भदौ ८, नयाँदिल्ली । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच ‘वान टु वान’ भेटवार्ता सुरू भएको छ । 

सहयोगीलाई समेत नर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भदौ ८, नयाँदिल्ली । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच ‘वान टु वान’ भेटवार्ता सुरू भएको छ । 

सहयोगीलाई समेत नर"/>

2026-07-01 07:42 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

देउवा–मोदीबीच ‘वान टु वान’ भेटवार्ता

2017-08-24


भदौ ८, नयाँदिल्ली । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच ‘वान टु वान’ भेटवार्ता सुरू भएको छ । 

सहयोगीलाई समेत नराखेर देउवा र मोदीबीच हैदरावाद हाउसमा बिहीबार मध्यान्ह भेट भएको हो । यही भेटको पूर्वतयारी स्वरुप बुधबार नै देउवा र मोदीबीच अनौपचारिक भेट भएको थियो । 

बिहीबारको औपचारिक भेटवार्ता करिब आधा घण्टाको रहने नयाँदिल्लीस्थित नेपाली दूतावासले जनाएको छ । दुबै देशका सरकार प्रमुखबीचको औपचारिक भेटवार्तापछि हैदरावाद हाउसमा नै प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ । यही वार्तापछि नेपाल र भारतबीच द्विपक्षीय समझदारी र सम्झौतामा हस्ताक्षर हुनेछ ।

नेपाल-भारत प्रसारण लाइनको दूरनियन्त्रित यन्त्रबाट कुशाहा कटैया प्रसारण लाइनको पनि देउवा र मोदीले संयुक्त रुपमा उदघाटन गर्ने कार्यक्रम छ । दुवै देशका प्रधानमन्त्रीले सञ्चारकर्मीलाई सम्बोधन गरेपछि प्रधानमन्त्री मोदीले हैदरावाद हाउसमा आयोजना गर्ने दिवाभोजमा प्रधानमन्त्री देउवा सरिक हुनेछन् ।

यसको प्रत्यक्ष प्रशारणका लागि बिभिन्न सञ्चार माध्यमका पत्रकारहरु भेला भएका छन् । 

४८ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बुधबार नयाँदिल्ली गएका देउवा शनिबार स्वदेश फर्किने छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा साउदी अरबमा सजाय भोगिरहेका ३३ नेपालीले पाए आममाफी विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण मुद्दामा थप कागजात मगाउन आदेश सरकारी सेवा घरदैलोमै पुर्‍याउने अभियान प्रभावकारी बन्दैछ: सञ्चारमन्त्री तिमिल्सिना हामी समूहगत र संस्थागत एकता गर्दैनौँ: केपी शर्मा ओली प्रहरी हौं भनेर लुटपाट गरेको आरोपमा चार जना पक्राउ पहिरोले कान्ति लोकपथ अवरुद्ध विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ काराेबार ? विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ