षमा २०६ मत परेको थियो । मतदानमा ५५३ सांसदले भाग लिनुभएको थियो । विधेयक पारित हुन ४८ मत पुग्न सकेन । 

राष्ट्रिय जनता पार्टी नेपालको माग सम्बोधन गर्न सरकारले सो संशोधन प्रस्ताव पेश गरेको थियो । सो पार्टीले संविधान संशोधन संसद्बाट पारित नभएको विषयलाई आन्दोलनको मुद्दा बनाई आएको थियो । 

संशोधनको पक्षमा सत्तारूढ नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय जनता पार्टी नेपाल, नेपाल लोकतान्त्रिक फोरमलगायतले मत दिएका थिए भने नेकपा (एमाले), राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा लगायतले विपक्षमा मत दिएका थिए । 

राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) र नेकपा (माले)ले मतदानमा भाग लिएनन् । राजपाले प्रदेश नं २ को स्थानीय तहको निर्वाचन पूर्व संविधान संशोधन हुनुपर्ने माग गर्दै आएको सन्दर्भमा सो प्रस्तावमा आज मतदान भएको हो । 

कानून, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले संशोधन पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । संविधानमा भाषा, नागरिकता, राष्ट्रिय सभामा प्रतिनिधित्व र प्रदेशको सीमाङ्कन लगायतका विषयमा संशोधन प्रस्ताव पेश भएको थियो । 

विधेयकको दफाबार छलफलमा ५३ जना सांसदले भाग लिनुभएको थियो । उक्त प्रस्ताव गत साउन ३२ गते सदनमा पेश गरिएको थियो । विधेयकमाथि ५० वटा संशोधन पेश भएका थिए । संसद्को अर्काे बैठक यही भदौ ६ गते मंगलबार दिउँसो १ बजे बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र ‘दुई सय ८ रोपनी सार्वजनिक जग्गा फिर्ता’ सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक एमाले अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता कतार लैजाने तयारीमा खगेन्द्र प्रसाद र रूद्रकली हात्ती अष्ट्रेलियाको बोन्डी समुद्र तटमा भएको गोली हानाहानमा १६ जनाको मृत्यु, ४० घाइते स्रोत नखुलेको चार लाख बढी रकमसहित एक पक्राउ नेपाली शान्ति सैनिकको अदलीबदली महानगरको प्राथमिकतामा खर्च कटौती, पुँजीगत लगानी र सेवा सुधारः प्रमुख बालेन्द्र शाह मादी नदीमा महिलाको शव फेला दृढ अठोट र ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो छ : राष्ट्रपति पौडेल सरकारले राजनीतिक दलसँग घनिष्ट संवाद गर्नुपर्छ : पूर्व प्रधानमन्त्री नेपाल कांग्रेस देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति होः महामन्त्री थापा यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ छ : गृहमन्त्री अर्याल चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन