भदौ ८, काठमाडौँ । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा यही भदौ ५ गते १८ वर्ष उमेर पुगेका फोटोसहितको मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ८, काठमाडौँ । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा यही भदौ ५ गते १८ वर्ष उमेर पुगेका फोटोसहितको मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले "/>
2026-07-01 04:45 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भदौ ५ गते १८ वर्ष पुगेकाले मात्र मतदान गर्न पाउने

2017-08-24

भदौ ८, काठमाडौँ । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा यही भदौ ५ गते १८ वर्ष उमेर पुगेका फोटोसहितको मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले मात्र मतदान गर्न पाउने व्यवस्था गरेको छ । 

प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवको अध्यक्षतामा आज बसेको आयोगको बैठकले आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा यही भदौ ५ गते १८ वर्ष उमेर पुगेका र फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका मतदाताले मात्र मतदान गर्न पाउने निर्णय गरेको हो । 

सरकारले प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन आगामी मंसिर १० गते आइतबारका लागि घोषणा गरिसकेको छ । सरकारले निर्वाचन गर्ने गरी मिति घोषणा गरेकै दिनलाई आयोगले १८ वर्ष उमेर पूरा भएको दिन मानेको हो । 

मतदाता नामावली ऐन, २०७३ को दफा ६ (ख) अनुसार आयोगले १८ वर्ष उमेर पूरा भएको मिति तोक्ने व्यवस्थाअनुसार मतदाताको १८ वर्ष पुगेको मिति तोकेको निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो । 

आयोगले भदौ ३ गतेसम्म मतदाता नामावलीका लागि नाम संकलन÷दर्ता भएका व्यक्तिको विवरण रुजु गरी मतदाता नामावली अद्यावधिक गर्ने काम शुरु गर्ने निर्णयसमेत गरेको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा साउदी अरबमा सजाय भोगिरहेका ३३ नेपालीले पाए आममाफी विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण मुद्दामा थप कागजात मगाउन आदेश सरकारी सेवा घरदैलोमै पुर्‍याउने अभियान प्रभावकारी बन्दैछ: सञ्चारमन्त्री तिमिल्सिना हामी समूहगत र संस्थागत एकता गर्दैनौँ: केपी शर्मा ओली प्रहरी हौं भनेर लुटपाट गरेको आरोपमा चार जना पक्राउ पहिरोले कान्ति लोकपथ अवरुद्ध विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ काराेबार ? विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ