2026-07-01 07:42 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राजपाको हजारौं शक्ति माओवादी केन्द्रमा प्रवेश गर्दै

भदौ ६, काठमाडौँ | पुर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले राजपाको ठूलो शक्ति माओवादी केन्द्रमा प्रवेश गर्न लागेको खुलाशा गरेका छन् । 

नयाँशक्तिबाट विद्रोह गरेका देवेन्द्र पौडेल नेतृत्वको समूह र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाबाट विद्रोह गरेका पदम खड्का ‘जीवन’को समूहलाई मंगलबार पार्टीमा स्वागत गर्ने क्रममा उनले मधेसबाट ठुलो शक्ति माओवादी केन्द्रमा आउन लागेको खुलाशा गरेका हुन् । 

कार्यकर्ताको बाक्लो उपस्थितिमा कोटेश्वरको एक पार्टी प्यालेसमा नवप्रवेशी नेताहरुलाई स्वागत गर्दै प्रचण्डले भने – ‘पार्टी पुनर्निर्माणको अभियान सुरु भयो, तपाईंहरु आउँदै हुनुहुन्छ, अझै आउँदै हुनुहुन्छ, हजारौं आउँदै हुनुहुन्छ ।’प्रचण्डले माओवादी केन्द्रमा फेरि लहर सुरु भएको भन्दै खुसी व्यक्त गरे । 

मधेस केन्द्रित दलका शीर्ष नेताहरु माओवादी केन्द्रमा फर्किन चाहेको भन्दै प्रचण्डले आगामी चुनावबाट माओवादी मधेसमा एक नम्बर बन्ने दाबी समेत गरेका छन् । उनले भने – ‘अहिले खुसीको कुरा के छ भने मधेसमा एउटा ठुलो लहर फेरि माओवादीको पक्षमा आउँदैछ । 

प्रचण्डले राजपाभित्र भएका देशभक्त, इमान्दार ठुलठूलै नेताहरु माओवादी केन्द्रमा फर्कन लागेको खुलाशा गरेका हुन् । उनले अब मधेसवादी पार्टीमा लागेर आफ्नो भविष्य नदेखेकाहरु माओवादी केन्द्रमा फर्कने तयारीमा रहेको भन्दै मधेसमा पार्टी निकै बलियो बन्ने बताए । उनले भने -'मधेसी जनताको मुक्तिको एकमात्र आधार माओवादी हो । हामी माओवादीमा आउँछौं भन्नु भएको छ । उहाँहरुले हजारौंको संख्यामा त्यो तयारी गर्नुभएको छ र त्यसका लागि म मधेस जाँदैछु ।’


नवप्रवेशीहरुलाई स्वागत गर्ने कार्यक्रममा निकै हौसिएका प्रचण्डले माओवादी एकता अब सिमेन्टेड भएको भन्दै अब कुनै पनि हालतमा नभत्किने दावी गरे । देवेन्द्र पौडेल लगायत पूर्व माओवादीहरुतर्फ संकेत गर्दै प्रचण्डले भने, ‘तपाईंहरु बाहिरिएपछि हामीलाई भएको क्षति ८-१० लाख जनमत हो । अहिले पनि हामीसँग १४ लाख जनमत छ । हामी एकताबद्ध हुँदा १५ लाख जनमत हाम्रो भयो । अब १० लाख मात्र बढाइदियौं भने कांग्रेस र एमाले घट्छन् ।’ 

कार्यक्रममा प्रचण्डले विप्लबलाई प्रचण्ड जस्तै बन्ने सपना नदेख्न चेतावनी दिंदै भने, ‘वैद्य जी सिद्धान्त बचाउँछु भन्नुहुन्थ्यो । बाबुराम जीले आफूलाई केजरीवाल बनेर देखाउँछु भनेर जानुभो, विप्लव जी अर्को प्रचण्ड बन्ने भनेर हिँड्नु भएको हो । एउटा प्रचण्ड हुँदाहुँदै फेरि अर्को प्रचण्ड हुँदैन । कसैले चाहेर प्रचण्ड हुने कुरा होइन ।’ 

कार्यक्रममा प्रचण्डले केन्द्रमा भएको एकता र ध्रुवीकरणलाई तल्ला तहका कार्यकर्तासम्म लैजानुपर्ने बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा साउदी अरबमा सजाय भोगिरहेका ३३ नेपालीले पाए आममाफी विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण मुद्दामा थप कागजात मगाउन आदेश सरकारी सेवा घरदैलोमै पुर्‍याउने अभियान प्रभावकारी बन्दैछ: सञ्चारमन्त्री तिमिल्सिना हामी समूहगत र संस्थागत एकता गर्दैनौँ: केपी शर्मा ओली प्रहरी हौं भनेर लुटपाट गरेको आरोपमा चार जना पक्राउ पहिरोले कान्ति लोकपथ अवरुद्ध विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ काराेबार ? विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ