भदौ ८, काठमाडौं । पहिलो पटक हुन लागेको प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा भोट हाल्नु पर्ने नपर्ने बिषयमा धेरैलाई जानकारी छैन । निर्वाचन आयोगले प्रदेश र प्रतिनिधि सभाको"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ८, काठमाडौं । पहिलो पटक हुन लागेको प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा भोट हाल्नु पर्ने नपर्ने बिषयमा धेरैलाई जानकारी छैन । निर्वाचन आयोगले प्रदेश र प्रतिनिधि सभाको"/>
२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मङ्सिर १० गते हुने निर्वाचनमा क-कसले भोट हाल्न पाउँछन् ?

२०७४, ८ भाद्र बिहीबार १२:२७

भदौ ८, काठमाडौं । पहिलो पटक हुन लागेको प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा भोट हाल्नु पर्ने नपर्ने बिषयमा धेरैलाई जानकारी छैन । निर्वाचन आयोगले प्रदेश र प्रतिनिधि सभाको निर्वाचनका लागि भदौ ५ गतेसम्ममा १८ बर्ष पुगेकाले मात्र भोट हाल्न पाउने निर्णय गरेको छ । 

यही भदौ पाँच गतेभित्र १८ वर्ष उमेर पुगेका र मतदाता नामावलीमा नाम लेखाएकाहरुले मात्र आगामी मंसिर १० गते हुने निर्वाचनमा भोट हाल्न पाउने भएका हुन् । आज बसेको निर्वाचन आयोगको बैठकले सरकारले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति घोषणा गरेको दिन भदौ ५ गतेलाई आधार मानि सोहि दिनसम्ममा मतदाताको उमेर १८ वर्ष पुगेकोले मात्र मतदान गर्न पाउने निर्णय गरेको हो ।

आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख भए अनुसार आयोगले मतदाता नामावली ऐन, २०७३ को दफा ६ (ख) अनुसार १८ वर्ष उमेर पूरा भएको मिति तोक्ने व्यवस्था अनुसार सो निर्णय भएको छ ।  आयोगले यस अघि धेरै मतदाताको नाम छुटेकोमा केहि समय थपेर आयोगले गत सनिबारसम्म मतदाता नामावली संकलन गरेको थियो । आयोगले पछिल्लो पटक मतदाता नामावलीमा नाम लेखाएका सबै विवरणहरु समेत अद्यावधिक गरिने जनाएको छ । 

निर्वाचन आयोगको पछिल्लो निर्णय अनुसार प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा २०७४ भदौ ५ गतेसम्ममा १८ बर्ष पुगेका नेपाली नागरिक (जसको मतदाता नामावलीमा समेत नाम छ) ले मतदान गर्न पाउने छन्  ।

स्थानीय तहको निर्वाचनमा १ करोड ४० लाख मतदाता थिए जसमा पछिल्लो समय १२ लाख भन्दा बढी नामावाली थप गर्दै अबको निर्वाचनमा १ करोड ५२ लाख भन्दा बढीले मतदान गर्न पाउनेछन् । स्थानीय तहको निर्वाचन पछी सरकारले ७४४ स्थानीय तह सहित केहि थप स्थानबाट छुटेका मतदाता नामावली संकलन गरेको थियो । 

आयोगका अनुसार पछिल्लो समय थप भएका मतदाताले प्रदेश नम्बर २ मा भने मतदान गर्न पाउने छैनन् । बिबिध कारण सरकारले प्रदेश नम्बर २ को स्थानीय तहको निर्वाचन तेश्रो चरणमा गर्नेगरि असोज २ गते समय तोकेको थियो । आयोगले प्रदेश नम्बर २ मा निर्वाचनको समेत तयारी गरिरहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने