भदौ ८, काठमाडौं । पहिलो पटक हुन लागेको प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा भोट हाल्नु पर्ने नपर्ने बिषयमा धेरैलाई जानकारी छैन । निर्वाचन आयोगले प्रदेश र प्रतिनिधि सभाको"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ८, काठमाडौं । पहिलो पटक हुन लागेको प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा भोट हाल्नु पर्ने नपर्ने बिषयमा धेरैलाई जानकारी छैन । निर्वाचन आयोगले प्रदेश र प्रतिनिधि सभाको"/>
३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मङ्सिर १० गते हुने निर्वाचनमा क-कसले भोट हाल्न पाउँछन् ?

८ भाद्र २०७४, बिहीबार १२:२७

भदौ ८, काठमाडौं । पहिलो पटक हुन लागेको प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा भोट हाल्नु पर्ने नपर्ने बिषयमा धेरैलाई जानकारी छैन । निर्वाचन आयोगले प्रदेश र प्रतिनिधि सभाको निर्वाचनका लागि भदौ ५ गतेसम्ममा १८ बर्ष पुगेकाले मात्र भोट हाल्न पाउने निर्णय गरेको छ । 

यही भदौ पाँच गतेभित्र १८ वर्ष उमेर पुगेका र मतदाता नामावलीमा नाम लेखाएकाहरुले मात्र आगामी मंसिर १० गते हुने निर्वाचनमा भोट हाल्न पाउने भएका हुन् । आज बसेको निर्वाचन आयोगको बैठकले सरकारले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति घोषणा गरेको दिन भदौ ५ गतेलाई आधार मानि सोहि दिनसम्ममा मतदाताको उमेर १८ वर्ष पुगेकोले मात्र मतदान गर्न पाउने निर्णय गरेको हो ।

आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख भए अनुसार आयोगले मतदाता नामावली ऐन, २०७३ को दफा ६ (ख) अनुसार १८ वर्ष उमेर पूरा भएको मिति तोक्ने व्यवस्था अनुसार सो निर्णय भएको छ ।  आयोगले यस अघि धेरै मतदाताको नाम छुटेकोमा केहि समय थपेर आयोगले गत सनिबारसम्म मतदाता नामावली संकलन गरेको थियो । आयोगले पछिल्लो पटक मतदाता नामावलीमा नाम लेखाएका सबै विवरणहरु समेत अद्यावधिक गरिने जनाएको छ । 

निर्वाचन आयोगको पछिल्लो निर्णय अनुसार प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा २०७४ भदौ ५ गतेसम्ममा १८ बर्ष पुगेका नेपाली नागरिक (जसको मतदाता नामावलीमा समेत नाम छ) ले मतदान गर्न पाउने छन्  ।

स्थानीय तहको निर्वाचनमा १ करोड ४० लाख मतदाता थिए जसमा पछिल्लो समय १२ लाख भन्दा बढी नामावाली थप गर्दै अबको निर्वाचनमा १ करोड ५२ लाख भन्दा बढीले मतदान गर्न पाउनेछन् । स्थानीय तहको निर्वाचन पछी सरकारले ७४४ स्थानीय तह सहित केहि थप स्थानबाट छुटेका मतदाता नामावली संकलन गरेको थियो । 

आयोगका अनुसार पछिल्लो समय थप भएका मतदाताले प्रदेश नम्बर २ मा भने मतदान गर्न पाउने छैनन् । बिबिध कारण सरकारले प्रदेश नम्बर २ को स्थानीय तहको निर्वाचन तेश्रो चरणमा गर्नेगरि असोज २ गते समय तोकेको थियो । आयोगले प्रदेश नम्बर २ मा निर्वाचनको समेत तयारी गरिरहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र ‘दुई सय ८ रोपनी सार्वजनिक जग्गा फिर्ता’ सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक एमाले अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता कतार लैजाने तयारीमा खगेन्द्र प्रसाद र रूद्रकली हात्ती अष्ट्रेलियाको बोन्डी समुद्र तटमा भएको गोली हानाहानमा १६ जनाको मृत्यु, ४० घाइते स्रोत नखुलेको चार लाख बढी रकमसहित एक पक्राउ नेपाली शान्ति सैनिकको अदलीबदली महानगरको प्राथमिकतामा खर्च कटौती, पुँजीगत लगानी र सेवा सुधारः प्रमुख बालेन्द्र शाह मादी नदीमा महिलाको शव फेला दृढ अठोट र ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो छ : राष्ट्रपति पौडेल सरकारले राजनीतिक दलसँग घनिष्ट संवाद गर्नुपर्छ : पूर्व प्रधानमन्त्री नेपाल कांग्रेस देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति होः महामन्त्री थापा यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ छ : गृहमन्त्री अर्याल चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन